काठमाडौं–प्रधानमन्त्री केपी ओलीले बिहान १० बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपामाथिको प्रतिबन्ध फिर्तालगायत अन्य नियमित एजेन्डामा छलफल हुने एक मन्त्रीले बताए ।
‘नेकपा विप्लवमाथिको प्रतिबन्ध फिर्ता गर्ने भनिएको छ,’ ती मनत्रीले भने, ‘त्यस विषय सोमबार पनि छलफल भएको थियो, आजै प्रतिबन्ध फिर्ता हुन्छ कि केही दिन लाग्छ भन्न सकिएन ।’ यसअघि सोमबार नियमित क्याबिनेट बैठक हुने गरे पनि यो पटक मंगलबारका लागि राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।