समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिक अधिकारमाथि प्रश्न उठाएका छन् । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अदालतले संसद पुनःस्थापना गरे आन्दोलन गर्ने बताएका थिए ।
प्रधानमन्त्रीको यही अभिव्यक्तिलाई लिएर डा. भट्टराईले सामाजिक सञ्जालमार्फत उनीमाथि प्रश्न उठाएका हुन् ।
ट्विटरमा सक्रिय डा. भट्टराईले देशको प्रधानमन्त्रीले नै सेटिङ फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनका विकल्प छैन भन्छन् भने त्यस्ता व्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार नभएको बताएका हुन् ।
प्रधानमन्त्रीको शनिबारको भाषणलाई उनले लोकतन्त्रमाथिकै भद्दा मजाकको संज्ञा दिएका छन् । उनको अभिव्यक्तिबाट अदालतमाथिको दबाब पुष्टि हुनेसमेत भट्टराईको दाबी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।