• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार ३१, २०८३ Wed, Jul 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

जनताको जलविद्युत कार्यक्रम : २ वर्षमा एउटा पनि आयोजनाले सेयर जारी गर्न सकेन

बुढीगण्डकी-क सूचीबाट हटाइयो
64x64
हेमन्त जोशी सोमबार, फागुन ३, २०७७  १६:५४
1140x725

काठमाडौं- ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने नाराका साथ सुरु भएको ‘जनताको जलविद्युत कार्यक्रम’ले २ वर्षमा कुनै पनि आयोजनालाई सर्वसाधारणका लागि सेयर जारी गर्ने अवस्थामा पुर्‍याउन सकेको छैन। ५ वर्षभित्र २१ वटा आयोजना निर्माण गरिसक्ने लक्ष्य राखेको यो कार्यक्रमले अधिकांश आयोजनाको प्रारम्भिक चरणको काम नै सुरु गर्न नसकेको देखिएको हो।

त्रिशुली थ्री–बी, सान्जेन र रसुवागढी जलविद्युत आयोजना सरकारले यो कार्यक्रम घोषणा गर्नुअघि नै निर्माणाधीन अवस्थामा थिए। यी आयोजनाबाहेक अहिले अरु थप कुनै पनि आयोजनामा उल्लेख्य प्रगति छैन। भेरी-बबई डाइभर्सन (४८ मेगावाट), तामाकोशी-५ (९६ मेगावाट) र रेमिट हाइड्रो लिमिटेडले बनाउने सिम्बुवा (७० मेगावाट) तथा धुन्सा (७२ मेगावाट) जलविद्युत् आयोजनामा प्रारम्भिक चरणका केही काम अघि बढेपनि चालु आर्थिक वर्षभित्र प्राथमिक सेयर जारी गर्ने अवस्था भने नरहेको ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार जनताको जलविद्युत कार्यक्रममा समावेश गरिएका डेढ दर्जन आयोजनाहरुमध्ये भेरी-बबई डाइभर्सन, तामाकोशी-५, धुन्सा र सिम्बुवा खोला जलविद्युत आयोजनामा तुलनात्मक रुपमा केही प्रगति देखिएको छ। यी आयोजना चालु आर्थिक वर्षभित्र निर्माणको चरणमा प्रवेश गर्ने देखिएपनि सेयर निष्काशन गर्नका लागि चाहिने न्यूनतम १० प्रतिशत संरचना निर्माणको काम गर्ने पूरा गर्ने सक्ने अवस्था देखिँदैन। 

जनताको जलविद्युत कार्यक्रम सुरु हुँदा सरकारले १९ वटा आयोजनालाई समावेश गरेको थियो। पछि रसुवागढी र सान्जेनलाई पनि यही कार्यक्रमभित्र राखेपछि आयोजनाको संख्या २१ पुगेको थियो। अहिले यो कार्यक्रमबाट बुढीगण्डकी-क आयोजनालाई झिकिएको मन्त्रालयले जनाएको छ। ७५ मेगावाट उत्पादन क्षमता रहेको बुढीगण्डकी–क आयोजनाको लाइसेन्समा विवाद देखिएपछि जनताको जलविद्युत कार्यक्रमबाट हटाइएको मन्त्रालयको भनाइ छ।

जलविद्युतको विकास तथा निर्माणमा जनताको सहभागिता र स्वामित्वभाव कायम गरी आन्तरिक पूँजीको माध्यमबाट प्रत्येक नेपाली नागरिकलाई जलविद्युत आयोजनाको विकासका लागि लगानी गर्ने वातावरण बनाउन भन्दै यो कार्यक्रम सुरु भएको थियो। करिब ३ हजार मेगावाट उत्पादन क्षमताका यी आयोजनामा ७ खर्ब रुपैयाँ बराबरको पूँजी जनताबाटै खोज्ने सरकारको लक्ष्य छ।

७५ मेगावाट उत्पादन क्षमता रहेको बुढीगण्डकी–क आयोजनाको लाइसेन्समा विवाद देखिएपछि जनताको जलविद्युत कार्यक्रमबाट हटाइएको मन्त्रालयको भनाइ छ।

यही कार्यक्रमभित्र रहेको भेरी-बबई डाइभर्सन आयोजनामा प्राम्भिक चरणका कामहरु सकिएका छन् भने आर्थिक प्रस्ताव पनि खोलिसकेको छ। तर, टेन्डर विवादका कारण काम अगाडि बढ्न सकेको छैन। त्यस्तै, सिम्बुवा खोला र धुन्सा खोला जलविद्युत आयोजनाको डिटेल इन्जिनियरिङ डिजाइनको काम सकिएको छ भने पहुँचमार्ग निर्माण र आयोजना निर्माणस्थलमा अरु सामान्य संरचना बनाउने काम चलिरहेको छ।

विदेशबाट नेपाल भित्रने रेमिट्यान्सबाट बनाउने भनेका यी दुई आयोजनाका वित्तीय व्यवस्थापन, कम्पनी स्थापना र कर्मचारी भर्ना लगायतका प्रक्रिया पनि सकिसकेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

जनताको जलविद्युत कार्यक्रमभित्रै रहेर नेपाल विद्युत प्राधिकरणले बनाउने भनेको तामाकोशी–५ जलविद्युत आयोजना निर्माणका लागि अझै वित्तीय व्यवस्थापन हुन सकेको छैन। आयोजना निर्माण गर्नका लागि छुट्टै कम्पनी स्थापना गरेर पहुँच मार्ग निर्माण तथा आयोजना स्थलमा सामान्य संरचनाहरु निर्माण र सरकारी जग्गा प्राप्तिको काम अहिले भइरहेको छ।

चीनको एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले यो आयोजनामा लगानी गर्ने चासो देखाएको भएपनि हालसम्म त्यसको निर्क्योल हुन सकेको छैन। एआइआइबीले लगानी गर्ने नगर्ने अन्योलताकै बीच कर्मचारी सञ्चय कोषले पनि यो आयोजनामा लगानी गर्न आफू इच्छुक रहेको भन्दै प्राधिकरणलाई प्रस्ताव बुझाएको छ। तर, आयोजनामा कसले लगानी गर्ने भन्ने विषय अझै टुंगिएको छैन।

यो कार्यक्रमभित्र राखिएका बाँकी आयोजना कुनै अध्ययनको निकै प्रारम्भिक चरणमा छन् भने अधिकांश अध्ययनको चरणमा समेत प्रवेश भइसकेका छैनन्। २०७५ फागुन २ गते जनताको जलविद्युत कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको महत्वाकांक्षी योजना सफल हुनेमा कुनै शंका नरहेको बताएका थिए। जनताको लगानीको कार्यक्रम भएकाले सफल हुनेमा आफू आश्वस्त रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।

तर, निर्माणको क्रममा भएका आयोजनामै भौतिक तथा आर्थिक प्रगति निकै कम हुनु र अरु आयोजना भने कार्यक्रम सुरु भएको १ वर्ष बितिसक्दा पनि विस्तृत अध्ययन र निर्माणको चरणमा नजानुले यसको प्रभावकारिता माथि प्रश्न उठेको छ।  

जनताको जलविद्युत कार्यक्रमका आयोजनामा हुने लगानी रकममध्ये ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूँजीमार्फत् सेयर लगानी गरिने तथा स्वपूँजीमार्फतको लगानीमा ५१ प्रतिशत सरकार एवं त्यसअन्तर्गतका निकाय र ४९ प्रतिशत जनताको लगानी हुने जनाइएको थियो।

थप समाचार :
जनताको जलविद्युत कार्यक्रममा रसुवागढी र साञ्जेन पनि

मौरीले फूलको रस ल्याएर चाका बनाएजस्तै ठूला आयोजना जनताकै पूँजीबाट बनाउन सकिन्छ : प्रधानमन्त्री

जनताको जलविद्युत आयोजना कार्यक्रम, कुन प्रदेशमा कति?

जलविद्युत कार्यक्रम : ३ हजार मेगावाटका १९ आयोजनामा जनताको लगानी

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
भोलिबाट भरि सिलिन्डर ग्यास बिक्री हुने निगमले सार्वजनिक गरेको सूचना अनुसार भोलिदेखि लागू हुने गरी मुलुकभर नै साबिक बमोजिमको १४.२ के.जी. क्षमताको ग्यास सिलिन्डर पुनः बिक्री... मंगलबार, असार ३०, २०८३
पाँच दिनपछि बढ्यो सेयर बजार मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.११ अङ्कले बढेर २५७६.२९ बिन्दुमा पुगेको हो । मंगलबार, असार ३०, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेर तोलामा २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ... मंगलबार, असार ३०, २०८३
ताजा समाचारसबै
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ बुधबार, असार ३१, २०८३
आजदेखि बजारमा भरी ग्यास सिलिन्डर पाइने, मूल्य २ हजार ६० रुपैयाँ निर्धारण बुधबार, असार ३१, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची बुधबार, असार ३१, २०८३
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स बुधबार, असार ३१, २०८३
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ? मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ? मंगलबार, असार ३०, २०८३
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स बुधबार, असार ३१, २०८३
अस्थायी र करारका कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्ना मंगलबार, असार ३०, २०८३
सरकारको चर्को आलोचना हुन थालेपछि रविसँगै संसद बैठकमा पुगे प्रधानमन्त्री बालेन मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्