• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फितलाे कानुनका कारण बढ्दै नेपाली फिल्म पाइरेसीका घटना

64x64
पुष्पा थपलिया बुधबार, फागुन १९, २०७७  ०९:२८
1140x725

काठमाडाैं- बौद्धिक सम्पत्ति चोरीको समस्या नेपालमा मात्रै हैन, विश्वभर नै छ। अहिले हरेक कुरा डिजिटल प्ल्याटफर्ममा प्रवेश गरेसँगै बौद्धिक सम्पत्ति जोगाउन श्रष्टालाई हम्मेहम्मे परेको छ। ठूला देश र ठूला बजारका कुरा मात्रै हैन, नेपाल जस्तो कलाका लागि सानो बजार भएको देशमा पनि बौद्धिक चोरी विकराल छ।

यही सिलसिलामा एक जना बौद्धिक सम्पत्ति चोरीको आरोपमा पक्राउ परेका छन्। इन्टरनेटको माध्यमबाट नेपाली चलचित्र चोरी गरेको आरोपमा लमजुङ, बेशीसहरका २५ वर्षीय सुजन नेपाली पक्राउ परेका हुन्। चोरी गर्ने व्यक्ति पेशाले शिक्षक हुन्। आफूलाई शिक्षक बताउने नेपालीले मौखिक रुपमा चलचित्रको पाइरेसीको कुरा स्वीकार गरिसकेका छन्। अहिले यो मुद्दा अनुसन्धानको घेरामा छ।

नेपालीले सिनेमाघर एपमा रहेका अधिकांश फिल्मको पाइरेसी गरेका छन्। सिनेमाघर एपका कार्यकारी अधिकृत सागर खरेलका अनुसार नेपालीले टेलिग्राम एपमा आफूले चोरी गरेका फिल्महरु राखेका थिए। टेलिग्राम नामको एपमा ग्रुप बनाएर फिल्म राखेको पत्ता लगेपछि कार्यकारी अधिकृत खरेलसहितको टोली प्रहरीकाे अपराध अनुसन्धान महाशाखाको शरणमा पुगेको थियो। 

'हामीले हाम्रा फिल्मलाई यस्ता चोरबाट जोगाउन धेरै तहका सुरक्षा दिएका छौं,' खरेलले भने, यसो हुँदाहुँदै पनि फिल्म चोरी भयो। सिनेमाघर एपबाट डाउनलोड गर्न, स्कृन रेकर्ड गर्न नमिल्ने बनाइएको छ।' यस्तो अवस्थामा पनि पनि फिल्म कसरी बाहिरियो त भन्ने जिज्ञासामा खरेलले भन्छन्, 'उनले एउटा मोबाइल स्कृनबाट अर्को मोबाइलमा रेकर्ड गरेका रहेछन्। त्यसैले फिल्म राम्रो गुणस्तरमा भने चोरी हुन सकेको छैन।'

त्यसो भए चोरी घटना कसरी पत्ता लाग्यो त? कारणबारे खरेलले भने, 'हामीले पाँचदेखि ६ वटा सुरक्षाका तह बनाए पनि चोरी हुन सक्ला भनेर वाटरमार्क राखेका छौं। साथै सफ्टवेरमार्फत् हरेक प्रयोगकर्ता चिन्नका लागि फरक फरक पहिचान पनि बनाइएको छ। जसले गर्दा कुन आइडीबाट चोरी भएको हो, सजिलै पत्ता लगाउन सकिन्छ।'

डिजिटल प्ल्याटफर्ममा जति नै होसियार भएर चोरी गरे पनि सजिलै पक्रिन सकिन्छ। पाइरेसी जस्तो फौजदारी अभियोगमा पक्राउ परेका नेपालीमाथि अनुसन्धान जारी रहेकाे नेपाल प्रहरीको अपराध महाशाखाका भुवन बहादुर खड्काले बताए।   

यतिधेरै सुरक्षा तह बनाउँदा पनि पाइरेसी हुनु खेदपूर्ण रहेको बताउँदै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अपराधीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताए। उनका अनुसार जति नै सुरक्षा घेरा राखे पनि अपराध बढ्नुमा फितलो कानुन हुनु हो।  दाहालले भने, 'करोड खर्चेर फिल्म बनाइएको हुन्छ, चोरलाई सजाय छ १० हजारदेखि एक लाखसम्म।' यसले कुनै हालतमा प्रतिलिपि अधिकारलाई न्यान नगरेको दाहाल बताउँछन्।

त्यसैले प्रतिलिपि अधिकार ऐन २०५९ को दफा २५ र २६ संशोधनका लागि आफूले राष्ट्रिय सभा र व्यवस्थापिका संसदमा प्रस्ताव पेश गरिसकेको पनि दाहालले बताए। सांसद कोमल ओली र रविन्द्र अधिकारी मार्फत संशोधनको माग व्यवस्थापिकामा पुर्‍याएको  दाहालको भनाइ छ। उनका अनुसार अबको एक महिनापछि प्रतिलिपि अधिकारको ऐन परिवर्तन भएर आउनेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

ऐन परिवर्तनकै पक्षमा देखिए, प्रतिलिपि अधिकार कार्यलयका प्रतिनिधि उत्तम दवाडीले पनि। उनका अनुसार कानुन फितलो हुनु पनि पाइरेसीको प्रमुख कारण हो। प्रतिलिपि अधिकार कार्यलय आफ्नो काम नै पाइरेसी गर्न हुँदैन भनेर जनचेतना फैलाउने भन्छ, तर किन हालत खराब बन्दै गइरहेको छ भन्ने प्रश्नमा भने दवाडी प्रवेश नै गर्न चाहेनन्। 

अभिभावक सावधान ! जेल पर्लान् छोराछोरी 
डिजिटल प्ल्याटफर्ममा सबैभन्दा धेरै पाइरेसीको मुद्दा बोकेर प्रहरी गुहार्नेमा पर्छ हाइलाइट्स नेपाल। हाइलाइट्सका जनक तामाङका अनुसार सन् २०१५ मा मात्रै चार वटा फिल्म पाइरेसीको मुद्दा बोकेर तामाङको टोलीले प्रहरी गुहा
र्‍यो। जसमा केही जेल परे  भए त केहीलाई मुद्दा दायर गर्नेले नै माफी दिए। माफीको कारण प्रष्ट पार्दै तामाङले भने, 'भर्खरका कलिला किशोरले रमाइलोका लागि पाइरेसी गरिरहेका हुन्छन्। कतिलाई त पाइरेशी भनेको जघन्य अपराध हो भन्ने नै थाहा छैन।'

यसैमा साथ दिँदै निर्देशक खगेन्द्र लामिछानेले भने, 'हामी पनि मान्छे हौं, बच्चाले रमाइलोका लागि गरेको पाइरेसीले उसको जिन्दगी बिर्गान मन लाग्दैन।' कारबाही र ऐन परिवर्तनको कुरामा पनि लामिछानेले असन्तुष्टि व्यक्त गरे। उनका अनुसार कलिलो बच्चाको भविष्य बिगार्ने कि सपार्ने भन्ने कुराले कारबाहीमा बाधा पुर्‍याउँछ। आर्थिक कारबाहीमा समेत सबैको अवस्था बलियो नहुने उनको भनाइ छ। 

आफ्नो पिडा पनि सुनाए उनले।  'सबैले पशुपति प्रसादले त टन्नै कमाइ गर्‍यो होला भन्छन् तर प्रदर्शनमा आएको केहि समयमा नै त्यो पाइरेसीको सिकार बन्न पुग्यो,' उनले भने, 'दर्शकले तपाईंको फिल्म हेरें भन्दा पनि पिडा भएको थियो।' 

यसको गतिलो उपाय भनेकै पाइरेसी भनेको जघन्य अपराध हो भनेर सिकाउनुपर्ने लामिछाने बताउँछन्। जसका लागि स्कुल तहदेखि नै प्रतिलिपि अधिकार र पाइरेसीको बारेमा अध्ययन गराउनु जरुरी रहेको उनको भनाइ छ। कक्षा ९, १०, ११ र १२ कक्षामा यसबारे गहन रुपमा पढाउनु जरुरी रहेको उनको भनाइ छ।

अर्को रोकथामको उपाय भनेको अभिभावक पनि हो। लामिछानेले भने, 'अभिभावकलाई यस्ता कार्यले छोराछोरी जेल पर्नसक्छन्, भविष्य बिग्रन सक्छ भन्ने ज्ञान दिन जरुरी छ।' छोराछोरीले केही ह्याक गरे या केहि कुरा पाइरेसी गरे भने सँगै बसेर हेरेर उत्साह दिने हैन, उनीहरुलाई पाइरेसीबारे ज्ञान दिन अभिभावकबाटै शुरु गर्नु जरुरी भएको उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  ०९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
‘भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो’ : सञ्चार मन्त्री डा. तिमिल्सिना गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उनले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकांकसँगै भाषा, साह... शनिबार, जेठ ३०, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
पुँजीबजारका लगानीकर्ताको हितमा काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन सोमबार, असार १५, २०८३
जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै सोमबार, असार १५, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
सुनचाँदीको मूल्य बढ्यो आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्