काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका नेताहरूले बालिका तथा किशोरी बलात्कार र हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन्।
आज काठमाडौंमा हुने सभामा सहभागी हुने क्रममा सुरेन्द्र पाण्डे, वर्षमान पुन, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र महेश्वर गहतराजलगायतका नेताहरू कालो ब्यानरसहित त्रिपुरेश्वरमा धर्नामा बसेका हुन्।
उनीहरूले बलात्कार र हत्या गरिएका निर्मला पन्त र भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन्। उनीहरू केहीबेरमा जुलुससहित विरोध सभास्थल प्रदर्शनीमार्ग पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।