• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सिडिएससी र नेप्सेका कर्मचारीलाई बोनसमा विभेद

नेप्सेका कर्मचारीलाई ५ प्रतिशत दिँदा सिडिएससीलाई किन १ मात्र?
64x64
हेमन्त जोशी आइतबार, फागुन २, २०७७  ०९:०५
1140x725

काठमाडौं- बजारमा प्रतिस्पर्धा विना सञ्चालनमा रहेका कम्पनीका कर्मचारीले पाउने बोनसमा लफडा देखिएको छ। बजारमा प्रतिस्पर्धी विना सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एन्ड क्लिएरिङ लिमिटेड (सिडिएससी)का कर्मचारीले कानुनको आफूखुशी ब्याख्या गर्दै फरक फरक दरमा बोनस खाएका छन्। 

कानूनी व्यवस्थामा ‘प्रतिस्पर्धी कम्पनी’ र ‘एकाधिकार’का विषयमा स्पष्ट नहुँदा (नेप्से) र (सिडिएससी)का कर्मचारीले पाउने बोनसमा लफडा देखिएको छ। कम्पनी ऐन २०६३ अनुसार संचालित यी दुई सरकारी प्रतिष्ठानका प्रतिस्पर्धी कम्पनी अहिले बजारमा छैनन्। 

बोनस ऐन २०३० र नियमावली २०४९ अनुसार बजारमा अरु प्रतिस्पर्धी कम्पनी भएका सरकारी कम्पनीका कर्मचारीले ५ प्रतिशत र एकाधीकार कायम गरेका सरकारी कम्पनीका कर्मचारीले १ प्रतिशत मात्रै बोनस पाउँछन्। तर नेप्से र सिडिएसीका कर्मचारीले भने फरक–फरक बोनस पाएका छन्। 

आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट नेप्सेका कर्मचारीले ५ प्रतिशत बोनस खाएका छन् भने सिडिएससीका कर्मचारीले १ प्रतिशत बोनस खाएका छन्। अझ रोचक कुरा त के भने, सिडिएससी नेप्सेद्वारा प्रवर्द्धित कम्पनी हो भने उक्त कम्पनीको बासलातलाई पनि नेप्सले आफ्नो वार्षिक प्रगति विवरणमा समावेश गर्छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद सिडिएससीको संचालक समिति अध्यक्ष र सदस्य पनि नेप्सेकै कर्मचारी छन्। 

सरकारको स्वामित्व रहेको कम्पनीले बोनस वितरण गर्नुपूर्व अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार यी दुई निकायले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट कर्मचारीले ५ प्रतिशत बोनस पाउनेगरी अर्थ मन्त्रालयसँग स्वीकृती मागेका थिए। अर्थ मन्त्रालयले नेप्से र सिडिएससी दुवैका कर्मचारीलाई १ प्रतिशत मात्रै बोनस दिन सक्ने सहमति दियो। 

Ncell 2
Ncell 2
nimb
nimb

नेप्सेका कर्मचारीले अघिल्लो वर्ष नै पाउनुपर्ने बोनस अर्थ मन्त्रालयले हालसम्म पनि स्वीकृत नगरेको प्रमुख कार्यकारी अधिकृत साउदको भनाइ छ। अर्थ मन्त्रालयले स्वीकृत नगरेपनि नेप्सेले पेश्कीका रूपमा कर्मचारीलाई ५ प्रतिशत बोनस बाँढिसकेको छ। 

‘आर्थिक वर्ष २०७५/७६ कै बोनस स्वीकृत भएको चिट्ठी अर्थ मन्त्रालयबाट हामीलाई प्राप्त भएको छैन। तर नेप्सेले कर्मचारीलाई एड्भान्स बोनस दिएको छ,’ साउदले भने, 'गत आर्थिक वर्ष २०७६/७७ को बोनस साधारण सभाबाट पारित भयो। अब अर्थको स्वीकृती माग्न बाँकी छ।’ 

सिडिएससी बजारमा एकाधिकार कायम गरेको कम्पनी भन्दै अर्थ मन्त्रालयले १ प्रतिशत मात्रै बोनस स्वीकृत गरेपछि त्यहाँका कर्मचारीले ५ प्रतिशत बोनस पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा मुद्दासमेत दर्ता गराएका थिए। तर अर्थ मन्त्रालयको निर्णयलाई नै सदर गर्ने गरी गत पुस २९ गतेको अदालतको फैसलाले कर्मचारीको रिट खारेज गरिदिएको छ। बोसन नियमावली २०४९ को नियम ६ ले सरकारको स्वामित्व भएको प्रतिष्ठानले बोनस बापत छुट्याउनुपर्ने रकम सम्बन्धी व्यवस्था गरेको छ। उक्त नियमको उपनियम १ ले सरकारको स्वामित्वमा नाफा आर्जन गर्ने उद्देश्यले स्थापना भएको प्रतिष्ठानले आफूले आर्जन गरेको प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको ५ प्रतिशत बराबरको रकम बोनसबापत छुट्याउनुपर्नेछ’ भनी उल्ले गरेको छ। 

Xtrem
Xtrem

सोही नियमको उपनियम २ ले सरकारको स्वामित्वमा नाफा आर्जन गर्ने उद्देश्यले नेपाल सरकारले तोकिदिएको क्षेत्रमा स्थापना भएको एकाधिकार प्राप्त प्रतिष्ठानले आफूले आर्जन गरेको प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत बराबरको रकम मात्र बोनस बापत छुट्याउनुपर्नेछ भनी उल्लेख गरेको छ। 

त्यस्तै एकाधीकार रहेका र प्रतिस्पर्धी कम्पनीका कर्मचारीले पाउने बोनस रकम पनि फरक छ। नियमावलीमा भएको बोनस सम्बन्धी यस्तो व्यवस्थाले नेप्से र सिडिएससीको हकमा भने अन्यौलता सिर्जना गरेको देखिन्छ। ‘हामी कसरी एकाधीकार प्राप्त संस्था कसरी भयौं? यस्ता खालका अरु संस्था पनि खोल्नसक्ने कानूनी व्यवस्था छ नि। यी संस्थाको प्रतिस्पर्धी हुन पाउने भन्ने त छैन।’ नेप्सेका सिइओ साउद भन्छन्।

नेपालमा धितोपत्र कारोबार गर्ने अर्को कुनै संस्था स्थापित भएको छैन। जसका कारण अर्थ मन्त्रालयले १ प्रतिशतभन्दा धेरै बोनस बाँड्न नपाउने गरी नेप्सेले गरेको प्रस्ताव सच्याइदिएको हो। 'अहिलेसम्म दुईवटा नेप्से त छैनन् नि,' अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यले भने। हालका अर्थसचिव शिशिरकुमार ढुंगाना राजस्व सचिव हुँदा नै नेप्सेले १ प्रतिशतभन्दा धेरै बोनस बाँड्न नमिल्ने निर्णय गरिदिएका थिए। 

अहिले नेप्से पूर्ण सरकारी स्वामित्वमा भएकाले बोर्डमा सबै  सरकारकै प्रतिनिधित्व छ। नेप्सेमा अहिले सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैकको ३४.६० प्रतिशत, तत्कालीन एनआइडिसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको)को  ६.१२ प्रतिशत र ब्रोकरसहित अन्यको ०.६२ प्रतिशत शेयर हिस्सा छ। अहिले अर्थमन्त्री विष्णु पौडेलकै निजी सचिव रमेश अर्याल नेप्सेको सञ्चालक समिति सदस्य छन्। 

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्