काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच छलफल जारी छ।
तीन नेताबीच माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा छलफल चलिरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा 'जुगल'ले जानकारी दिए।
कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी सत्ता सहयात्रा सुरु गर्ने विषयमा केही दिनयता छलफल चलिरहेको छ। बुधबार माओवादी केन्द्रको स्थायी कमिटीको बैठकपछि नारायणकाजी श्रेष्ठले सरकार बनाउन ती दुवै दलसँग छलफल जारी रहेको बताएका थिए।
मंगलबार प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसँग पनि छलफल गरेका थिए।
मंगलबार बसेको जसपाको संसदीय दलको बैठकले यस विषयमा छलफल गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा रहेका डा बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राईबीच छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।