• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ४, २०८२ Fri, Dec 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

त्यसपछि पूरा भएन प्राकृतिक रूपमा बच्चा जन्माउने सिर्जनाको इच्छा

‘चिकित्सकले कागजमा हस्ताक्षर गराए- बच्चालाई केही भए हाम्रो जिम्मा छैन’
64x64
पुष्पा थपलिया शनिबार, माघ २४, २०७७  ०६:०६
1140x725

काठमाडौ- ‘बच्चा त आफ्नो ‘क्रियसन’ हो नि! आफ्नो सिर्जना आँखा अगाडि हुँदा कसलाई खुसी लाग्दैन र?,’ विवाह भएको एक वर्षमा नै आमा बनेकी रंगकर्मी सिर्जना सुब्बाको आवाजमा खुसी सुनियो।

नाटक तथा फिल्महरुमा आमा र श्रीमतीको भूमिका निर्वाह गरिसकेकी छन् सिर्जनाले। रंगमञ्च वा पर्दामा निभाएको भूमिका त अभिनय न हो। वास्तविक जीवनमा चाहिँ विवाहपछिको जिन्दगी र आमा बन्दाको अनुभव सिर्जनाका लागि कस्तो रह्यो त?

करिब तीन वर्षअघि सिर्जनाको विवाह पदम सुब्बासँग भयो। लामो समयको चिनजान भएकाले सुब्बासँगको विवाह खासै नौलो लागेन उनलाई। ‘मान्छेहरु विवाहलाई नयाँ जीवन भन्दारहेछन्, तर मलाई त केही नयाँ लागेन। पहिले अरुलाई सिंगल भन्ने हुन्थ्यो, विवाहपछि मिंगल भइएछ भन्ने भयो, फरक त्यत्ति हो,’ उनले भनिन्।

सिर्जनालाई बच्चा पहिलेदेखि नै मन पर्थ्यो। उनले भनिन्, ‘हरेक युवाले आफ्नो विवाहबारे सोचिहाल्छन्। तर मलाई चाहिँ विवाहभन्दा पहिला बच्चाको ख्याल आउँथ्यो।’

बच्चाको रहर त छँदै थियो, त्यसमाथि उमेर पनि दौडिरहेकै थियो। विवाह कहिले गर्ने भनेर प्रश्न उठ्न थालेको लामो समयपछि मात्रै उनले विवाह गरेकी थिइन्।

‘मलाई अरुको बच्चा त मन पर्थ्यो नै, झन आफ्नो बच्चा त आफ्नै क्रियसन, कस्तो गज्जब,’ सिर्जना उत्साहित भइन्, ‘कसैलाई बच्चा जन्माउनु सामान्य र प्राकृतिक लागे पनि मेरो लागि यो ठूलो अवसर हो।’

रहरले आमा बनिन् तर आमा बन्न निकै सकस हुने अनुभव सुनाइन् सिर्जनाले। 

Ncell 2
Ncell 2

उनको रहर प्राकृतिक रुपमा बच्चालाई जन्म दिने थियो। त्यही अनुसार उनले आफ्नो ख्याल राखेकी थिइन्। रहरले जन्मिएको बच्चा भएकाले सिर्जनादम्पतीले राम्रो चिकित्सक रोजे। अस्पताल पनि महँगो नै खोजे। एक जना चिकित्सकको मात्रै भर नलागेर दुई जना चिकित्सकसँग रिपोर्ट 'क्रस चेक' गराए।

नर्भिक अस्पतालमा बच्चा जन्माउने भए उनीहरुले। जति नै समय अस्पताल बस्नुपरे पनि, जति नै पैसा तिर्नुपरे पनि प्राकृतिक रुपमै बच्चा जन्माउने सिर्जनाको रहर थियो। तर अन्तिम समयमा चिकित्सकले डर देखाइदिए– बच्चाको मुटुको धड्कन कम हुँदै गएको छ, अपरेसन नगरे जे पनि हुनसक्छ।

सिर्जनाले अझै अडान लिइन्- बच्चा त नर्मल नै जन्माउने हो। जन्म र मृत्यु हामीले सोचेर र योजना बनाएर हुँदैन, यो त प्रकृतिलाई छाडिदिने कुरा हो। 

तर, चिकित्सकले कागजमा हस्ताक्षर गर्न लगाए- 'बच्चालाई केही भए हाम्रो जिम्मा छैन।' बच्चाको ज्यानकै कुरा आएपछि हस्ताक्षर गर्न मनले मानेन र उनी अपरेसनबाट बच्चा जन्माउन राजी भइन्।

लामो श्वास फेर्दै सिर्जनाले भनिन्, ‘मैले बच्चा जन्माउने क्रममा बनाएका सबै योजना पूरा भए, अपरेसन बाहेक।’ उनलाई बच्चाको जन्मने अधिकार प्रकृतिलाई नै छाडिदिने मन थियो। हाम्रो सिस्टम नै यस्तो हो वा साँच्चै अपरेसनको विकल्प नभएको हो, उनले अहिलेसम्म ठम्याउन सकेकी छैनन्।  

गर्भ बसेको केही समयदेखि नै परिवारले गर्भवतीका धेरै कुरा बुझिदिनुपर्ने उनको सुझाव छ। भनिन्, ‘मलाई त्यो समयमा हाम्रा गाउँमा महिला दिदीबहिनीको खुबै ख्याल आयो। त्यो समयमा के खान मन लाग्छ, के खान मन लाग्दैन भन्नेजस्ता कुरा परिवारले नबुझेर कति गाह्रो भयो होला।’ 

सिर्जना अनुभव सुनाउँछिन्, ‘गर्भावस्थामा मुड स्विङ हुने र रुन मन लाग्ने। छेउमा बसेकाले नरुनु न भन्थे तर मन लागेर रोएको के रोकिन्थ्यो र।’ यस्तो तीन महिनासम्म भएको उनले बताइन्। 

पहिले शरीर घटाउन उनलाई भोक नलागे पनि हुने जस्तो लाग्थ्यो। तर बच्चा पेटमा आउँदा मात्रै उनले भोक नलाग्दाको पीडा अनुभव गरिन्। भनिन्, ‘भोक लाग्नु त भाग्यको कुरा रहेछ। बरु खाना खान मन लागे मनलाई कन्ट्रोल गरौंला, तर भोक भने मज्जासँग लागोस्।’

विस्तारै उनले जिम जोइन गरिन्। गर्भवती महिलाका लागि तयार पारिएको रामदेवको योगा गरिन्। ध्यान गर्न ओशो तपोबन गइन्। बच्चा स्वस्थ्य जन्माउन एउटी आमाले गर्नुपर्ने हरेक काम गरिन् उनले। 

त्यो समयमा उनलाई रङसँग एलर्जी भयो। खाना त झन् पटक्कै नरुच्ने। भनिन्, ‘तारेको, भुटेको खानेकुरा देख्यो कि वाक्क आउने भएको थियो।’ बेसारको रङ, तेल तैरिएको समेत देख्न मन नलाग्ने भएको बताउँदै उनले भनिन्, ‘रातो रङसँग त दुस्मनी नै भएको थियो।’ 

बच्चा पेटमा आएपछि खाना खान मन नलागेर धेरै सुन्तला खाइन् उनले। त्यही कारण बच्चा जन्मिने बित्तिकै निमोनिया भयो। खोकी लागेर हैरान बनायो। अपरेसन गरेको शरीरमा खोकी लाग्दा शिथिल नै बनायो उनलाई। 

जब बच्चा पेटबाट निकालेर नर्सले देखाए, आफ्नो क्रियसन पहिलोपल्ट देखिन् सिर्जनाले। पहिलोपल्ट बच्चाको अनुहार देख्दा कस्तो लाग्यो त? उनले भनिन्, ‘लामो समयदेखि देखिरहेको, चिनिरहेको जस्तो लाग्यो नि।’ 
 
बच्चालाई पहिलो पल्ट हेर्दा उसको सबै अंग ठिक छ कि छैन भनेर हेरेको उनले सुनाइन्। ‘सबै ठिक छ भन्ने भएपछि ढुक्क भएर आँखा चिम्लिएँ,’ उनले हाँस्दै भनिन्। 

बच्चा जन्मिएको २० दिनमै उनका श्रीमानको विदेश नगई नहुने भयो। माइती पनि टाढा। अपरेसन गरेकाले लामो यात्रा गर्न पनि मिलेन। उनलाई सुत्केरी अवस्थामा दिदीबहिनीले निकै सहयोग गरे।

बच्चा जन्मिएपछि उनलाई माइतीघरको याद निकै आयो। भनिन्, ‘यस्तो समयमा माइती नजिक भएको भए हुन्थ्यो जस्तो लाग्ने रहेछ।’ 

लकडाउनले गर्दा बच्चा हुर्काउन केही हदसम्म सजिलो भएको पनि उनले बताइन्। भनिन्, ‘अरुलाई लकडाउनले घाटा भयो होला, तर मलाई त निकै फाइदा भयो।’ उनको विचारमा बच्चा आमाको आँखा अगाडि भएमात्रै पनि स्वस्थ हुन्छन्। आफ्नो उदाहरण दिँदै सिर्जनाले भनिन्, ‘म आमाको आँखा अगाडि हुर्कन पाएकाले नै यत्तिको स्वस्थ्य भएको होला जस्तो लाग्छ।’

उनले आफ्नो प्रिग्नेन्सी फोटो सुट पनि सम्झिइन्। त्यो समयमा मानिसले गरेको आलोचना पनि याद आयो उनलाई। ‘मेरो रहरले गरेकी थिएँ, भन्नेले भन्दै गरोस् ड्याम केयर भन्ने सोचेर नै म कस्सिएकी थिएँ,’ उनले भनिन्, ‘सबै महिलालाई आफू आमा बन्न लाग्दाको मेमोरी क्याच गर्न रहर हुन्छ होला जस्तो लाग्छ र त्यो अचेल देखिन पनि थालेको छ।’  

उनले गर्भवती भएकै अवस्थामा नाटक पनि गरिन्। जसको चर्चा आजसम्म पनि चलिरहन्छ। उनले भनिन्, ‘म गर्भावास्थामा पनि मेरो काममा सक्रिय थिएँ। यसले समाजमा केही हदसम्म राम्रो छाप छोड्यो होला भन्ने लाग्छ।’

सिर्जनाले बच्चा जन्मिएपछि र नजन्मिँदाको मन्डला यात्रामा आकाश र पातालको फरक भएको बताइन्। भनिन्, ‘अहिले त आफ्ना लागि टाइम दिनै पाइँदैन। राखेको सामान ठिक ठाउँमा हुँदैन। बच्चाले खायो कि खाएन, लडेर चोट लाग्यो कि, रोयो कि, निकै सम्झियो कि भन्ने लागिरहन्छ।’

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  ०६:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम शुक्रबार, पुस ४, २०८२
प्रचण्डलाई ‘नाम’ र माधवलाई ‘पार्टी’ घाँडो भएको थियो, एकताको नाटक गरे : ओली बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
जाँचबुझ आयोगको म्याद एक महिना थप बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्