काठमाडौं- नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षकी नेता तथा अनेमसंघकी अध्यक्ष अमृता थापामगरले प्रतिगमनका प्रतिगमनका मतियारहरुलाई आर्यघाट लैजाने चेतावनी दिएकी थिइन्।
केही दिनअघि गृहमन्त्री रामबहादुर थापा बादलले 'मांसाहारी आन्दोलन गर्छौ भन्नेलाई जु' मा लगेर थुन्छौँ' भनेर दिएको चेतावनीलाई उनले प्रतिवाद गरेकी हुन्। नेपालको राजनीतिक संघर्षमा महिलाको भूमिकाको चर्चा गरेकी उनले भनिन्- 'जहाँसम्म प्रतिगमनका मतियारहरु छन्, तिनीहरुलाई चिडियाखाना होइन, आर्यघाट लैजान महिलाहरु काफी छन्।'
प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोशित सुनिएकी उनले ओलीले संविधान ध्वस्त पारेर देशलाई अस्थिरताको भुमरीमा हालेको बताइन्।
'संस्थागत राजसंस्थामा हुर्किएको बादशाहलाई त घोडाबाट फाल्दै श्रीपेचलाई फुटबल खेलेको इतिहास छ। तिमी त फर्खैरै श्रीपेच गुथ्न मन लागेको नयाँ तानाशाह भएको हुनाले शान्तिपूर्ण जनआन्दोलन काफी छ', उनले भनिन्।
उनले ५१ प्रतिशत महिलाहरुले प्रतिगमन नसच्चिएसम्म सडक नछाड्ने प्रतिबद्धता व्यक्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।