• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
नेपाली फिल्मको डिजिटल यात्रा, बौद्धिक चोरको बिगबिगी
64x64
पुष्पा थपलिया आइतबार, माघ २५, २०७७  ०६:०८
1140x725

नेपाली फिल्मको बजार करोडमा प्रवेश गरेको धेरै भइसक्यो तर मानिसहरू अझै ७० लाखमा फिल्म बन्छ भनेर सोध्छन्। लेखक तथा कलाकार खगेन्द्र लामिछानेले अनुहार खुम्च्याउँदै भने। उनका अनुसार आजभन्दा सात वर्षअघि बनाएको फिल्म टलकजंग भर्सेस टुल्केमा केहि मानिसको तलब नराखेरै १ करोड ५० लाख खर्च भएको थियो। 

खगेन्द्रका अनुसार, नेपाली फिल्म करोडको बजारमा पुगेको सामान्य दर्शकलाई मात्रै होइन, नेपालका बुद्दिजीवीलाई समेत थाहा छैन। कारण स्पष्ट पार्दै उनले भने, ‘यो सबको जरो हो युट्युब।’

खगेन्द्रले प्रश्नात्मक शैलीमा थपे, ‘अहिले कम पैसामा परिश्रम बेच्न बाध्य भएका किसानले त एक रुपैयाँमा रोपेको काउली निःशुल्क दिँदैनन् भने हामी करोडमा निर्माण गरेको फिल्म किन निःशुल्क बाँडिरहेका छौं?’ 

थप उदाहरण दिँदै उनले भने, ‘एउटा किसान भैँसीले दिएको दूध सस्तो भयो भनेर बरू सडकमा पोख्छ तर पनि खान नपाएकालाई निःशुल्क दिँदैन। अझ भैँसी त बारम्बार ब्याउँछ र बारम्बार दूध दिन्छ। फिल्म त एकैपल्ट हेर्ने हो तर हामी निःशुल्क दिन्छौं। जसले गर्दा फिल्म बनाउन करोडौं लाग्छ भन्ने महशुस नै हुन नपाएको उनको दाबी छ। 

कुरा सुनिरहेका सिनेमाघर एपका प्रमुख कार्यकारी अधिकृत तथा लगानीकर्ता सागर खरेलले थपे, ‘हाम्रोमा एकजना फिल्म निर्देशकले सोध्नुभयो- फिल्म युट्युबमा कहिले रिलिज हुन्छ?’ खरेलले अगाडि भने, ‘उहाँलाई युट्युबमा के फाइदा छ र रिलिज गर्नु भनेर सोध्दा दर्शकले सजिलै हेर्न पाउँछन् भन्नुभयो। लगानीको पाँच प्रतिशत पनि उठ्दैन भन्ने थाहा हुँदाहुँदै पनि फिल्म युट्युबमा रिलिज गर्न निर्देशक नै हतारिन्छन्। 

नामको पछाडि दौडिएर निःशुल्क फिल्म दिने चलन बढेको भन्दै खगेन्द्रले भने, ‘जसको खल्तीबाट पैसा पर्दैन, उसलाई फिल्मको के माया लाग्छ र, उसलाई चाहिने त नाममात्रै हो।’ 

कुरालाई अगाडि बढाउँदै खगेन्द्रले भने, ‘युट्युबको एभरेज भ्युज हेर्दा ८० लाख मान्छेले नेपाली फिल्म हेर्छन्। त्यसको एक प्रतिशत मात्रै हलमा गएपनि पचास हजार हुन्छ। २ सयको दरले फिल्मको पैसा राख्ने हो भने डेढ करोड त सजिलै उठ्छ। तर त्यस्तो हुँदैन। आफूलाई मनपर्ने कलाकारको फिल्म भएपनि दर्शक युट्युब नै कुरेर बस्छन्।’ 

हौसिँदै सागरले भने, ‘मेरो एकजना मामा हुनुहुन्छ, उहाँको मनपर्ने फिल्म पशुपति प्रसाद हो। जो भेट्यो उहीसँग पशुपति प्रसाद हेरिस्‚ खतरा छ भन्दै गफ गर्नुहुन्छ। पछि यही फिल्मका मान्छेले बनाएको फिल्म धनपति प्रदर्शन भयो। मामा हेर्न जाने होइन भनेको त, पख न, केहि समयपछि युट्युबमा आइहाल्छ नि रे। त्यस्तो खत्रा फ्यानसमेत हलमा फिल्म हेर्न जाँदैन र युट्युबमा कुरेर बस्छ भने तपाईं आफैँ भन्नुस् नेपाली फिल्मको हालत के छ!

सम्भव होला त नेपालमा स्कृनिङ प्ल्याटफर्म
यति धेरै युट्युबको क्रेज हुँदाहुँदै पनि चुनौती मोलेर खगेन्द्र र सागरको टोलीले गोल्ड सिनेमाघर नामको फिल्म हेर्ने एप ल्याएका छन्। खगेन्द्र यस एपका अध्यक्ष हुन् भने सागर प्रमुख कार्यकारी अधिकृत।

सागरले युट्युबमा केही समय कुर्नभन्दा फ्रेस फिल्म हेर्नुको मज्जा दर्शकलाई चखाउन सके एप्लिकेसनमा पैसा तिरेर फिल्म हेर्ने बानी बस्ने आशा व्यक्त गरे। उनले भने, ‘सुरुमा थोरै पैसा तिरेर फिल्म हेर्ने बानी पार्नुपर्‍यो। त्यहि भएर नै ५ सय रुपैयाँ तिरे वर्षभरी १८ वटा युट्युबमा नआएका फिल्म हेर्न मिल्ने बनाएको उनको भनाइ छ।

भारत र नेपालमा गोल्ड सिनेमाघर जस्ता एप्लिकेसनलाई ओटिटी प्ल्याटफर्म भन्ने चलन छ। ओटिटी अर्थात् ‘ओभर द टप’। पहिले टेलिभिजनको अर्को विकल्प थिएन। विस्तारै केवल कम्पनीहरुले च्यानल ल्याए। जसलाई टेलिभिजनभन्दा फरक उपकरणको आवश्यकता पर्दथ्यो। टेलिभिजनको माथी राखिने भाँडोलाई सामान्य तरिकाले ओभर द टप भन्न थालियो। त्यहि शब्द नै अहिलेसम्म चलनचल्तीमा चलिआएको सागरले बताए। तर यसलाई ओटिटी भन्न नमिल्ने भने नभएको सागर बताउँछन्। 

‘भारतमा र नेपालमा बढी ओटीटी भन्ने चलन रहेको पनि सागरको भनाइ छ। अन्य देशमा यसलाई भिडियो स्कृमिङ प्ल्याटफर्म भन्छन् र हामी पनि हाम्रो एपलाई यहि भन्छौं‚’ उनले थपे।

नेपालमा फोपी, भिडियोपसललगायतका फिल्म हेर्ने एपहरु छन्। फोपी भने अहिले नेपाली कन्टेन्ट छाडेर इन्डियन कन्टेन्टतिर गइसकेको छ। भिडियोपसल भने चलिरहेको छ।

आइफ्लिक्सले पनि नेपाली सर्भिस बन्द गरिसकेको छ। पहिले एनसेलले नेपालका फिल्मलाई आइफिल्क्समा पुर्‍याए पनि, एनसेल किनबेचको मामिलामा परेसँगै नेपाली फिल्म नै नराख्ने निर्णय आइफिल्क्सले गर्‍यो। यसलाई आर्थिक भारसमेत परेकाले अहिले चीनको एक कम्पनीले किनेको छ। नयाँ कम्पनीले यसलाई विस्तार गर्‍यो भनेपनि नेपाल आउँछ या आउँदैन टुँगो नभएको सागरले बताए।

त्यसो त, नेपालमा अन्य व्यक्तिहरुले पनि एप बनाउने कोशिस गरिरहेका छन्। कतिले आफ्नोमात्रै फिल्म राख्ने एप पनि बनाउने योजनामा छन्। सागरले थप्दै भने, ‘सय डलरमा पनि एप किन्न पाइन्छ, अबौंमा पनि किन्न पाइन्छ। अहिले हरेकको युट्युब च्यानल भएजस्तै कुनै दिन हरेकको आफ्नै एप हुने दिन पनि आउन सक्ने कुरा घुमाउरो पारामा बताए। 

त्यस्तै केही एप भने आउन नपाई बन्द भयो। मकै भन्ने एप आएको थियो। यसले ‘यात्रा द भ्लग’ भन्ने फिल्म किन्यो। तर केहि समयमै बन्द पनि भइहाल्यो। बोधी भन्ने पनि आयो। यसले तीनवटा फिल्म किन्यो अनि बन्द भयो। 

लकडाउनकै समयमा चलचित्र टिभी एप आयो। नायिका ऋचा शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत् चलचित्र टिभी एपको घोषणा गरिन्। पछि उनले त्यसलाई छाडिन्। यो एपले छ माया छपक्कैसहित ३ वटा फिल्म राख्यो। तर सबै फिल्म पाइरेसीको चंगुलमा परेपछि अहिले यो एप बन्द छ। 

अध्ययन नगरी एप सार्वजनिक गरिएकाले यस्तो अवस्था आएको सागरले बताए। उनले भने, ‘विदेश बस्ने मानिसमा पचास लाख नेपाली छन्, त्यसमा १० प्रतिशतलाई किनाउन सकियो भने त भइहाल्यो नि, भन्ने सोच हावी छ।’ यहि कारण ठूलो आशा लिएर निराश भएर फर्कनु परेको उनको भनाइ छ।  

नेटफिल्क्सको उदाहरण दिँदै उनले भने, ‘हामीले देखेजस्तो सजिलै नेटफिल्क्स नाफामा गएको हैन। लामो समय घाटामा चल्यो, बिस्तारै नाफामा गएको हो।’ लकडाउनको समयमा भने यसले अझै प्रगति गरेको सागरको भनाइ छ। 

यस्ता उदाहरण धेरै भएको भन्दै उनले भने, ‘स्पोर्टिफाइभ भन्ने एपले धेरै समयसम्म घाटा खायो। भारतको गाना एपले पनि सुरुमा फ्रीमा गित सुन्न दियो तर अहिले पैसा लिन्छ।’ 

‘निःशुल्क फिल्म हेर्न बानी परेका दर्शकलाई पैसा तिर्न लगाउन सजिलो काम होइन‚’ सागरले लामो सास फेर्दै भने, ‘हामीले हिँडेको बाटो गाह्रो छ। दर्शकको बानी सुधार्न समय लाग्छ।’ थप जोड दिँदै सागरले भने, ‘जबसम्म निःशुल्क कन्टेन्ट हेर्न पाइरहन्छन्, तबसम्म गाह्रो छ।’ 

भविष्य सम्झँदै सागरले भने, ‘प्राविधिक रुपमा भने हामी बलिया छौं‚’ सफ्टवेर बनाउने दिमाग नेपालमा राम्रो भएको भन्दै उनले भने‚ यहाँ स्टाफले कम शुल्कमा काम गर्ने भएकाले अन्य देशको तुलनामा सस्तो पर्न जान्छ।’ 

प्राविधिक रुपमा सजिलो भएपनि कन्टेन्ट पाउन भने गाह्रो छ। सागरले भने, ‘जति कन्टेन्टको खडेरी पर्छ‚ त्यति हामीलाई गाह्रो हुन्छ। त्यहि भएर बिस्तारै हामी ओर्जिनल कन्टेन्ट बनाउने कोशिसमा छौं।’ 

जस्तो पायो त्यस्तै कन्टेन्टले दर्शक भड्काउने डर हुन्छ। त्यहि भएर नै ३६१ डिग्री मिडिया प्रा.लि.बाट सञ्चालित एपमा फिलर कन्टेन्ट या जे पायो त्यही भने नराख्ने निर्णय टोलीले गरेको छ। 

सागरले भने, ‘हामीसँग निःशुल्क पाएको फिल्म पनि छ तर गुणस्तरबिना हामी केहि गर्दैनौं।’ यसका लागि कन्टेन्ट खोज्ने खगेन्द्र लामिछाने आफूहरुसँग भएकाले सजिलो भएको पनि उनको भनाइ छ। 

के छ त चुनौती?
‘एकजनाले सामाजिक सञ्जालमा लेखेछन्- पचास हजारको एप बनाउछन्, एउटा फिल्म देखाउँछन् र बन्द गर्छन्। यसले त एउटा फिल्म निर्माणमा हात हालेर भागेको निर्माताको झल्को गरायो‚’ सागरले हाँस्दै भने, ‘त्यस्ता पनि होलान् किनभने एप भनेको एउटा कोड हो, त्यो जसले पनि किन्न सक्छ। तर सबैलाई एकै दाँजोमा राख्लान् कि भन्ने डर छ।’ 

फिल्म स्कृनिङ प्ल्याटफर्ममा जाँदा डिजिटल राइट्स दिनेवालाको हातबाट एपवालाले लिनुपर्छ। यसले गर्दा निर्मातालाई असर पर्ला नि भन्ने जिज्ञासामा लेखक तथा कलाकार खगेन्द्र लामिछानेले भने, ‘हामीसँग फिल्म चलाउने तिनवटा माध्यम छन्। हलको रिलिज, डिजिटल राइट्स र डायस्पोरा अर्थात् विदेशमा फिल्म देखाउने।’ 

डिजिटलमा पनि विभिन्न विधामा फिल्म बाँडिन्छ। खगेन्द्रले भने, ‘डिसहोम, नेटटिभीलगायतका प्ल्याटफर्म, युट्युब अर्को र एप्लिकेसन।’ यसरी फरक फरक डिजिटल प्ल्याटफर्म हुने बित्तिकै डिजिटल राइट्स् बेच्दा हरेकबाट पचास प्रतिशत लिन सकिने उनले बताए।

खगेन्द्र भन्छन्, ‘राम्रो फिल्मका लागि डिजिटल प्ल्याटफर्म राम्रो आधार हो‚’ सागरले थप्दै भने, ‘अहिले विश्वभर चलिरहेको ट्रेन्ड पनि यहि हो। भारतमा त टिभीको स्याटलाइट राइट्सले  नै लगानी उठाइदिन्छ‚ अरु सबै नाफामा।’

सबैभन्दा ठूलो चुनौती पाइरेसी
पाइरेसी अर्थात् बौद्धिक सम्पतीको चोरी गर्नु भाइरसले सताउनुजस्तै हो। यसलाई रोक्न सकिँदैन। बरू जनचेतना फैलाएर संक्रमण फैलन नदिन सकिन्छ। खगेन्द्रले भने, ‘डिजिटलमा सबैभन्दा ठूलो चुनौती पनि फिल्मलाई पाइरेसीबाट जोगाउनु नै रहेछ।’

‘पाइरेसी दण्डनीय अपराध हो। १० लाख रुपैयाँसम्म जरिवाना र २ वर्षको जेल छ। यति हुँदाहुँदै पनि ३ वर्षअघि सिनेमाघर एपबाट जात्रा पाइरेसी भयो। भर्खर प्लस टु पढ्दै गरेका भाइहरुले पाइरेसी गरेका रहेछन्‚’ सागरले भने, ‘उनीहरूलाई पाइरेसी भनेको अपराध हो भन्ने थाहै रहेनछ।’ 

‘नेपालीहरू दयालु स्वभावका छन्। उनीहरु आफूले हेरेको राम्रो कुरालाई अरुले पनि हेरोस् भन्ने सोच्छन् र थाहै नपाई पाइरेसीजस्तो अपराधमा फस्छन्‚’ खगेन्द्रले सागरको कुरामा होमा हो मिलाउँदै भने । 

‘छक्का पन्जाको पाइरेसी घटनामा नवलपरासीका कृष्ण सुवेदीले आत्महत्या नै गरे। त्यसको केही समयसम्म भने पाइरेसी निकै कम भएको थियो। अहिले फेरि जुर्मुराएर आइरहेका छन्‚’ खगेन्द्रले सुनाए। 

सागर भने टेलिग्राम भन्ने प्ल्याटफर्म हेरिरहन्छन्। त्यहाँ नेपाली फिल्म पाइरेसी बढी देखिएको छ। कतै आफ्ना सामान पनि त्यस्ता प्ल्याटफर्ममा जाला कि भनेर मनिटर गरिरहेको उनले बताए। 

‘मान्छे मार्नु अपराध हो, तर पनि मारिरहेका छन्। कतिको त आपराधिक मानसिकता नै हुन्छ, त्यस्ताको कुरा छाडौं‚’ सागरले भने, ‘पाइरेसीलाई धेरैले सामान्य रुपमा लिइरहेका छन्। पाइरेसीजस्तै हुन्डी पनि अपराध हो। तर मानिसले गरिरहेका छन्।’ यस्तो पाइरेसीमा पढे लेखेका मानिस नै बढी आबद्ध हुने पनि उनीहरुको अनुमान छ। खगेन्द्र र सागर दुवैले एकै स्वरमा भने, ‘पाइरेसीबारे जाने बुझेका र आफूलाई बौद्धिक भन्नेहरुले नै सबैभन्दा धेरै पाइरेसी गरिरहेका छन्।’ 

डिजिटलले बौद्धिक सम्पति चोरी गर्न सजिलो त बनाएको छ नै चोर पत्ता लगाउन पनि सजिलो छ । सागरले भने, ‘विदेशको युनिभर्सल म्युजिक भन्नेले नेपालको पनि एक पत्रिकामा फोटो राख्यो भनेर चिठ्ठी पठाएछ।’  

पाइरेसीमा टिनएजका बालबालिकाको संख्या धेरै भएको पनि सागरले बताए। यसलाई कम गर्न स्कुल लेभलबाटै पाइरेसीबारे बुझाउनुपर्ने उनको भनाइ छ। 

कुन मन्त्रालयअन्तर्गत पर्छ त स्कृनिङ प्याल्टफर्म?
यो कुन मन्त्रालयमा पर्छ भन्नेबारे भने थाहा नभएको सागरले बताए। उनले भने, ‘हामी कम्पनी रजिस्टार कार्यालयमा दर्ता भएका छौं। वडा, कर कार्यालय जताततै छ तर कुन मन्त्रालयअन्तर्गत पर्ने भन्नेबारे नै थाहा छैन।’ 

‘सरकारले यसबारे छिट्टै नीति नियम ल्याउला र कुन मन्त्रालयको मातहतमा रहने भन्नेबारे पनि बताउला। अहिले भने केहि अप्ठ्यारो परे हेर्ने निकाय छैन‚’ सागरले भने‚ ‘यसमा फिल्म छ, प्रविधि छ र अर्थ पनि छ।’ उद्योग मन्त्रालयमा पनि जान सक्छ या सञ्चार मन्त्रालय कुनै टुङ्गो नभएको उनको भनाइ छ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  ०६:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
कलाकार दीपकराज गिरीले गरे समीक्षा र एलिनाको प्रशंसा शुक्रबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले चौहान र अधिकारीले सुरु गरेको अभियानको प्रशंसा गरेका हुन्। शुक्रबार, असार १३, २०८२
‘लालीबजार’ मा स्वस्तिमा निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको हो। मंगलबार, असार १०, २०८२
हाउसफुल ५ को कलेक्सन २ सय ४४ करोड नाघ्यो निर्माताहरूले साझा गरेको जानकारी अनुसार फिल्मले भारतीय बक्स अफिसमा १९१.८२ करोड भारतीय रुपैयाँ कमाएको छ। साथै, विश्वव्यापी कमाई पनि २... मंगलबार, असार ३, २०८२
ताजा समाचारसबै
टेक्सासमा बाढीको कहर : ७८ जनाको मृत्यु, ४१ जना बेपत्ता सोमबार, असार २३, २०८२
चिकित्सक संघले रोक्यो अस्पतालमा आकस्मिक बाहेकका सेवा सोमबार, असार २३, २०८२
पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान सोमबार, असार २३, २०८२
काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्