• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

त्यसपछि पूरा भएन प्राकृतिक रूपमा बच्चा जन्माउने सिर्जनाको इच्छा

‘चिकित्सकले कागजमा हस्ताक्षर गराए- बच्चालाई केही भए हाम्रो जिम्मा छैन’
64x64
पुष्पा थपलिया शनिबार, माघ २४, २०७७  ०६:०६
1140x725

काठमाडौ- ‘बच्चा त आफ्नो ‘क्रियसन’ हो नि! आफ्नो सिर्जना आँखा अगाडि हुँदा कसलाई खुसी लाग्दैन र?,’ विवाह भएको एक वर्षमा नै आमा बनेकी रंगकर्मी सिर्जना सुब्बाको आवाजमा खुसी सुनियो।

नाटक तथा फिल्महरुमा आमा र श्रीमतीको भूमिका निर्वाह गरिसकेकी छन् सिर्जनाले। रंगमञ्च वा पर्दामा निभाएको भूमिका त अभिनय न हो। वास्तविक जीवनमा चाहिँ विवाहपछिको जिन्दगी र आमा बन्दाको अनुभव सिर्जनाका लागि कस्तो रह्यो त?

करिब तीन वर्षअघि सिर्जनाको विवाह पदम सुब्बासँग भयो। लामो समयको चिनजान भएकाले सुब्बासँगको विवाह खासै नौलो लागेन उनलाई। ‘मान्छेहरु विवाहलाई नयाँ जीवन भन्दारहेछन्, तर मलाई त केही नयाँ लागेन। पहिले अरुलाई सिंगल भन्ने हुन्थ्यो, विवाहपछि मिंगल भइएछ भन्ने भयो, फरक त्यत्ति हो,’ उनले भनिन्।

सिर्जनालाई बच्चा पहिलेदेखि नै मन पर्थ्यो। उनले भनिन्, ‘हरेक युवाले आफ्नो विवाहबारे सोचिहाल्छन्। तर मलाई चाहिँ विवाहभन्दा पहिला बच्चाको ख्याल आउँथ्यो।’

बच्चाको रहर त छँदै थियो, त्यसमाथि उमेर पनि दौडिरहेकै थियो। विवाह कहिले गर्ने भनेर प्रश्न उठ्न थालेको लामो समयपछि मात्रै उनले विवाह गरेकी थिइन्।

‘मलाई अरुको बच्चा त मन पर्थ्यो नै, झन आफ्नो बच्चा त आफ्नै क्रियसन, कस्तो गज्जब,’ सिर्जना उत्साहित भइन्, ‘कसैलाई बच्चा जन्माउनु सामान्य र प्राकृतिक लागे पनि मेरो लागि यो ठूलो अवसर हो।’

रहरले आमा बनिन् तर आमा बन्न निकै सकस हुने अनुभव सुनाइन् सिर्जनाले। 

Ncell 2
Ncell 2
nimb
nimb

उनको रहर प्राकृतिक रुपमा बच्चालाई जन्म दिने थियो। त्यही अनुसार उनले आफ्नो ख्याल राखेकी थिइन्। रहरले जन्मिएको बच्चा भएकाले सिर्जनादम्पतीले राम्रो चिकित्सक रोजे। अस्पताल पनि महँगो नै खोजे। एक जना चिकित्सकको मात्रै भर नलागेर दुई जना चिकित्सकसँग रिपोर्ट 'क्रस चेक' गराए।

नर्भिक अस्पतालमा बच्चा जन्माउने भए उनीहरुले। जति नै समय अस्पताल बस्नुपरे पनि, जति नै पैसा तिर्नुपरे पनि प्राकृतिक रुपमै बच्चा जन्माउने सिर्जनाको रहर थियो। तर अन्तिम समयमा चिकित्सकले डर देखाइदिए– बच्चाको मुटुको धड्कन कम हुँदै गएको छ, अपरेसन नगरे जे पनि हुनसक्छ।

सिर्जनाले अझै अडान लिइन्- बच्चा त नर्मल नै जन्माउने हो। जन्म र मृत्यु हामीले सोचेर र योजना बनाएर हुँदैन, यो त प्रकृतिलाई छाडिदिने कुरा हो। 

तर, चिकित्सकले कागजमा हस्ताक्षर गर्न लगाए- 'बच्चालाई केही भए हाम्रो जिम्मा छैन।' बच्चाको ज्यानकै कुरा आएपछि हस्ताक्षर गर्न मनले मानेन र उनी अपरेसनबाट बच्चा जन्माउन राजी भइन्।

लामो श्वास फेर्दै सिर्जनाले भनिन्, ‘मैले बच्चा जन्माउने क्रममा बनाएका सबै योजना पूरा भए, अपरेसन बाहेक।’ उनलाई बच्चाको जन्मने अधिकार प्रकृतिलाई नै छाडिदिने मन थियो। हाम्रो सिस्टम नै यस्तो हो वा साँच्चै अपरेसनको विकल्प नभएको हो, उनले अहिलेसम्म ठम्याउन सकेकी छैनन्।  

गर्भ बसेको केही समयदेखि नै परिवारले गर्भवतीका धेरै कुरा बुझिदिनुपर्ने उनको सुझाव छ। भनिन्, ‘मलाई त्यो समयमा हाम्रा गाउँमा महिला दिदीबहिनीको खुबै ख्याल आयो। त्यो समयमा के खान मन लाग्छ, के खान मन लाग्दैन भन्नेजस्ता कुरा परिवारले नबुझेर कति गाह्रो भयो होला।’ 

सिर्जना अनुभव सुनाउँछिन्, ‘गर्भावस्थामा मुड स्विङ हुने र रुन मन लाग्ने। छेउमा बसेकाले नरुनु न भन्थे तर मन लागेर रोएको के रोकिन्थ्यो र।’ यस्तो तीन महिनासम्म भएको उनले बताइन्। 

पहिले शरीर घटाउन उनलाई भोक नलागे पनि हुने जस्तो लाग्थ्यो। तर बच्चा पेटमा आउँदा मात्रै उनले भोक नलाग्दाको पीडा अनुभव गरिन्। भनिन्, ‘भोक लाग्नु त भाग्यको कुरा रहेछ। बरु खाना खान मन लागे मनलाई कन्ट्रोल गरौंला, तर भोक भने मज्जासँग लागोस्।’

विस्तारै उनले जिम जोइन गरिन्। गर्भवती महिलाका लागि तयार पारिएको रामदेवको योगा गरिन्। ध्यान गर्न ओशो तपोबन गइन्। बच्चा स्वस्थ्य जन्माउन एउटी आमाले गर्नुपर्ने हरेक काम गरिन् उनले। 

त्यो समयमा उनलाई रङसँग एलर्जी भयो। खाना त झन् पटक्कै नरुच्ने। भनिन्, ‘तारेको, भुटेको खानेकुरा देख्यो कि वाक्क आउने भएको थियो।’ बेसारको रङ, तेल तैरिएको समेत देख्न मन नलाग्ने भएको बताउँदै उनले भनिन्, ‘रातो रङसँग त दुस्मनी नै भएको थियो।’ 

बच्चा पेटमा आएपछि खाना खान मन नलागेर धेरै सुन्तला खाइन् उनले। त्यही कारण बच्चा जन्मिने बित्तिकै निमोनिया भयो। खोकी लागेर हैरान बनायो। अपरेसन गरेको शरीरमा खोकी लाग्दा शिथिल नै बनायो उनलाई। 

जब बच्चा पेटबाट निकालेर नर्सले देखाए, आफ्नो क्रियसन पहिलोपल्ट देखिन् सिर्जनाले। पहिलोपल्ट बच्चाको अनुहार देख्दा कस्तो लाग्यो त? उनले भनिन्, ‘लामो समयदेखि देखिरहेको, चिनिरहेको जस्तो लाग्यो नि।’ 
 
बच्चालाई पहिलो पल्ट हेर्दा उसको सबै अंग ठिक छ कि छैन भनेर हेरेको उनले सुनाइन्। ‘सबै ठिक छ भन्ने भएपछि ढुक्क भएर आँखा चिम्लिएँ,’ उनले हाँस्दै भनिन्। 

बच्चा जन्मिएको २० दिनमै उनका श्रीमानको विदेश नगई नहुने भयो। माइती पनि टाढा। अपरेसन गरेकाले लामो यात्रा गर्न पनि मिलेन। उनलाई सुत्केरी अवस्थामा दिदीबहिनीले निकै सहयोग गरे।

बच्चा जन्मिएपछि उनलाई माइतीघरको याद निकै आयो। भनिन्, ‘यस्तो समयमा माइती नजिक भएको भए हुन्थ्यो जस्तो लाग्ने रहेछ।’ 

लकडाउनले गर्दा बच्चा हुर्काउन केही हदसम्म सजिलो भएको पनि उनले बताइन्। भनिन्, ‘अरुलाई लकडाउनले घाटा भयो होला, तर मलाई त निकै फाइदा भयो।’ उनको विचारमा बच्चा आमाको आँखा अगाडि भएमात्रै पनि स्वस्थ हुन्छन्। आफ्नो उदाहरण दिँदै सिर्जनाले भनिन्, ‘म आमाको आँखा अगाडि हुर्कन पाएकाले नै यत्तिको स्वस्थ्य भएको होला जस्तो लाग्छ।’

उनले आफ्नो प्रिग्नेन्सी फोटो सुट पनि सम्झिइन्। त्यो समयमा मानिसले गरेको आलोचना पनि याद आयो उनलाई। ‘मेरो रहरले गरेकी थिएँ, भन्नेले भन्दै गरोस् ड्याम केयर भन्ने सोचेर नै म कस्सिएकी थिएँ,’ उनले भनिन्, ‘सबै महिलालाई आफू आमा बन्न लाग्दाको मेमोरी क्याच गर्न रहर हुन्छ होला जस्तो लाग्छ र त्यो अचेल देखिन पनि थालेको छ।’  

उनले गर्भवती भएकै अवस्थामा नाटक पनि गरिन्। जसको चर्चा आजसम्म पनि चलिरहन्छ। उनले भनिन्, ‘म गर्भावास्थामा पनि मेरो काममा सक्रिय थिएँ। यसले समाजमा केही हदसम्म राम्रो छाप छोड्यो होला भन्ने लाग्छ।’

सिर्जनाले बच्चा जन्मिएपछि र नजन्मिँदाको मन्डला यात्रामा आकाश र पातालको फरक भएको बताइन्। भनिन्, ‘अहिले त आफ्ना लागि टाइम दिनै पाइँदैन। राखेको सामान ठिक ठाउँमा हुँदैन। बच्चाले खायो कि खाएन, लडेर चोट लाग्यो कि, रोयो कि, निकै सम्झियो कि भन्ने लागिरहन्छ।’

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  ०६:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्