• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निर्वाचन आयोगले एउटा पक्षलाई मात्रै हेरेर निर्णय दियो : लिलामणि पोखरेल

64x64
नेपाल लाइभ मंगलबार, माघ १३, २०७७  १९:५५
1140x725

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई खेमामा विभाजित छ। एक समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्वमा पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपालले गरेका छन्। आफ्नो पक्ष नै आधिकारिक भएको भन्दै दुवै पक्षले निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्न विभिन्न समयमा निर्वाचन आयोगमा पत्र पठाएका थिए। ती पत्रका आधारमा आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार गत आइतबार दुवै पक्षको दाबीलाई अस्वीकार गर्ने निर्णय गरेको छ। 

नेकपा विभाजन नभएको र अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ यथावत् नै रहने निर्वाचन आयोगले निर्णय गरी दुवै पक्षलाई जानकारी गराएको छ। नेकपाका दुवै पक्षले छुट्टाछुट्टै रूपमा पुस ५ गतेयता गरेका सबै निर्णय आयोगले एकमुष्ठ रूपमा खारेजसमेत गरेको छ।

निर्वाचन आयोगको यो निर्णयलाई प्रचण्ड-माधव पक्षले कसरी लिएको छ? अबको गन्तव्य के हुन्छ र कसरी तय हुन्छ भन्ने विषयमा प्रचण्ड-माधव पक्षका नेता लिलामणि पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश:-

नेकपाका विषयमा निर्वाचन आयोगले गरेको निर्णयबारे तपाईंहरूको पक्षको आधिकारिक धारणा के हो? के आयोगको निर्णय मानेर जाने स्थिति छ? 
निर्वाचन आयोगले नेकपाका ४४१ केन्द्रीय सदस्यलाई वैधानिकता दिइसकेको छ। ४४१ जना वैधानिक केन्द्रीय सदस्य भएपछि यो संख्याको बहुमतले गरेको निर्णयलाई नै आधिकारिकता दिनुपर्ने हो। बहुमत सदस्यको निर्णयलाई वैधानिक नगर्ने निर्वाचन आयोगले कुरा उपयुक्त होइन।

आयोगले ओली पक्षले थपेका केन्द्रीय सदस्यलाई मान्यता दिएन। ४४१ जनाको बहुमत कता छ भन्ने कुरामा प्रष्टै छ। पुस ७ गतेको केन्द्रीय कमिटी बैठकमा ४४१ जनामध्ये बहुमत हाम्रो (प्रचण्ड-माधव) पक्षमा छ।

प्रतिनिधि सभा विघटन हुनुअघि पुस १ गतेको स्थायी कमिटी बैठक दुवै अध्यक्षको सहमतिमा महासचिवले बोलाएका थिए। पुस ५ गतेको स्थायी कमिटी बैठक त्यसैको निरन्तरता हो। त्यो बैठकले पुस १५ गतेका लागि निर्धारण गरिएको केन्द्रीय कमिटी बैठकलाई अघि सारेर पुस ७ गते बस्ने निर्णय गर्‍यो। त्यो मिति तोकिसकेपछि अध्यक्षले अर्को आदेश दिनु त पर्दैन। किनभने बैठकमा आइसकेपछि महासचिव पनि बैठकको एउटा सदस्य हो, अध्यक्ष पनि एउटा सदस्य मात्रै हो।

त्यसपछि पुस ७ को केन्द्रीय कमिटी बैठक भयो। बैठकमा 'को आयो/को आएन' भन्ने भन्दापनि कोरम पुग्यो कि पुगेन भन्ने हुन्छ। बैठकको कोराम पुग्यो। कोरोम पुग्ने क्रममा बिरामी भएर अर्को अध्यक्ष आएनछन् रे! के बिग्रियो र? बिरामी भएर अध्यक्ष ओली आएनन् भन्ने बुझ्दा पनि भयो। पुस ७ मा कोरम पुगेको बैठकले निर्णय गर्‍यो। ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई राख्ने निर्णय भयो। यो आधिकारिक निर्णय नै केन्द्रीय कमिटीको निर्णय हो।

यो पृष्ठभूमिमा निर्वाचन आयोग प्रवेशै गरेन। आयोगले मुख्य विषयवस्तु र पृष्ठभूमिमा प्रवेशै नगरी ५ गते पछाडि भएका सबै निर्णय अमान्य भनिदियो। दुई अध्यक्षले निर्णय प्रमाणित नगरेको विषयलाई मात्र आयोगले आधार बनाएको छ। दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक पनि बोलाएको छैन भन्ने उसको तर्क छ। आयोगले विधि अनुसार मिलेन भनेको छ। तर, केन्द्रीय कमिटी ४४१ सदस्य 'रेर्कडेड' भनिदियो। त्यसैले ४४१ जना केन्द्रीय कमिटी बनिसकेपछि बहुमतले गरेको निर्णय वैधानिक हुन्छ। वैधानिक पार्टी भनेको नेकपा नै हो। निर्वाचन चिन्ह र झण्डा हाम्रै हुन्छ।

Ncell 2
Ncell 2

निर्वाचन आयोगले गरेको त्यो निर्णयलाई सत्ताको दबाबमा गरेको भन्न मिल्छ?
निर्वाचन आयोग सत्ताको दबाबमा पर्यो‍ कि परेन भन्ने उसकै कुरा हो। आयोगले एउटा पक्षलाई मात्रै हेरेर र अर्को पक्षलाई हेर्दै नहेरी निर्णय दियो। एकपक्षीय रूपमा आयोगले निर्णय गरेकाले आयोगप्रति प्रश्न चिन्ह खडा गरिदियो। त्यो पाटोमा किन निर्वाचन आयोग प्रवेश गरेन?

आयोगले गरेका कामले के परिणाम दिन्छ? के म्यासेज दिन्छ? भन्ने कुरा नै प्रमुख कुरा हो। अर्को कुरा निर्वाचन आयोग दुई वटा काम गर्छ। एउटा निर्वाचन प्रयोजनका निम्ति दल दर्ता गर्छ। अर्को दलहरुको विभाजन भए विवाद निरुपण गर्छ। दोस्रो निर्वाचन गराउँछ।

आयोगले दलहरुबीचको विवाद, द्वन्द्व वा कुनै समस्या आएमा त्यसको निरुपण दिन सकिन। त्यसको निर्णय गर्न सक्दिनँ भन्न मिल्दैन। जुनसुकै अवस्था आएपनि त्यसको निरुपण गर्नैपर्छ। 

त्यसो भए आयोगले एकपक्षीय निर्णय गर्‍यो। अब तपाईंहरू के गर्नुहुन्छ?   
त्यस विषयमा हामीले परामर्श गर्दैछौँ। के हुन् उपायहरू? निर्वाचन आयोगले पुनः त्यस विषयमा प्रवेश गर्न मिल्छ कि मिल्दैन? त्यसपछि उसले राजनीतिक दलसम्बन्धी ऐन २०७३ दफा ५१ अन्तर्गतका विवरण जानकारी दिने प्रयोजनको फारम भर्न लगाएको थियो।

फेरि दफा ४४ अन्तर्गत विवाद निरुपणको विषयमा व्यवस्था गरेको छ। दुवै पक्षलाई बोलाएर विवाद निरुपण गर्न सक्ने व्यवस्था पनि छ। विवाद निरुपण गर्ने विषयमा दफा ४३ अनुसार विवाद निरुपण गर्ने काम अघि बढाउन सक्छ। त्यो दल विभाजन भइसकेपछि सम्बन्धित पक्षहरूको दाबीको कुरा आउला। हामी आधिकारिक पक्ष भएकाले फुट्यौँ भन्नुपर्ने अवस्था छैन। चुनाव चिन्ह हामीलाई नै देऊ भन्न हामी निर्वाचन आयोगमा निवेदन दिन गएको पनि होइन। हामी बहुमतमा भएकाले स्वतःसिद्ध आधिकारिकता पाउनुपर्छ।

यो पनि पढ्नुहोस्

यस्तो छ निर्वाचन आयोगले नेकपाको दुवै पक्षलाई पठाएको पत्रमंगलबार, माघ १३, २०७७

 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १९:५५
  • #नेकपाविभाजन
  • #लिलामणिपोखरेल
  • #निर्वाचनआयोग

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित)
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी
सम्बन्धित सामग्री
महावीर पुनलाई त्रिभुज चुनाव चिह्न प्रदान मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार उपस्थित भई पुनले उपलब्ध गराइएका विकल्पमध्येबाट उक्त चिह्न छनोट गरेका थिए। शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित) बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश आर्यालले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनि... शुक्रबार, माघ ९, २०८२
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन २१ गतेको न... शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
महावीर पुनलाई त्रिभुज चुनाव चिह्न प्रदान शुक्रबार, माघ ९, २०८२
राष्ट्रियसभामा तीन अध्यादेश पेस शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित) शुक्रबार, माघ ९, २०८२
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय शुक्रबार, माघ ९, २०८२
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्