काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेकी रौतहटकी प्रतिनिधि सांसद समिना हुसेन प्रचण्ड-माधव नेकपामा फर्केकी छन्।
प्रचण्ड-माधव पक्षीय नेकपामा फर्केको उनले विज्ञप्तिमार्फत जानकारी गराएकी छन्।
‘केपी ओली गुटले विभिन्न भ्रम सिर्जना गरी मजस्ता कार्यकर्तालाई विभिन्न कार्यक्रममा सहभागी गराउने षड्यन्त्र गरिरहेका छन्,’ उनले विज्ञप्तिमा भनेकी छन्।
प्रतिनिधिसभा विघटनलाई प्रतिगमनकारी कदम भएको उल्लेख गर्दै हुसेनले सिङ्गो राष्ट्र, संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा होमिएको बताएकी छन्।
ओली पक्षले चलाएको भ्रममा नपरी आन्दोलनमा सहभागी हुन उनले प्रदेश २ र रौतहटका जनतालाई आग्रहसमेत गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।