• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २०, २०८२ Tue, Feb 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यी हुन् कांग्रेस केन्द्रीय समितिमा पेस भएका प्रस्ताव

64x64
नेपाल लाइभ बुधबार, फागुन ५, २०७७  २०:०२
1140x725
फाइल तस्बिर

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कमिटी बैठकमा कांग्रेसको महाधिवेशन २०७८ साल भदौ ७ देखि १० गतेसम्म गर्न प्रस्ताव गरेका छन्। आगामी भदौमा काठमाडौंमा महाधिवेशन गर्न उनले केन्द्रीय समितिमा प्रस्ताव गरेका हुन्। 

उनले पेस गरेको प्रस्तावमा गाउँ/नगर वडा अधिवेशन २०७८ असार २० गते गर्ने भनिएको छ। यस्तै गाउँ/नगरपालिका अधिवेशन २०७८ असार २२ गते सम्पन्न गर्ने उल्लेख छ। 

यस्तै प्रदेशसभा क्षेत्रको अधिवेशन- २०७८ असार २५ गते सम्पन्न गर्ने भनिएको छ भने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७८ असार २७ गते सम्पन्न गर्ने तालिका पेस गरिएको छ। एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७८ असार ३० गतेभित्र सम्पन्न गर्ने उल्लेख छ। 

प्रदेश अधिवेशन २०७८ श्रावण ६ गते र केन्द्रीय महाधिवेशन २०७८ भाद्र ७,८,९ र १० काठमाडौंमा सम्पन्न गर्ने प्रस्ताव गरिएको हो। यो प्रस्तावमाथि वरिष्ठ नेता रामचन्द्र पौडेल र वीरबहादुर बलायरले धारणा राखेका थिए। 

महामन्त्री पूर्णबहादुर खड्काले भदौमा केन्द्रीय महाधिवेशन गर्न ल्याएको प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ। बैठकमा पेस भएका अन्य प्रस्तावमाथिको छलफल पूरा नभएकाले बिहीबार पनि बैठक बस्ने कांग्रेसले जनाएको छ। 

यी हुन् प्रस्तावहरू
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा आज बस्यो । बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले निम्न अनुसार प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। 

प्रस्ताव नं. १
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४३ मा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधी ४ (चार) वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्था बमोजिम पाँच वर्षको रहेकोमा, नेपालको संविधानको धारा २६९ (४) (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा ६ (छ) महिना थप गर्न सकिने भएकोले, सो बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको अवधि ६ (छ) महिनाका लागि थप गर्ने व्यवस्थाका लागि पार्टी विधानको धारा ४३ मा व्यवस्था गर्ने । उक्त निर्णय पार्टीको आगामी चौधौं महाधिवेशनमा राखिनेछ ।

प्रस्ताव नं. २
नेपाली कांग्रेसको विधानका केही व्यवस्थाहरुमा सामान्य संशोधन, परिमार्जन र व्याख्या गर्न आवश्यक देखिएकोले यसै विधानको धारा ४७ र धारा ५० (५) ले दिएको अधिकार प्रयोग गरी देहाय बमोजिम संशोधन, परिमार्जन र व्याख्या गर्ने निर्णय गरिन्छ । यस निर्णयलाई पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिनेछ ।

Ncell 2
Ncell 2

१. नेपाली कांग्रेसको विधानको धारा ६ (२) (क), धारा ७ (२) (क) (१), धारा ७ (२) (ख) (१), धारा ७ (२) (ग) (१), धारा ८ (२) (क) (१), धारा ९ (२) (क) (१) (उपमहानगरपालिका र महानगरपालिकाको सभापति वाहेक), धारा १० (३) (क), धारा १० (४) (क) (१), धारा ११ (२) (क), धारा १२ (५) (क) (४), धारा १५ (१) (क) र धारा १५ (१) (ख) मा पार्टीका विभिन्न पदमा उम्मेदवार हुन निरन्तर क्रियाशील सदस्य भएको अवधी तोकिएकोमा उक्त क्रियाशील सदस्यको “अवधी सम्बन्धी व्यवस्था” निलम्वन गर्ने ।

तर, पार्टीको केन्द्रीय सभापति, केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य, प्रदेश सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, महानगरपालिकाको सभापति र उपमहानगरपालिकाको सभापतिको लागि यो व्यवस्था निलम्वन भएको मानिने छैन ।

२. नेपाली कांग्रेसको विधानको धारा ४ (१०) (ग) र (ङ) बमोजिम अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिको हकमा क्रियाशील सदस्यताको अवधी गणना गर्दा नेपाली कांग्रेसको जुन पदमा हाल समायोजन (पदासिन) भएका छन्, उक्त पदका लागि आवश्यक अवधी पुगेको 
मानिनेछ । उक्त अवधी आवश्यक पर्ने अन्य पदमा समेत उम्मेदवार हुन योग्य मानिने छन् ।

तर, पार्टीको केन्द्रीय सदस्यमा पदासिन व्यक्ति न्यूनतम १० वर्ष निरन्तर क्रियाशील सदस्य हुनु पर्ने पदमा उम्मेदवार हुन पाउने वाहेक अन्य व्यक्ति जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापति, महानगरपालिका र उपमहानगरपालिकाको सभापतिमा उम्मेदवार हुन पाउने छैन ।

३.  कुनै राजनीतिक दल नेपाली कांग्रेससंग एकिकरण वा विलय हुँदा राष्ट्रिय मान्यता प्राप्त दल रहेछ भने त्यस्तो दल एकिकरण वा विलय हुँदा उक्त दलको केन्द्रीय कार्यसमितिको सदस्य रहेको व्यक्ति वा राष्ट्रिय मान्यता प्राप्त दलको केन्द्रीय कार्यसमितिको पदाधिकारी वा सदस्य भएको व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा उम्मेदवार हुन पाउनेछ । 

४. पार्टीको विभिन्न तहमा सभापतिको कार्य अवधि गणना गर्दा निम्न बमोजिम गर्ने:
(क) केन्द्रीय सभापति र जिल्ला सभापति वाहेक अन्य तहका सभापतिको पदावधी तेह्रौ महाधिवेशन देखि गणना हुनेछ ।
(ख) तेह्रौ महाधिवेशनमा सभापतिमा निर्वाचित नभएको, तर समायोजन गर्दा सभापति कायम भएको भए अवधि गणना नहुने ।
(ग) तेह्रौ महाधिवेशनमा समायोजन पूर्व सभापति निर्वाचित भएको र समायोजनमा पनि सभापति कायम भएको भए एक अवधि गणना हुने ।
(घ) तेह्रौ महाधिवेशनमा माथिल्लो तहमा निर्वाचित सभापति समायोजन गर्दा एक तह मातहतको पदको सभापति कायम भएमा एक अवधि गणना हुने ।
(ङ) स्थानीय तहको पुर्नसंरचना हुँदा साविकको वडा वा पालिका (गा.पा., न.पा., उपम.न.पा. र म.न.पा.) को समायोजन, रुपान्तरण वा स्तर परिर्वतन भएको अवस्थामा साविकमा कुनै पनि तहमा सभापति भएको व्यक्ति रुपान्तरण पछि पनि जुनसुकै तहमा सभापति भएमा पदावधी गणना हुने ।

५.  प्रदेश अधिवेशन सम्पन्न नभएसम्मका लागि अधिवेशनसँग सम्बन्धित प्रदेश कार्यसमितिले गर्ने भनी विधानमा उल्लेख गरिएका काम केन्द्रीय कार्यसमितिले गर्ने ।

प्रस्ताव नं. ३
विदेशस्थित नेपाली जनसम्पर्क समिति सम्बन्धी:
१. म्याद समाप्त भएका भारत, अमेरिका, इटाली, जर्मनी, स्पेन, कतार, मलेशिया, न्यूजिल्याण्ड, पोल्याण्ड, चीन, फिनल्याण्ड, आयरलैण्ड, स्वीडेन, स्वीटजरलैण्ड, साउदी अरव, बेल्जियम, जापान र अष्ट्रेलिया, दक्षिण कोरिया, पोर्चुगल, मकाउ, बहराईन, ओमन, फ्रान्स र लग्जम्वर्ग स्थित नेपाली जनसम्पर्क समितिको थप गरिएको ६ महिनाको अवधी समाप्त भएको र नेपाली जनसम्पर्क समिति यू.के. को अवधी पनि समाप्त भएकोले उल्लेखित देशहरु स्थित नेपाली जनसम्पर्क समितिको अवधी समाप्त भएको मितिले ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी थप गर्ने । 

२. नेपाली जनसम्पर्क समिति ओमनबाट पार्टीको विधान र नियमावली बमोजिमको आवश्यक प्रक्रिया पु¥याई क्रियाशील सदस्यताको नयाँ (४१०) र नविकरण (१००) को नामावलीको सूची र सो वापतको सदस्यता शुल्क समेत दाखिला हुन आएकोले उक्त जनसम्पर्क समितिबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गर्ने ।

३.  नेपाली कांग्रेसको विधान र नियमावलीको व्यवस्थासंग नबाझिने गरी तयार गरी नेपाली जनसम्पर्क समिति कतारबाट अनुमोदन गरी पठाइएको विधानलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १४ (३) बमोजिम स्वीकत गर्ने ।

प्रस्ताव नं. ४
समायोजन, क्रियाशील सदस्यता वितरण र अधिवेशनका कार्यतालिका नयाँ प्रस्तावित मिति

(क) समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि–  २०७७ फागुन १५ गतेभित्र । 

(ख)  विधानले तोकेको कार्यविधि बमोजिम एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र नवीकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले क्रियाशील सदस्यताको नयाँ र जिल्ला कार्यसमितिले नवीकरणको कार्य सम्पन्न गर्ने अवधि— २०७७ फागुन २८ गतेभित्र ।
* वडा कार्यसमितिले पालिका कार्यसमितिलाई बुझाउने: फागुन १२ गते भित्र । 
* पालिका कार्यसमितिले प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई बुझाउने: फागुन १६ गते भित्र । 
* प्रदेश सभा क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई (एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमितिलाई) बुझाउने: फागुन २० गते भित्र ।
* प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नवीकरणको फारम र सूची जिल्ला कार्यसमितिलाई बुझाउने: फागुन २८ गते भित्र ।

(ग) (१) एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यता र एक वा एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको क्रियाशील सदस्यता नवीकरणको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि—

(२) एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमितिमा र केन्द्रमा पठाउने अवधि— २०७७ चैत्र १० गते भित्र ।

(घ)  नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने र निर्णय अनुसारको सूची प्रकाशित गरी केन्द्रमा पठाउनु पर्ने अवधि—   २०७७  चैत्र मसान्त भित्र ।

(ङ)  नयाँ क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा क्रियाशील सदस्यता नवीकरण सम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि—  २०७८ ज्येष्ठ मसान्त भित्र ।

(च)  केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि – २०७८ असार ७ गतेभित्र

अधिवेशन: 
(क) गाउँ/नगर वडा अधिवेशन–   २०७८ असार २० गते
(ख) गाउँ/नगरपालिका  अधिवेशन–  २०७८ असार २२ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन –  २०७८ असार २५ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन –  २०७८ असार २७ गते
(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन –  २०७८ असार ३० गते
(च) प्रदेश अधिवेशन–  २०७८ श्रावण ६ गते
(छ) केन्द्रीय महाधिवेशन:  २०७८ भाद्र ७,८,९ र १० काठमाडौं
प्रस्तुत प्रस्ताव उपर नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य वीरबहादुर बलायरले आफ्नो धारणा राख्नु भएको थियो । 

बैतडी घटना बारे 
केन्द्रीय सदस्य रमेश लेखकले बैतडीको दोगडाकेदारमा भागरथी भट्टको बलात्कार पछि निर्मम हत्या भएको जघन्य घटनाका बारेमा स्थलगत अध्ययन गरी केन्द्रीय प्रतिनिधिका रुपमा ल्याउनु भएको प्रतिवेदन पेश गर्नु भएको थियो । 

पारित शीघ्र स्वास्थ्यलाभको प्रस्ताव:
नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतका सभापति खिमप्रसाद भुसाल, मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, स्याङ्जाका कार्यवाहक सभापति वुद्धिबहादुर (कुमार) राना र महासमिति सदस्य भूपेन्द्रजंग शाही विगत केही समययता अस्वस्थ हुनु भई विभिन्न अस्पालहरुमा उपचार गराई रहनु भएको छ । कार्यसमितिको यो बैठक उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । 

पारित शोक प्रस्ताव: 
नेपाली कांग्रेस कञ्चनपुरका पूर्व जिल्ला सभापति, राष्ट्रिय सभाका पूर्व सांसद एवं नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य गंगादत्त जोशीको माघ २८ गते, नेपाली कांग्रेस जिल्ला कार्यसमिति दैलेखका पूर्व पार्टी सभापति नन्दबहादुर शाहीको फागुन ३ गते, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका आमन्त्रित सदस्य हसन अन्सारीकी धर्मपत्नी मल्लिका वेगम अन्सारीको फागुन ४ गते, नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व उपसभापति हरिहर आचार्यको माघ १८ गते, मनाङ जिल्ला विकास समितिका पूर्व सभापति एवं समाजसेवी फुन्जो प्रसाद गुरुङको माघ १९ गते, बाग्लुङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का नेपाली कांग्रेसका सचिव विकाश पौडेलको पुस २८ गते, नेपाली कांग्रेस पर्साका महाधिवेशन प्रतिनिधि उपेन्द्र सिंहको माघ १४ गते, नेपाली कांग्रेस तेह्रथुमका महाधिवेशन प्रतिनिधि ज्ञानबहादुर खत्रीको माघ २० गते, सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा नं. २ नेपाली कांग्रेसका तत्कालीन हतपते गाउँ कार्यसमितिका सभापति मुरलीधर सिंहको माघ १३ गते, धनुषा जिल्ला जनकपुर नगरपालिका वडा नं. २३ निवासी हाजी मोहम्मद जम्सेद शेखको फागुन ४ गते, धनकुटा जिल्ला मुर्तिढुंगाका पूर्व गाउँ इकाई सभापति लिलबहादुर मादेनको फागुन २ गते र सिन्धुली जिल्ला कार्यसमितिका सदस्य कर्ण थापाका पिता दिलबहादुर थापाको माघ २७ गते भएको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । 

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ । 

कार्यसमितिको अर्को बैठक
केन्द्रीय कार्यसमितिको बैठक भोलि फागुन ६ गते बिहीबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । 

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग
सेयर बजारमा गिरावट
भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु
सम्बन्धित सामग्री
देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता [सूचीसहित] कुल मतदातामध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २ सय जना रहेका छन्। मंगलबार, माघ २०, २०८२
हिमाली जिल्लामा हिमपात भएको खण्डमा दोस्रो चरणमा निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की ‘अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने दोस्रो चरणमा हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्। मंगलबार, माघ २०, २०८२
संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: सिटौला सिंहदरबारमा मंगलबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सिटौलाले जुनसुकै दलको नेतृत्वमा सरकार बनेपनि संघीयता भाव... मंगलबार, माघ २०, २०८२
ताजा समाचारसबै
हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग मंगलबार, माघ २०, २०८२
सेयर बजारमा गिरावट मंगलबार, माघ २०, २०८२
भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु मंगलबार, माघ २०, २०८२
देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता [सूचीसहित] मंगलबार, माघ २०, २०८२
हिमाली जिल्लामा हिमपात भएको खण्डमा दोस्रो चरणमा निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
समानुपातिकको बन्दसूचीबाट आयोगले हटायो ७६ जनाको नाम सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्