फाइल तस्बिर
काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टीले बुधबार उपत्यकाका विभिन्न स्थानमा गर्ने शक्ति प्रदर्शनका कारण ट्राफिक समस्या हुने देखिएको छ। नेकपा केन्द्रीय समितिको कार्यालयले एक सूचना जारी गर्दै वृहत् विरोध प्रदर्शनको मूल जुलुस र सहायक जुलुस हुने स्थानको बारेमा जानकारी दिएसँगै ती ठाउँमा केही समय सडक अवरुद्ध हुनसक्ने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
११ बजेबाट सुरू हुने उक्त प्रदर्शनबाट सडक केही समय अवरुद्ध हुन सक्ने बताइएको छ।
११ बजेबाट सुरू हुने उक्त प्रदर्शन सुन्धारमा आएर मूल जुलुसमा परिणत हुनेछ। पुल्चोक-कुपण्डोल-थापाथली-त्रिपुरेश्वर-माइतिघर क्षेत्रमा केही ट्राफिक समस्या हुनसक्ने बताइएको छ। यसैगरी केशरमहल-दरबारमार्ग-तीनधारा पाठशाला-जमल-कमलाक्षी-असन-इन्द्रचोक-जुद्ध शालिक- न्युरोडमा पनि सडक केही समयका लागि अवरूद्ध हुनसक्ने महाशाखाले बताएको छ।
१२ बजे सुरु हुने मूल जुलुस भने सुन्धारा-बीर अस्पताल-जमल-घण्टाघर-बागबजार-पुतलीसडक-पद्मोदय मोड-प्रदर्शनीमार्ग हुँदै सभा स्थल प्रवेश गर्ने भएकाले त्यहाँका सडकसमेत अवरूद्ध हुन सक्ने महाशाखाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।