काठमाडौं– सर्वोच्च अदालतले नेकपा (एमाले) र माओवादी केन्द्र कायम गरेपछि एमालेको माधव नेपाल पक्षले केन्द्रीय कमिटीको भेला बोलाएको छ। बानेश्वरस्थित अर्याल होटलमा अपाराह्न ४ बजे भेला बोलाइएको हो।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीमै अन्तरसंघर्ष गर्ने तयारी गरेको माधव पक्षले पहिलोपटक भेला बोलाएको हो।
भेलामा प्रधानमन्त्री ओलीका गलत कदमविरुद्ध एमालेमै कसरी संघर्ष गर्ने भन्ने विषयमा छलफल हुनेछ।
छुट्टिने अवस्थमा पुगेर पुनः एउटै पार्टीमा रहेपछि आउनसक्ने समस्या र त्यसका समाधानका विषयमा पछि छलफल हुने नेपाल पक्षका एक एमाले स्थायी कमिटी सदस्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।