• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

उद्घाटन र शिलान्यासमा प्रधानमन्त्री ओलीको हुटहुटी

64x64
सविन मिश्र सोमबार, फागुन २४, २०७७  ०८:००
1140x725

काठमाडौं- २०७७ पुस ५ मा प्रतिनिधि सभा विघटनको सिफारिस गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको दैनिकीमा एउटा कार्यसूची थपियो, विकास आयोजनाको शिलान्यास र उद्घाटन। प्रधानमन्त्री ओलीले यो बीचमा दैनिकजसो केही न केही विकास आयोजनाको उद्घाटन वा शिलान्यास गरिरहेका छन्। 

प्रधानमन्त्री ओलीले यो बीचमा दर्जन बढी आयोजनाको शिलान्यास र उद्घाटन गरिसकेका छन्। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं पानी आएपछि फ्लस बटन थिचेर उनले उद्घाटन गरे। उनले यो खुशीयालीमा लड्डु खान र घरमा दिपावली गर्नसमेत आग्रह गरे। 

प्रधानमन्त्रीले उद्घाटन वा शिलान्यास गरेका अधिकांश आयोजना न सम्पन्न भएका छन् न पूर्वतयारी सकिएका छन्। ओलीले उद्घाटन गरेका आयोजना सम्पन्न नै भएका छैनन् भने शिलान्यास गरेका आयोजना कार्यान्वयनको पूर्वशर्त नै पालना भएका छैनन्। 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ तयारी पूरा नभएका आयोजना शिलान्यास गर्नु र सम्पन्न नभएका आयोजना उद्घाटन गर्नुलाई विकृतिको संज्ञा दिन्छन्। 'सरकार प्रमुखले नै विधि मिच्नु ठिक होइन,' श्रेष्ठले भने, 'आयोजना कार्यान्वयनपूर्व गर्नुपर्ने तयारी गरिसकेपछि मात्रै शिलान्यास गर्ने हो। १० वर्षपछि सुरु नहुने आयोजना आज शिलान्यास गर्नु ठिक काम होइन।'

प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले पहिलेदेखिकै तयारीअनुसार अहिले शिलान्यास गरिएको बताए। उनले यो सबै देशको समृद्धिका लागि गरिएको भन्दै विरोध गर्नुको अर्थ नभएको बताए। 'हामीले यी कामलाई हल्का रूपमा लिनु हुँदैन,' उनले भने, 'देशलाई समृद्ध बनाउन यी सबै काम भइरहेका छन्।' 

यस्ता छन् दृष्टान्त

-    प्रधानमन्त्री ओलीले फागुन ३ गते आफ्नो नेतृत्वमा सरकार बनेको तीन वर्ष पुरा भएको अवसरमा उपलब्धि सार्वजनिक गर्दै पुनर्निर्माण नै नसकिएको सिंहदरबारको उद्घाटन गरिदिए। २०७२ को भूकम्पले क्षतिग्रस्त सिंहदरबार प्रबलीकरण (रेट्रोफिटिङ)को काम चलिरहेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीनवटा प्याकेजमा ठेक्का लगाएको भए पनि अहिलेसम्म एउटा प्याकेज पनि पूरा भएको छैन। काम नै नसकी प्रधानमन्त्री ओलीले यसको शिलान्यास गरिदिएका हुन्। 

-    फागुन २० गते प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनामध्येको सुनकोशी-मरिन बहुद्देश्शीय आयोजनाको शिलान्यास गरे। चिनियाँ कम्पनीले ठेक्का पाउने निश्चित भए पनि अहिलेसम्म आयोजनाको ठेक्का सम्झौता भएको छैन। ठेक्का सम्झौता नै नभइ प्रधानमन्त्री ओलीले आयोजनाको शिलान्यास गरिदिएका हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

-    फागुन १० गते प्रधानमन्त्री ओली दैजी-छेला ‍औद्योगिक क्षेत्रको शिलान्यासका लागि कञ्चनपुर पुगे। कञ्चनपुरमा बन्न लागेको यो औद्योगिक क्षेत्र निर्माणका लागि अहिलेसम्म जग्गा प्राप्ति नै भएको छैन। आयोजना कार्यान्वयनको पहिलो सर्त नै जग्गा प्राप्ति हो। वन क्षेत्रको जग्गा औद्योगिक क्षेत्रको नाममा नामसारी नहुँदै ओलीले त्यहाँ शिलान्यास गरिदिएका हुन्। 

शिलान्यासका दिन भरतपुरमा लफडा

माघ १७ गते प्रधानमन्त्री ओली सिटीहलको शिलान्यास गर्न चितवनको भरतपुर पुगे। भरतपुर महानगरपालिकाभित्र पर्ने सिटी हल निर्माणका लागि संघीय सरकारले पैसा दिएको छ। भरतपुरकी मेयर रेणु दाहालले शिलान्यासको विरोध गरिन्। तर प्रधानमन्त्रीले त्यहीँ भनिदिए, 'पैसा हामी दिने, विरोध मतपत्र च्यातेर चुनाव जितेकी मेयरले गर्ने?' 

भरतपुरको सिटी हल शिलान्यास प्रधानमन्त्रीको राजनीतिक भाषणका निमित्त चितवन जाने एउटा बहाना थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनमा आफ्नो पक्षको शक्ति देखाउन ओली चितवन गएका थिए।

शिलान्यासमा अर्थमन्त्रीमाथि आक्रमण
रूपन्देहीमा मोतिपुर औद्योगिक क्षेत्र शिलान्यासका लागि अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बुटवल पुगे। स्थानीयको सहमति विना आयोजना शिलान्यास गर्न लागिएको भन्दै स्थानीय बासिन्दाले आयोजनास्थलमा विरोध जनाए। कार्यक्रम चलिरहेका बेला आक्रमण भएपछि मन्त्री पौडेल र भट्ट त्यहाँबाट बाहिरिए। 

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन टुंगिएको छैन। बस्ती स्थानान्तरणको योजना नै नबनाइ शिलान्यास गर्न खोजेपछि त्यहाँ झडप भएको थियो। यसअघि नेपाल लाइभसँगको कुराकानीमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले आयोजना कार्यान्वयनमा कुनै समस्या नभएको दावी गरेका थिए। तर परिस्थिति भने फरक बन्यो। 

मापदण्ड मिच्दै मनलाग्दी
सरकारले आयोजना कार्यान्वयनका लागि मापदण्ड बनाएको छ। ओली प्रधानमन्त्री भएपछि नै बहुवर्षे आयोजना कार्यान्वयनका लागि मन्त्रिपरिषदले मापदण्ड स्वीकृत गरेको छ। तर प्रधानमन्त्री ओलीले आफैँले स्वीकृत गरेको मापदण्डका कुनै पनि व्यवस्था मानेका छैनन्। 

मापदण्डमा आयोजनाको छनौट, स्रोतको व्यवस्थापन,जग्गा प्राप्ति, वन क्षेत्र उपयोगको सहमति, मुआब्जा वितरण, विस्तृत अध्ययन तथा ठेक्काका सबै काम सम्पन्न हुनुपर्छ। त्यसपछि मात्रै ठेक्का सम्झौता गरी शिलान्यास गर्नुपर्नेमा प्रधानमन्त्रीले शिलान्यास गरेका अधिकांश आयोजनाको पूर्वतयारी नै सकिएको छैन। 

'आफैँ मापदण्ड बनाउने र आफूले त्यसको कार्यान्वयन नगर्ने भनेको सरकार प्रमुखको नियतमाथि नै प्रश्न गर्ने ठाउँ छ भन्ने अर्थ लाग्छ,' योजना आयोगका पूर्व उपाध्यक्ष श्रेष्ठ भन्छन्, 'अहिले त्यस्तै काम भइरहेका छन्, जुन गलत हो।' 

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्