काठमाडौं- प्रतिनिधि सभा विघटन विरुद्धको प्रदर्शनलाई व्यापक बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले अपील गरेका छन्। सोमबारका लागि तय भएको विरोध प्रर्दशनमा सहभागी हुन देउवाले सबैलाई आग्रह गरेका हुन्।
प्रदर्शनमा घर-घरबाट सहभागिता जनाएर प्रभावकारी बनाउन देउवाले अपील गरेका छन्। जिल्ला कार्यसमितिले ७७ वटै जिल्लामा सोमबार विरोध प्रदर्शन गर्ने भएका छन्।
संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले चरणबद्ध विरोध प्रर्दशन गर्दै आएको छ। यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ मा विरोध प्रदर्शन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।