काठमाडौं–प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दै आज (मंगलवार)को लागि पेशीमा रहेको छ । चौतर्फी फैसलाको प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया सकेर सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको थियो ।
सोमबारसम्म दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीलाई बहस नोट पेस गर्ने समय दिइएको थियो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए। सिफारिसको केही घन्टामै राष्ट्रपति भण्डारीले अनुमोदन गरेकी थिइन्।
प्रधानमन्त्रीको उक्त निर्णय विरुद्धमा नेकपाका नेता देव गुरुङसहित १३ थान रिट निवेदन लिएर सर्वाेच्च पुगेका थिए। सर्वाेच्चको संवैधानिक इजलासले माघ ५ गतेदेखि निरन्तर सुनुवाई गरेको थियो। सर्वाेच्चले मंगलवारदेखि यो मुद्दामा कस्तो फैसला सुनाउने छलफल गर्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।