• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सिडिएससी र नेप्सेका कर्मचारीलाई बोनसमा विभेद

नेप्सेका कर्मचारीलाई ५ प्रतिशत दिँदा सिडिएससीलाई किन १ मात्र?
64x64
हेमन्त जोशी आइतबार, फागुन २, २०७७  ०९:०५
1140x725

काठमाडौं- बजारमा प्रतिस्पर्धा विना सञ्चालनमा रहेका कम्पनीका कर्मचारीले पाउने बोनसमा लफडा देखिएको छ। बजारमा प्रतिस्पर्धी विना सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एन्ड क्लिएरिङ लिमिटेड (सिडिएससी)का कर्मचारीले कानुनको आफूखुशी ब्याख्या गर्दै फरक फरक दरमा बोनस खाएका छन्। 

कानूनी व्यवस्थामा ‘प्रतिस्पर्धी कम्पनी’ र ‘एकाधिकार’का विषयमा स्पष्ट नहुँदा (नेप्से) र (सिडिएससी)का कर्मचारीले पाउने बोनसमा लफडा देखिएको छ। कम्पनी ऐन २०६३ अनुसार संचालित यी दुई सरकारी प्रतिष्ठानका प्रतिस्पर्धी कम्पनी अहिले बजारमा छैनन्। 

बोनस ऐन २०३० र नियमावली २०४९ अनुसार बजारमा अरु प्रतिस्पर्धी कम्पनी भएका सरकारी कम्पनीका कर्मचारीले ५ प्रतिशत र एकाधीकार कायम गरेका सरकारी कम्पनीका कर्मचारीले १ प्रतिशत मात्रै बोनस पाउँछन्। तर नेप्से र सिडिएसीका कर्मचारीले भने फरक–फरक बोनस पाएका छन्। 

आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट नेप्सेका कर्मचारीले ५ प्रतिशत बोनस खाएका छन् भने सिडिएससीका कर्मचारीले १ प्रतिशत बोनस खाएका छन्। अझ रोचक कुरा त के भने, सिडिएससी नेप्सेद्वारा प्रवर्द्धित कम्पनी हो भने उक्त कम्पनीको बासलातलाई पनि नेप्सले आफ्नो वार्षिक प्रगति विवरणमा समावेश गर्छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद सिडिएससीको संचालक समिति अध्यक्ष र सदस्य पनि नेप्सेकै कर्मचारी छन्। 

सरकारको स्वामित्व रहेको कम्पनीले बोनस वितरण गर्नुपूर्व अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार यी दुई निकायले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट कर्मचारीले ५ प्रतिशत बोनस पाउनेगरी अर्थ मन्त्रालयसँग स्वीकृती मागेका थिए। अर्थ मन्त्रालयले नेप्से र सिडिएससी दुवैका कर्मचारीलाई १ प्रतिशत मात्रै बोनस दिन सक्ने सहमति दियो। 

Ncell 2
Ncell 2

नेप्सेका कर्मचारीले अघिल्लो वर्ष नै पाउनुपर्ने बोनस अर्थ मन्त्रालयले हालसम्म पनि स्वीकृत नगरेको प्रमुख कार्यकारी अधिकृत साउदको भनाइ छ। अर्थ मन्त्रालयले स्वीकृत नगरेपनि नेप्सेले पेश्कीका रूपमा कर्मचारीलाई ५ प्रतिशत बोनस बाँढिसकेको छ। 

‘आर्थिक वर्ष २०७५/७६ कै बोनस स्वीकृत भएको चिट्ठी अर्थ मन्त्रालयबाट हामीलाई प्राप्त भएको छैन। तर नेप्सेले कर्मचारीलाई एड्भान्स बोनस दिएको छ,’ साउदले भने, 'गत आर्थिक वर्ष २०७६/७७ को बोनस साधारण सभाबाट पारित भयो। अब अर्थको स्वीकृती माग्न बाँकी छ।’ 

सिडिएससी बजारमा एकाधिकार कायम गरेको कम्पनी भन्दै अर्थ मन्त्रालयले १ प्रतिशत मात्रै बोनस स्वीकृत गरेपछि त्यहाँका कर्मचारीले ५ प्रतिशत बोनस पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा मुद्दासमेत दर्ता गराएका थिए। तर अर्थ मन्त्रालयको निर्णयलाई नै सदर गर्ने गरी गत पुस २९ गतेको अदालतको फैसलाले कर्मचारीको रिट खारेज गरिदिएको छ। बोसन नियमावली २०४९ को नियम ६ ले सरकारको स्वामित्व भएको प्रतिष्ठानले बोनस बापत छुट्याउनुपर्ने रकम सम्बन्धी व्यवस्था गरेको छ। उक्त नियमको उपनियम १ ले सरकारको स्वामित्वमा नाफा आर्जन गर्ने उद्देश्यले स्थापना भएको प्रतिष्ठानले आफूले आर्जन गरेको प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको ५ प्रतिशत बराबरको रकम बोनसबापत छुट्याउनुपर्नेछ’ भनी उल्ले गरेको छ। 

सोही नियमको उपनियम २ ले सरकारको स्वामित्वमा नाफा आर्जन गर्ने उद्देश्यले नेपाल सरकारले तोकिदिएको क्षेत्रमा स्थापना भएको एकाधिकार प्राप्त प्रतिष्ठानले आफूले आर्जन गरेको प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत बराबरको रकम मात्र बोनस बापत छुट्याउनुपर्नेछ भनी उल्लेख गरेको छ। 

त्यस्तै एकाधीकार रहेका र प्रतिस्पर्धी कम्पनीका कर्मचारीले पाउने बोनस रकम पनि फरक छ। नियमावलीमा भएको बोनस सम्बन्धी यस्तो व्यवस्थाले नेप्से र सिडिएससीको हकमा भने अन्यौलता सिर्जना गरेको देखिन्छ। ‘हामी कसरी एकाधीकार प्राप्त संस्था कसरी भयौं? यस्ता खालका अरु संस्था पनि खोल्नसक्ने कानूनी व्यवस्था छ नि। यी संस्थाको प्रतिस्पर्धी हुन पाउने भन्ने त छैन।’ नेप्सेका सिइओ साउद भन्छन्।

नेपालमा धितोपत्र कारोबार गर्ने अर्को कुनै संस्था स्थापित भएको छैन। जसका कारण अर्थ मन्त्रालयले १ प्रतिशतभन्दा धेरै बोनस बाँड्न नपाउने गरी नेप्सेले गरेको प्रस्ताव सच्याइदिएको हो। 'अहिलेसम्म दुईवटा नेप्से त छैनन् नि,' अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यले भने। हालका अर्थसचिव शिशिरकुमार ढुंगाना राजस्व सचिव हुँदा नै नेप्सेले १ प्रतिशतभन्दा धेरै बोनस बाँड्न नमिल्ने निर्णय गरिदिएका थिए। 

अहिले नेप्से पूर्ण सरकारी स्वामित्वमा भएकाले बोर्डमा सबै  सरकारकै प्रतिनिधित्व छ। नेप्सेमा अहिले सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैकको ३४.६० प्रतिशत, तत्कालीन एनआइडिसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको)को  ६.१२ प्रतिशत र ब्रोकरसहित अन्यको ०.६२ प्रतिशत शेयर हिस्सा छ। अहिले अर्थमन्त्री विष्णु पौडेलकै निजी सचिव रमेश अर्याल नेप्सेको सञ्चालक समिति सदस्य छन्। 

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको हो । मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार, पुस २२, २०८२
दोहोरो अंकले घट्यो नेप्से साताको पहिलो दिन आइतबार नेप्से सूचक १०.२९ अंकले घटेर २६१०.६३ अंकमा अडेको हो । आइतबार, पुस २०, २०८२
ताजा समाचारसबै
सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा बुधबार, पुस २३, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
राष्ट्रिय सभा उम्मेदवार छनोटमा थापाको फरक मत: महामन्त्रीहरुलाई हेपियो, यस्तो मानमर्दन पहिले हुँदैनथ्यो बुधबार, पुस २३, २०८२
२० जना न्यायाधीश नियुक्तिका लागि सिफारिस (सूची) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा मंगलबार, पुस २२, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्