• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत १४, २०८२ Sat, Mar 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

जिडिपी ३९ खर्ब ४३ अर्ब पुग्यो, कूल गार्हस्थ उत्पादन मापनको आधार पनि परिवर्तन

कोभिडले गत आर्थिक वर्षको वृद्धिदर ऋणात्मक
64x64
नेपाल लाइभ बिहीबार, फागुन २०, २०७७  १७:१०
1140x725

काठमाडौं- कूल गार्हस्थ उत्पादन (जिडिपी) मापनको आधार वर्ष (बेस इयर)मा पाचौँ पटक परिवर्तन गरिएको छ। केन्द्रीय तथ्यांक विभागले सन् २०१०/२०११ लाई आधार वर्ष मानेर गत आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरेको छ। यसअघिसम्म सन् २०००/२००१ लाई आधार वर्ष मानेर राष्ट्रिय लेखा तथ्यांक तयार गर्ने गरिएको थियो। 

आधार वर्ष परिमार्जनसँगै अर्थतन्त्रका सूचक मापनका चर (भेरिएबल्स) थपिएका छन्। यसअघि १७ वटा चरहरूलाई आधार मानेर लेखा गणना गर्ने गरिएकोमा अहिले २१ वटा पुर्‍याइएको केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक डा हेमराज रेग्मीले जानकारी दिए। 'आधार दर परिवर्तन भएसँगै १० वर्षमा अर्थतन्त्रको आकारमा १४ प्रतिशतले परिवर्तन भएको देखिएको छ,' रेग्मीले भने। 

आधार वर्ष परिमार्जन गरी सार्वजनिक गरिएको तथ्यांकमा गत आर्थिक वर्षको कूल गार्हस्थ उत्पादनको आकार ३९ खर्ब ४३ अर्ब रूपैयाँ पुगेको छ। यसअघि गत वर्ष वैशाखमा सार्वजनिक गरिएको तथ्यांकमा अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रूपैयाँ बराबरको रहेको उल्लेख थियो। 'आधार वर्ष परिमार्जनले अर्थतन्त्रको वृद्धिदरमा खास ठूलो प्रभाव नपारे पनि आर्थिक क्रियाकलाप धेरै समेट्ने भएकाले संरचनागत परिवर्तनलाई वास्तविक चित्रण गरेको छ,' रेग्मीले भने। 

आधार दर परिवर्तनले अर्थतन्त्र वृद्धिदरको नयाँ तथ्यांक पनि सार्वजनिक भएको छ। जसअनुसार आर्थिक वर्ष २०७५/७६ मा आर्थिक वृद्धिदर ६.३९ प्रतिशतको वृद्धिदर हासिल भएको छ। त्यसअघिको वर्ष अर्थात् आर्थिक वर्ष २०७४/७५ मा ७.३७ प्रतिशत वृद्धिदर हासिल भएको विभागको भनाइ छ। भूकम्पपछिको वर्ष अर्थात् आर्थिक वर्ष २०७३/७४ मा ८.५९ प्रतिशत आर्थिक वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

आर्थिक वृद्धि ऋणात्मक
आधार वर्ष परिमार्जन गर्दै सार्वजनिक गरिएको गत आर्थिक वर्षको तथ्यांकअनुसार कूल गार्हस्थ उत्पादनको वृद्धिदर ऋणात्मक भएको छ। गत आर्थिक वर्षमा सन् २०१०/२०११ लाई आधार मानेर आधार मूल्यमा कूल गार्हस्थ उत्पादन १.९९ प्रतिशतले ऋणात्मक भएको छ। सन् २०००/२००१ लाई आधार मानेर गणना गर्दा आर्थिक वृद्धिदर २.०३ प्रतिशतले ऋणात्मक भएको तथ्यांक सार्वजनिक भएको छ। 

Ncell 2
Ncell 2

कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि लकडाउन गर्दा आर्थिक वृद्धिदर खुम्चिन पुगेको छ। गत वर्षको चैत ११ गतेपछि ११२ दिन लकडाउन गरिएको थियो। लकडाउनका कारण आर्थिक क्रियाकलाप ठप्प हुँदा त्यसको प्रभाव अर्थतन्त्रको वृद्धिदरमा परेको छ। 

२०७२ सालमा भूकम्प र त्यसपछि भारतले गरेको नाकाबन्दीका कारण शून्यमा झरेको नेपालको आर्थिक वृद्धिदर त्यसयताका तीन वर्ष वृद्धिमा थियो। तर, यसपटक कोभिड-१९ को प्रभावले अर्थतन्त्रलाई ऋणात्मक वृद्धिदरमा पुर्‍याएको छ। 'कोभिडले पारेको प्रभाव विस्तारै न्यूनीकरण हुँदैछ,' राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले भने। 

उपभोग बढ्यो, बचत घट्यो
लेखा मापनको आधार वर्षमा भएको परिवर्तनले नेपालीको उपभोग र बचतको नयाँ प्रवृत्ति देखा परेको छ। जसअनुसार नेपालीको कूल उपभोग ९१.१ प्रतिशत छ। पुरानो आधार वर्षलाई आधार मान्दा उपभोग ८१.९ प्रतिशत भए पनि नयाँ आधारमा लेखा गणना गर्दा उपभोग बढेको छ। 

कूल गार्हस्थ उत्पादनमा कूल राष्ट्रिय बचतको अंश कमजोर भएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कूल राष्ट्रिय बचत ८.९ प्रतिशत सिमित छ। आर्थिक वर्ष २०७५/०७६ मा १५.७ प्रतिशत रहेको कूल राष्ट्रिय बचत यो वर्ष १० प्रतिशतभन्दा पनि कममा आएको हो। 

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकारमाथि एमाले कार्यकर्ताले गरे दुर्व्यवहारसहित हातपात
अध्यक्ष पक्राउविरुद्ध प्रतिवाद गर्ने एमालेको निर्णय, यस्ता छन् सचिवालय बैठकका निर्णयहरु
दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते
सम्बन्धित सामग्री
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता... शुक्रबार, चैत १३, २०८२
१६औँ योजना कार्यान्वयनका लागि कार्ययोजना सार्वजनिक १६औँ योजनामा ५ वर्षको अन्त्यसम्ममा ७.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ । साथै प्रतिव्यक्ति आय हालको १,४५६ अमेरि... बुधबार, चैत ११, २०८२
एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य आज सुन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेर तोलामा दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले... बुधबार, चैत ११, २०८२
ताजा समाचारसबै
पत्रकारमाथि एमाले कार्यकर्ताले गरे दुर्व्यवहारसहित हातपात शनिबार, चैत १४, २०८२
अध्यक्ष पक्राउविरुद्ध प्रतिवाद गर्ने एमालेको निर्णय, यस्ता छन् सचिवालय बैठकका निर्णयहरु शनिबार, चैत १४, २०८२
दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते शनिबार, चैत १४, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
पूर्व प्रधानमन्त्री ओली पक्राउ शनिबार, चैत १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्