काठमाडौं- नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको विरोध सभा सुरु भएको छ।
काठमाडौंको प्रदर्शनी मार्गमा जारी सभालाई १४ जना नेताले सम्बाेधन गर्ने भएका छन्। सभालाई केही केन्द्रीय कमिटी सदस्य, स्थायी कमिटी सदस्य, प्रवक्ता, वरिष्ठ नेता तथा अध्यक्षद्वय गरी १४ जनाको नाम तय भएको छ।
सभाअघि काठमाडाैंका विभिन्न पाँच स्थानबाट जुलुस निकालिएको थियो। मुख्य जुलुस भने सुन्धाराबाट निकालिएको थियो।
प्रचण्ड-माधव पक्षले यसअघि माघ ९ गते पनि काठमाडाैंमा प्रदर्शन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।