कांग्रेस केन्द्रीय समिति बैठकको फाइल तस्बिर।
काठमाडौं- नेपाली कांग्रेसले १४औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने भएको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो।
महामन्त्री पूर्णबहादुर खड्काले भदौमा महाधिवेशन गर्न ल्याएको प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो। बैठकअघि बसेको शीर्ष नेताको छलफलमा संस्थापनइतरका नेताहरुले जेठ मसान्तसम्म महाधिवेशन गनुपर्ने धारणा राखेका थिए। संस्थापन पक्षले भदौको मितिमा जोड गरेपछि संस्थापन इतरका नेताहरू पनि सहमति जनाएका थिए।
कांग्रेसले एक वर्ष थपेको अवधि यही फागुनमा सकिँदैछ। भदौको अन्तिमसम्म महाधिवेशन गर्नैपर्ने कांग्रेसलाई संवैधानिक बाध्यता छ। बैठक बिहीबार पनि बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।