• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय परीक्षा बोर्डले नै एसइई सञ्चालन र प्रमाणीकरण गर्ने‚ यी हुन् मन्त्रिपरिषद्का निर्णय

64x64
नेपाल लाइभ मंगलबार, माघ २७, २०७७  १८:१३
1140x725

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा सञ्चालन तथा प्रमाणीकरण गर्ने भएको छ। बोर्डले एसइई परीक्षाको व्यवस्थापन, नतिजा प्रकाशन र  प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने भएको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने प्रबन्ध मिलाउने निर्णय गरेको हो।

यसका साथै सरकारले शैक्षिक सत्र एवं विद्यालय शिक्षाका सबै तह र कक्षाका विद्यार्थीहरूलाई स्थानान्तरण सम्बन्धमा नियमावली, २०५९ मा आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

माघ १९ र २६ गते बसेको मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक भएको छ। बिहीबार सरकारका प्रवक्ता पार्वत गुरुङले निर्णय सार्वजनिक गरेका हुन्।

यस्तो छ मन्त्रिपरिषद्का निर्णयहरुः
२०७७ साल माघ १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूः
१. बेरुजू फर्छ्यौट मूल्याङ्कन र अनुगमन समितिको वार्षिक प्रतिवेदन, २०७७ को परिच्छेद ३ (तीन) मा उल्लेख भएका सुझाव एवं सिफारिसहरू कडाइका साथ कार्यान्वयन गर्न सबै निकायहरूलाई निर्देशन दिने।
२. सहलगानी सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७७ स्वीकृत गर्ने ।
३. बीमा समितिको अध्यक्ष पदमा बिरगञ्ज महानगरपालिका निवासी श्री सूर्य प्रसाद सिलवाललाई नियुक्ति गर्ने।
४. सशस्त्र प्रहरी नायव महानिरीक्षकद्वय खड्क बहादुर राई र मन्दिप श्रेष्ठको मिति २०७७।१०।२७ देखि मिति २०७८।१०।२६ सम्म १ वर्ष पदावधी थप गर्ने।
५. नेपाली सेनाका प्राविधिक महासेनानी गजेन्द्रनाथ कर्माचार्यलाई प्राविधिक सहायक रथी र प्राविधिक प्रमुख सेनानी जगत शाहलाई प्राविधिक महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने।
६. सहजपुर-वोक्तान-दिपायल सडक आयोजना (५८ कि.मी. पहिलोखण्ड) को राइट अफ वेको निर्माण गर्न तथा उक्त सडकका आवश्यक संरचनाहरु तयार समेत गर्नका लागि कैलाली र डोटी जिल्ला अन्तर्गत रहेको कूलजम्मा १२६.५० हेक्टर (एकसय छब्बीस दशमलव पाँच शून्य हेक्टर) राष्ट्रिय वन क्षेत्र (विभिन्न सामुदायिक वनहरु लगायतको राष्ट्रिय वन क्षेत्र) प्रयोग गर्न दिने र तहाँ रहेका कूलजम्मा ३७९५ वटा रुखहरु हटाउन समेत स्वीकृति दिने ।
७. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सञ्चालन हुने प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम, कार्यक्रम कार्यान्वन इकाई ललितपुर एवम् सातै प्रदेशमा स्थापना हुने स्थानीय पूर्बाधार विकास आयोजना कार्यालयहरुका लागि अधिकृतस्तरका ३४ अस्थायी दरवन्दी स्वीकृत गर्ने ।
८. वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन, यूकेबाट विश्व रेकर्डको प्रमाणपत्र प्रदान गर्नका लागि मिति २०७७ माघ २० मा नयाँ दिल्लीमा आयोजना हुने कार्यक्रममा २०७७ माघ २० देखि माघ २६ सम्म माननीय शहरी विकास राज्यमन्त्रीज्यूलाई निजी खर्चमा भाग लिन स्वीकृति दिने ।
९. राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव श्री सुमनराज अर्याललाई बढुवा गरी अतिरिक्त समूहमा पदस्थापन गर्ने।

२०७७ साल माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूः
१. नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा श्री हितेन्द्र देव शाक्यलाई नियुक्ति गर्ने।
२.ल्होसारको अवसरमा २०७७/१०/३० गते सार्वजनिक बिदा दिने ।
३. दुई चरणमा सम्पन्न हुने आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन देहाय बमोजिम हुने गरी प्रदेश र जिल्लाहरु तोक्ने ।
क) पहिलो चरण मिति २०७८ बैशाख १७ गते: प्रदेश नं. २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सूदुरपश्चिम प्रदेश अन्तर्गतका ४० वटा जिल्लाहरु ।
ख) दोस्रो चरण मिति २०७८ बैशाख २७ गते: प्रदेश नं. १, बागमती प्रदेश र कर्णाली प्रदेश अन्तर्गतका ३७ वटा जिल्लाहरु ।
४. संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को 46औं सत्रको उच्चस्तरीय सप्ताहमा भर्चुअल माध्यमबाट सहभागी हुन माननीय परराष्ट्रमन्त्रीज्यूको नेतृत्वको १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
५. मदन भण्डारी रङ्गशाला आयोजनाको विकास तथा सञ्चालन गर्नका झापा जिल्लाको दमक न.पा.-३ मा रहेको कूल जम्मा २७.०० हेक्टर (सत्ताइस हेक्टर) राष्ट्रिय वन क्षेत्र (हंसे दुम्से सामुदायिक वनमा रहेको) प्रयोग गर्न र तहाँ रहेका जम्मा १९२४ वटा रुखविरुवा हटाउन स्वीकृति दिने ।
६. लुम्विनी केवलकार प्रा.लि. लाई रुपन्देही र पाल्पा जिल्ला अन्तर्गतको कूलजम्मा ६.२७ हेक्टर राष्ट्रिय वन क्षेत्र (रुपन्देहीतर्फ वुटवल उमनपा-३ को चुरे सामुदायिक वन समेतको ३.१६ हेक्टर र पाल्पातर्फ तिनाउ गा.पा.-३ को चिउरीडाँडा/न्याउली सामुदायिक वन समेतको ३.११ हेक्टर वन क्षेत्र) २५ वर्षका लागि प्रयोग गर्न दिने र तहाँ रहेका कूलजम्मा १३३८ वटा पोल एवं रुखहरु हटाउन समेत स्वीकृति दिने ।
७. शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ स्वीकृति गर्ने।
८. मलेसियाको सामाजिक सुरक्षा संस्थासँगको समझदारीपत्र स्वीकृत तथा सो समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने।
९. साना विकास परियोजनाअन्तर्गत जिल्ला समन्वय समितिमार्फत् कार्यान्वयन भइरहेका अधुरा आयोजनाहरू सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने।
१०. निर्वाचन आयोग र अन्तर्गतका कार्यालयहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने।
११. विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्वन्धमा “माध्यमिक शिक्षा (कक्षा १०) को एसइई परीक्षा सम्वन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने । शैक्षिक सत्र एवम् विद्यालय शिक्षाका सबै तह र कक्षाका विद्यार्थिहरुलाई स्थानान्तरण सम्वन्धमा शिक्षा नियमावली, २०५९ मा तत् सम्बन्धी आवश्यक व्यवस्था गर्ने।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  १८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछाने सभापतिमा निर्विरोध
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक
रास्वपाको आम्दानी १२ करोड २४ लाख
सम्बन्धित सामग्री
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक रास्वपाको चितवनमा जारी महाधिवेशन अन्तरगत बन्दसत्र सकिएलगत्तै रविले उम्मेदवारी दर्ता गराएका हुन् । रास्वपा महाधिवेशनमा सभापति र केन्द... मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
ताजा समाचारसबै
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश मंगलबार, असार ९, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई यसरी गराइयो सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्