• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘जज्बा’ बोकेर जुलुसमा पुगिरहन्छन् जो 

डिबी खड्का/लिलु डुम्रे आइतबार, फागुन २३, २०७७  ०७:०५
1140x725

काठमाडाैं–आन्दोलन आफैंमा अनुहारहरूको भीड हो। त्यो भीडबाट जो मञ्चमा उक्लेर मुखर हुन्छ, उही देखिन्छ। त्यसलाई भीड बनाउन एक–एक व्यक्तिको महत्व हुन्छ। रातारात नेता बनिहाल्ने लोभले भीडबाट आफूलाई मञ्चमा उभ्याउन मरिहत्ते गर्ने जमातमा एउटा अनुहार छ, जो न्यायका निम्ति निस्किइरहने हरेक जुलुसमा पुगिरहन्छ। नारा लगाइरहन्छ। त्यो अनुहार रामनरेश यादवको हो। 

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा गोविन्द केसीले अगुवाइ गरेको जुलुश होस् वा भारतले नेपाली भूमि मिच्दा जाग्ने युवाको समूह, रामनरेश पुगिरहन्छन्। निर्मला पन्तलाई न्याय दिलाउन गरिने दबाबमुलक कार्यक्रममा पनि उनी उपस्थित हुन्छन्। संविधानमा नसमेटिएका आफ्ना आवाजलाई मुखरित गर्ने आन्दोलनमा त उनी छुट्ने कुरै भएन। निश्चित, भूगोल र जातिले आफ्ना लागि गर्ने आन्दोलन भन्दा बढी उनी ‘सबैका लागि’ सबैले गर्ने आन्दोलनमा रहन्छन्। 

उनलाई लाग्छ, दुःख वा पीडाका प्रकार फरक होलाल् तर, उत्पीडन मधेशमा मात्र होइन, कर्णालीमा पनि छ। पीडामा मधेशी मात्रै होइनन्, आदिवासी जनजाति र महिला पनि छन्। उनलाई लाग्छ, यी सबैका लागि उभिनुपर्छ, बोल्नुपर्छ। आफू अरुका लागि उभिँदा आफ्ना लागि अरु उभिइदिन्छन्। यही मान्यतालाई लिएर उनी आफूलाई हरेक आन्दोलनको हिस्सा बनाउन चाहन्छन्।

जनता समाजवादी पार्टीको विद्यार्थी संगठनका केन्द्रीय सदस्य हुन् रामनरेश। तर, क्षेत्रीय पहिचान बोकेको आफ्नो पार्टीले क्षेत्रीय ‘सेन्टिमेन्ट’लाई बोके पनि देशको समग्र समस्या भने सम्बोधन गर्न सक्दैन भन्नेमा उनी प्रष्ट छन्। त्यसैले उनी सकेसम्म आफू संलग्न पार्टीलाई सबै क्षेत्रका पीडितको आवाज उठाउने बनाउन सक्रिय हुने बताउँछन्। त्यसो हुन सकेन भने पनि युवाहरूले नै त्यसरी सोच्नुपर्ने उनको मत छ।

जसले जोड्यो सडकसँग साइनो
मध्य तराईको जिल्ला, बाराका यादव सामाजिक र राजनीतिक रुपमा सचेत थिए। तर, त्यसैका लागि संघर्ष गर्ने सोच बोकेर होइन, व्यवस्थापनमा उच्च शिक्षा हासिल गर्न काठमाडौं आइपुगेका थिए। उनी बीबीए अध्ययन गर्न काठमाडौं आएको त्यो समय राजनीतिको महत्वपूर्ण कालखण्ड थियो। संविधान सभाबाट नेपालको संविधान बन्दै थियो। 

बानेश्वरस्थित संविधान सभा भवनभित्र संविधान सार्वजनिक गर्ने तयारी चल्दै गर्दा एक समूह बाहिर आन्दोलित थियो। उनलाई त्यो आन्दोलन किन? भन्ने चासो जाग्यो। भनिँदै थियो, ‘ऐतिहासिक संविधान सभा र त्यसले बनाएको संविधानमा आदिवासी, जनजाति, मुस्लिम महिला, मधेशीलगायतको अधिकारलाई ‘बाइपास’ गरिँदैछ।’

आफ्नै अधिकारलाई बाइपास गरेर संविधान बनिरहेको जस्तो महशुस हुन थाल्यो उनलाई। केही त उनको ‘समझ’मा त्यसअघि पनि थियो। थप बुझ्दै गएपछि उनका खुट्टा आफैं सडकतिर सोझिन थाले। केही दिनमै उनी त्यो आन्दोलनको हिस्सा बनिसकेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

संविधानमा ‘हाम्रा’ मुद्दा पनि समेटौं भन्ने कुनै क्षेत्र, जाति, समुदायको माग स्वाभाविक लाग्यो उनलाई। उनलाई बुझाइएको थियो, ‘त्यसैका लागि हो संविधान सभा।’ आफ्नो बुझाइ सही लाग्यो, चलिरहेको प्रक्रिया गलत। आफ्नो अधिकार माग्नेमाथि प्रहरीको क्रुर दमन उनले आँखै अगाडि देखे। त्यसबाट त्रसित होइन, उद्धेलित भए उनी। भन्छन्, ‘त्यसपछि म कुनै दिन कोठामै बसेर पढ्न सकिनँ। हरेक दिन आन्दोलनमा आएर नारा लगाउन थालें। किनभने म जस्तै वा मेरै समुदायका दाजुभाइले गोली खाइरहेका छन्। भोलि मैले पनि खानै पर्नेछ।’

पहिचानमा पानीको फोहरा उनीमाथि वर्षौंदेखि छ्यापिएकै थियो। विभेदको गोली हरेक दिन काठमाडौंले ताकेकै छ। अपमानको अश्रुग्याँसले उनका आँखा काठमाडौं आएदेखि नै पिर्पिराउन थालेका हुन्। ‘अब मेरा लागि म लड्नुपर्छ, म जस्तैका लागि म सडकमा आउनुपर्छ,’ उनलाई महशुस भयो। 

राजनीतिमै लाग्ने रहर
२०७२ सालमा संविधान बन्दै गर्दा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एउटा टिप्पणी गरेका थिए, ‘संविधान आधा गिलास भरी र आधा गिलास खाली।’ उनलाई त्यो खुब मन परेको हो। उनलाई लाग्यो, ‘हो ‘फास्ट ट्र्याक’मा संविधान बनाउने नाममा आन्दोलनको म्याण्डेट सुनिएन। जनयुद्ध, जनआन्दोलन, मधेस, थरुहट, महिला, दलित आन्दोलनको म्याण्डेट अनुसारको संविधान बनेन। राज्यले उनीहरूसँग गरेको सम्झौता संविधानमा कार्यान्वयन हुनुपर्छ कि पर्दैन?’ 

अतिवादी सोचबाट ग्रसित नेताहरूले भट्टराईको उक्त भनाइ ख्याल नगरेको जस्तो उनलाई लाग्यो। मधेश आन्दोलन मधेशी मूलका नेताहरू रहेको मधेशकेन्द्रित दलले सञ्चालन गरेका थिए। उनीहरूको अजेन्डामा रामनरेशको पूर्ण समर्थन थियो। उनी सहभागी पनि भए। तर, उनलाई लाग्थ्यो, ‘हल्लाउनै पर्ने सिंहदरबारको जरो हो। हामी यहाँ आफ्नै ठाउँमा आन्दोलन गरिरहेका छौं।’  

संविधानको असन्तुष्टि मधेशमा मात्र नभइ हिमाल, पहाडमा पनि उत्तिकै रहेको कुरा उनले बुझे। यो समस्या समाधान पूर्णतामा खोज्नुपर्ने कुरामा उनी सहमत भए। भट्टराईले भनेजस्तै सबै क्षेत्रका असन्तुष्टिलाई एकत्रित गरी आन्दोलन उठाउनुपर्ने कुरामा उनको शतप्रतिशत समर्थन रह्यो। भट्टराईले सुरु गरेको त्यो ‘डिस्कोर्स’मा उनलाई सहभागी हुन मन लाग्यो। त्यसैले तत्कालीन नयाँशक्ति पार्टीबाट उनले राजनीति सुरु गरे।

खुला प्रतिस्पर्धामा रूचि
राजनीतिमा उनी छन्। जसमार्फत् असमानता विरुद्ध लडाइँ लड्ने उनको ध्येय छ। तर, त्यहीँ पनि उनलाई भनिन्छ, ‘तिमी त मधेशी हो, मधेशी कोटाबाट छनोट भइहाल्छौ।’ उनलाई लाग्छ, ‘म खुला आउन लायक छु। म मेरै समुदायको पिछडिएको व्यक्तिको कोटामा प्रतिस्पर्धा गर्दिनँ।’

उनी प्रश्न गर्छन्, ‘कोही कर्मको आधारमा अगाडि आउन खोज्छ भने किन आउन नदिने?’ मधेशकेन्द्रित दलमा अत्याधिक आकर्षण भइरहेको समयमा राजनीति गर्ने ठाउँ नयाँशक्ति रोज्नुको कारण पनि त्यही थियो उनले।

क्षमता र योग्यताको आधारमा व्यक्तिको छनोट हुनुपर्छ, जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता हो। तर, इतिहासले त्यसो नदेखाएकोमा उनको मन चसक्क हुन्छ। उनीसँग एउटा उदाहरण छ, ‘नेपाली कांग्रेसमा महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहका समकालीन नेता थिए। योगदान उनीहरूको उत्तिकै थियो। सबैले प्रधानमन्त्री बन्न सक्ने हैसियत बनाएका थिए। तर, निधि र सिंहलाई प्रधानमन्त्री बनाइएन। किन प्रधानमन्त्री बन्न दिइएन? उनीहरूलाई दिँदा हाम्रो भाग खोसिन्छ भन्ने एउटा समुदायमा अतिवादी सोचले रोकेको हो।’

किन राजनीतिमै?
त्रिभुवन विश्वविद्यालमा स्नातकोत्तरको पढाइ सकिनै लागेको छ उनको। ‘एउटा राम्रो जागिर खोजेर आफ्नो व्यक्तिगत जीवन सजिलो बनाउने अवसर मसँग छ। तर, राजनीतिमा चुनौती नै चुनौती देख्छु र पनि छु किन?’, उनी आफैंलाई प्रश्न गर्छन्। 

उनी आफैंलाई फेरि प्रतिप्रश्न गरिरहन्छन्- ‘मैले मजस्तैका लागि सोच्नुपर्दैन?’ यसले राजनीतिक जीवनमा मडारिइरहने कालो बादलमा चाँदीको घेरा देखाउँछ उनलाई। एक व्यक्तिको प्रयासले कायापलट नै भइहाल्छ भन्ने भ्रममा उनी छैनन्। तर, एक–एक व्यक्तिको योगदानले देश कायापलट हुने कुरामा उनको ठूलो विश्वास छ। 

देशको अवस्था अहिले जस्तै रहने हो भने जागिर खाएर मात्रै जीवनको उत्तरार्ध सहज नहुने उनी देख्छन्। जनताबाट कर उठाएर त्यसको सदुपयोग नभएको, ठूला पदमा हुने र कर्मचारीले दुरुपयोग गरेको भन्ने गुनासो सबैतिर छ। नागरिकको शिक्षा र स्वास्थ्यका लागि राज्य उत्तरदायी हुनुपर्छ। वृद्ध हुँदा सन्तानले नहेर्न पनि सक्छन्। सन्तान नहुन पनि सक्छन्। तर, जीवनभर राज्यका लागि गरेको योगदानको सट्टा राज्यले त्यो बेला हेर्नुपर्छ।

भन्छन्, ‘हामीले जोसजाँगर छँदै राज्य प्रणाली परिवर्तन गर्न भूमिका खेलेनौं भने वृद्धावस्थामा कसले हेर्छ? यस्तै राज्य रह्यो भने सबैको बेहाल हुन्छ। त्यसैले राजनीतिमा रहेर राज्य प्रणाली परिवर्तनमा लागि सानो योगदान गरें वा थोरै घच्घच्याउन सकें भने त्यही मेरो सफलता हो।’

समाजमा विद्यमान छुवाछुत, भेदभाव, जातीय, भौगोलिक, लैगिंक रुपमा असमानताको समाधान राजनीतिक तहबाटै गर्न सकिने उनको विश्वास छ। यसका लागि युवाहरू एउटा ‘जज्बा’ बोकेर राजनीतिमा आउनुपर्ने मत उनी राख्छन्। 

सामाजिक आन्दोलनमा अपनत्व
हरेक सामाजिक आन्दोलनमा उनी सडकमा छन्। राजनीतिमा आउनुअघि उनी सामाजिक मुद्दाले नै छोएर सडकमा आएका हुन्। उनी काठमाडौं आएको समयमा डा गोविन्द केसी चिकित्सा शिक्षा सुधारलाई लिएर अनसनरत थिए। डा केसीका मुद्दा उनलाई आफ्नै लागे। त्यसपछि उनी ऐक्यवद्धता जनाउन अनसनस्थल र सडकमा नियमित आउन थाले। 

त्यसपछि मधेश आन्दोलन सुरु भयो। त्यहाँ पनि उनले सक्रिय सहभागिता जनाए। निर्मला पन्तको बलात्कारपछि हत्याको घटना विरुद्धको आन्दोलनको हिस्सा बन्न माइतीघर मण्डल पुग्नु उनको देनिकी नै थियो कुनै समय। 

जाजरकोट–रुकुममा अन्तरजातीय प्रेमपछि नवराज विकसिहतका युवाको हत्या भएपछिको आन्दोलनमा सहभागी हुनु उनले आफ्नो कर्तव्य जस्तै ठाने। किनभने विभेदको सार फरक होला, रुप उस्तै हो भन्न लाग्छ उनलाई। त्यो उनले पनि कुनै न कुनै रुपमा भोगिरहेका छन्। 

उखु किसानहरू आफ्नो श्रम र पसिनाको मूल्य नपाउँदा राजधानीकेन्द्रित आन्दोलन गर्न काठमाडौं आए। सुन्नेबित्तिकै सकेको सहयोग र सहभागिताका लागि उनी त्यहाँ पुगिहाले। भन्छन्, ‘पीडा बुझेका हामीहरू नै उहाँहरूसँग भएनौं भने अरु को हुन्छ?’

नबुझ्नेसँग नबाझ्ने नीति
भारतले नेपाली भूभाग समेटेर नक्सा सार्वजनिक ग
र्‍यो। त्यसले उनको मन चसक्क भयो। आफू जस्तै विचार भएका तर फरक पार्टीका युवाहरूसँगै सडकमा पुगे। त्यसपछि नेपाली भूमि मिचेर लिपुलेकपास हुँदै चीन जोड्ने व्यापारिक नाका उद्घाटन गरियो। उनी लगायतलाई चित्त बुझेन। सडकमा प्रदर्शनका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न पुगे-रामनरेश। 

नेपाली प्रधानमन्त्रीको समेत पुत्ला जलाइनुको पछाडि उनीजस्ता युवाहरूको आवेग थियो, ‘राष्ट्रवादी छविकै आधारमा दुइतिहाइ निकट मत प्राप्त केपी शर्मा ओलीको सरकार छ। तर, यहीबेला भारतले सीमानामा धावा बोलेको बोल्यै छ। कडा रुपमा प्रस्तुत हुन सकिएन।’

उनीहरूले जलाएको पुत्ला प्रहरीले निभाउन थाल्यो। पुत्लाअघिबाट तस्बिर लिँदा प्रहरीको शरीरमा आगो पुगेजस्तो देखियो। त्यो समय उनलाई जोडेर केहीले अफवाह फैलाउन खोजे। प्रहरीको शरीरमा आन्दोलनकारीले आगो लगाएको जस्तो भ्रम सामाजिक सञ्जाल  फैलाइए। त्यो कहीँ न कहीँ क्षेत्रीय पूर्वाग्रह जस्तो देखिन्थ्यो। आन्दोलनमा भएको मधेशी युवालाई ‘अराजक’ दर्शाउन खोजिएको जस्तो थियो। 

यस्ता अनुभव उनीसँग अनेक छन्। तर, त्यसले उनलाई छुँदैन। अज्ञानीको अज्ञान ठानेर नजरअन्दाज गर्न उनी आफ्ना साथीहरूलाई समेत सुझाउँछन्।उनले लैनचौरमा बस्दाको एउटा घटना स्मरण गरे, ‘हामीले ग्यास लिनका लागि एउटा पसलको साहुजीसँग कुरा गरेका थियौं। पछि लिन पुग्दा ती साहुजी नभइ उनकी श्रीमती थिइन्। हामीले पहिल्यै ‘डिल’ भइसकेको ग्यास माग्दा उनले फोनमा श्रीमान्‌सँग कुरा गर्दै भनिन्, इन्डियन ग्यास लिन आएको छ, दिने हो? मेरो साथी जंगियो। ऊ जंगिनु स्वाभाविक थियो। वर्णका आधारमा ‘नागरिक’ ठम्याउने दृष्टिदोषको प्रतिकार पनि जरुरी हुन्थ्यो। तर, मैले उसलाई रोकें। ‘उसँग चेतना छैन। इन्डियन न भनेको हो। इन्डियन पनि त मान्छे नै हो।’

सबैलाई मिलाएर लैजाने लक्ष्य बोकेर हिँडेका आफू जस्ता युवाले चेतनास्तर कमजोर भएकाहरूका कुरालाई लिएर चित्त दुखाउन नहुने उनको बुझाइ छ। उनी भन्छन्, ‘एक/दुई जनाको कुराको पछि लागेर हामी चित्त दुखाउन सक्दैनौं। किनभने त्यसो गरियो भने राष्ट्र निर्माण हुन सक्दैन। उनीहरू हामी भन्दा नबुझेका मान्छे हुन्। उनीहरूको बुझाइमा सीमितता छन्। पृथ्वीनारायण शाहले देश एकीकरण गरे। तर, राष्ट्र निर्माण गर्न सकेनन्। त्यो हाम्रो पुस्ताको काँधमा छ।’

सबैका समस्या, एकसाथ लडाइँ
कुनै एक क्षेत्रमा रहेर देशका सबैखालका समस्याको समाधान उनी देख्दैनन्। कुनै एउटा समूहले उठाउने एउटा मुद्दाले मात्रै पनि आमुल परिवर्तन हुनेमा उनको विश्वास छैन। त्यसैले सबैका मुद्दा एकीकृत गरेर सामूहिक लडाइँ लड्नुपर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘त्यो बेला मात्रै उत्पीडनको जरो उखेल्न सकिन्छ, जब उत्पीडितहरू एक ठाउँ उभिन्छौं। उत्पीडनमा पारिएका मधेशी, दलित, जनजाति, अल्पविकसित, महिला सबै मिलेर गए मात्रै हाम्रो मुक्ति सम्भव हुन्छ। समस्या हिमाल, पहाड र तराई सवैतिर छ। मधेशमा पहिचानको मुद्दा होला, कर्णालीसँग भोक र रोगको समस्या छ।’

राजनीतिक पार्टीलाई उनले साधन बुझेका छन्, साध्य होइन। त्यसैले लक्ष्य हासिल गर्नलाई आफ्नै पार्टीमा भएका वा अन्य पार्टीमा रहेका क्रान्तिकारीको समूह, विशेषगरी ‘जज्बा’ बोकेकाहरू एक ठाउँ उभिएर चुनौती दिन सक्नुपर्ने उनी बताउँछन्। ‘सबै पार्टीका जज्बा भएका साथीहरू ध्रुवीकरण गरेर लड्नुपर्छ,’ उनी भन्छन्।  

प्रतिनिधि सभा पुनःस्थापनापछि फेरि सांसद किनबेचको चर्चा चलिरहेको छ। जुन शासकीय स्वरुपको समस्या ठान्छन् उनी। अहिलेको संसदीय प्रणालीमा योग्य, क्षमतावान र वफादारले टिकट नै नपाउने, टिकट पाएपनि जित्न नसक्ने उनको बुझाइ छ। उनको मत छ, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, समानुपातिक समावेशी संसद। कानुन समानुपातिक समावेशी रुपमा आएका जनताका प्रतिनिधीले बनाउँछन् भने राज्य जनताले विश्वास गरेको व्यक्तिले चलाउँछ।’

यो पनि पढ्नुहोस्:

यातना र दमनले कहाँ रोकिन्छन् र प्रश्न

जसलाई प्रश्न मात्र गर्ने छुट छैन

सडकले चिनेका संघर्ष

‘राजनीतिमा फोहोर छ भनेर ढोकाबाट हेर्ने होइन, भित्रै पसेर सफा गर्ने हो’

राजनीतिको प्रश्न गर्ने पुस्ता

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
‘रगत बगिरहेको शवको दृश्यले भावुक बनायो’ सामाजिक सञ्जालमा देखिएका भोटेकोशी बाढीका तस्बिर र भिडियोले रसुवा र त्रिशूली आसपासका बस्तीमा ठूलो विपत्ति आएको संकेत गरिसकेको थियो। आइतबार, भदौ २१, २०८३
कुशको शव बनाएर काजकिरिया चल्दै थियो, ११औँ दिन चण्डिका जीवितै भेटिइन् ! चण्डिका जीवितै भेटिएको खबर पाएपछि मृत्यु संस्कार गरिरहेका परिवारका सदस्यहरू काजकिरिया रोकेर अस्पताल पुगेका छन्। छोरीको फोन र सामाजिक... शनिबार, भदौ २०, २०८३
अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए? तर सञ्जयले सुरुङभित्र बिताएका १० दिन भने निकै कठिन थिए । अचानक आएको बाढीले सुरुङभित्र रहेका कामदारहरूलाई ज्यान जोगाउन भागाभागको अवस्... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
एसीसी प्रिमियर कप: साउदी अरेबियाले दियो नेपाललाई १ सय ९१ रनको लक्ष्य आइतबार, भदौ २१, २०८३
मैथिली साहित्यका वरिष्ठ साहित्यकार तथा समालोचक डा रेवतीरमण लालको निधन आइतबार, भदौ २१, २०८३
रसुवा–तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार आइतबार, भदौ २१, २०८३
अमेरिकी आक्रमणमा इरानका तीन तेल ट्यांकर ध्वस्त आइतबार, भदौ २१, २०८३
पुटिनद्वारा किएभमा ७२ घण्टा आक्रमण रोक्न आदेश, शान्ति वार्ताका लागि खुल्यो बाटो आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
कुशको शव बनाएर काजकिरिया चल्दै थियो, ११औँ दिन चण्डिका जीवितै भेटिइन् ! शनिबार, भदौ २०, २०८३
मानव बेचबिखन मानवसभ्यता कै कलंकको रुप : प्रधानमन्त्री शाह शनिबार, भदौ २०, २०८३
‘रगत बगिरहेको शवको दृश्यले भावुक बनायो’ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्