• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निर्वाचन आयोगले एउटा पक्षलाई मात्रै हेरेर निर्णय दियो : लिलामणि पोखरेल

64x64
नेपाल लाइभ मंगलबार, माघ १३, २०७७  १९:५५
1140x725

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई खेमामा विभाजित छ। एक समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्वमा पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपालले गरेका छन्। आफ्नो पक्ष नै आधिकारिक भएको भन्दै दुवै पक्षले निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्न विभिन्न समयमा निर्वाचन आयोगमा पत्र पठाएका थिए। ती पत्रका आधारमा आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार गत आइतबार दुवै पक्षको दाबीलाई अस्वीकार गर्ने निर्णय गरेको छ। 

नेकपा विभाजन नभएको र अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ यथावत् नै रहने निर्वाचन आयोगले निर्णय गरी दुवै पक्षलाई जानकारी गराएको छ। नेकपाका दुवै पक्षले छुट्टाछुट्टै रूपमा पुस ५ गतेयता गरेका सबै निर्णय आयोगले एकमुष्ठ रूपमा खारेजसमेत गरेको छ।

निर्वाचन आयोगको यो निर्णयलाई प्रचण्ड-माधव पक्षले कसरी लिएको छ? अबको गन्तव्य के हुन्छ र कसरी तय हुन्छ भन्ने विषयमा प्रचण्ड-माधव पक्षका नेता लिलामणि पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश:-

नेकपाका विषयमा निर्वाचन आयोगले गरेको निर्णयबारे तपाईंहरूको पक्षको आधिकारिक धारणा के हो? के आयोगको निर्णय मानेर जाने स्थिति छ? 
निर्वाचन आयोगले नेकपाका ४४१ केन्द्रीय सदस्यलाई वैधानिकता दिइसकेको छ। ४४१ जना वैधानिक केन्द्रीय सदस्य भएपछि यो संख्याको बहुमतले गरेको निर्णयलाई नै आधिकारिकता दिनुपर्ने हो। बहुमत सदस्यको निर्णयलाई वैधानिक नगर्ने निर्वाचन आयोगले कुरा उपयुक्त होइन।

आयोगले ओली पक्षले थपेका केन्द्रीय सदस्यलाई मान्यता दिएन। ४४१ जनाको बहुमत कता छ भन्ने कुरामा प्रष्टै छ। पुस ७ गतेको केन्द्रीय कमिटी बैठकमा ४४१ जनामध्ये बहुमत हाम्रो (प्रचण्ड-माधव) पक्षमा छ।

प्रतिनिधि सभा विघटन हुनुअघि पुस १ गतेको स्थायी कमिटी बैठक दुवै अध्यक्षको सहमतिमा महासचिवले बोलाएका थिए। पुस ५ गतेको स्थायी कमिटी बैठक त्यसैको निरन्तरता हो। त्यो बैठकले पुस १५ गतेका लागि निर्धारण गरिएको केन्द्रीय कमिटी बैठकलाई अघि सारेर पुस ७ गते बस्ने निर्णय गर्‍यो। त्यो मिति तोकिसकेपछि अध्यक्षले अर्को आदेश दिनु त पर्दैन। किनभने बैठकमा आइसकेपछि महासचिव पनि बैठकको एउटा सदस्य हो, अध्यक्ष पनि एउटा सदस्य मात्रै हो।

त्यसपछि पुस ७ को केन्द्रीय कमिटी बैठक भयो। बैठकमा 'को आयो/को आएन' भन्ने भन्दापनि कोरम पुग्यो कि पुगेन भन्ने हुन्छ। बैठकको कोराम पुग्यो। कोरोम पुग्ने क्रममा बिरामी भएर अर्को अध्यक्ष आएनछन् रे! के बिग्रियो र? बिरामी भएर अध्यक्ष ओली आएनन् भन्ने बुझ्दा पनि भयो। पुस ७ मा कोरम पुगेको बैठकले निर्णय गर्‍यो। ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई राख्ने निर्णय भयो। यो आधिकारिक निर्णय नै केन्द्रीय कमिटीको निर्णय हो।

यो पृष्ठभूमिमा निर्वाचन आयोग प्रवेशै गरेन। आयोगले मुख्य विषयवस्तु र पृष्ठभूमिमा प्रवेशै नगरी ५ गते पछाडि भएका सबै निर्णय अमान्य भनिदियो। दुई अध्यक्षले निर्णय प्रमाणित नगरेको विषयलाई मात्र आयोगले आधार बनाएको छ। दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक पनि बोलाएको छैन भन्ने उसको तर्क छ। आयोगले विधि अनुसार मिलेन भनेको छ। तर, केन्द्रीय कमिटी ४४१ सदस्य 'रेर्कडेड' भनिदियो। त्यसैले ४४१ जना केन्द्रीय कमिटी बनिसकेपछि बहुमतले गरेको निर्णय वैधानिक हुन्छ। वैधानिक पार्टी भनेको नेकपा नै हो। निर्वाचन चिन्ह र झण्डा हाम्रै हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

निर्वाचन आयोगले गरेको त्यो निर्णयलाई सत्ताको दबाबमा गरेको भन्न मिल्छ?
निर्वाचन आयोग सत्ताको दबाबमा पर्यो‍ कि परेन भन्ने उसकै कुरा हो। आयोगले एउटा पक्षलाई मात्रै हेरेर र अर्को पक्षलाई हेर्दै नहेरी निर्णय दियो। एकपक्षीय रूपमा आयोगले निर्णय गरेकाले आयोगप्रति प्रश्न चिन्ह खडा गरिदियो। त्यो पाटोमा किन निर्वाचन आयोग प्रवेश गरेन?

आयोगले गरेका कामले के परिणाम दिन्छ? के म्यासेज दिन्छ? भन्ने कुरा नै प्रमुख कुरा हो। अर्को कुरा निर्वाचन आयोग दुई वटा काम गर्छ। एउटा निर्वाचन प्रयोजनका निम्ति दल दर्ता गर्छ। अर्को दलहरुको विभाजन भए विवाद निरुपण गर्छ। दोस्रो निर्वाचन गराउँछ।

आयोगले दलहरुबीचको विवाद, द्वन्द्व वा कुनै समस्या आएमा त्यसको निरुपण दिन सकिन। त्यसको निर्णय गर्न सक्दिनँ भन्न मिल्दैन। जुनसुकै अवस्था आएपनि त्यसको निरुपण गर्नैपर्छ। 

त्यसो भए आयोगले एकपक्षीय निर्णय गर्‍यो। अब तपाईंहरू के गर्नुहुन्छ?   
त्यस विषयमा हामीले परामर्श गर्दैछौँ। के हुन् उपायहरू? निर्वाचन आयोगले पुनः त्यस विषयमा प्रवेश गर्न मिल्छ कि मिल्दैन? त्यसपछि उसले राजनीतिक दलसम्बन्धी ऐन २०७३ दफा ५१ अन्तर्गतका विवरण जानकारी दिने प्रयोजनको फारम भर्न लगाएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फेरि दफा ४४ अन्तर्गत विवाद निरुपणको विषयमा व्यवस्था गरेको छ। दुवै पक्षलाई बोलाएर विवाद निरुपण गर्न सक्ने व्यवस्था पनि छ। विवाद निरुपण गर्ने विषयमा दफा ४३ अनुसार विवाद निरुपण गर्ने काम अघि बढाउन सक्छ। त्यो दल विभाजन भइसकेपछि सम्बन्धित पक्षहरूको दाबीको कुरा आउला। हामी आधिकारिक पक्ष भएकाले फुट्यौँ भन्नुपर्ने अवस्था छैन। चुनाव चिन्ह हामीलाई नै देऊ भन्न हामी निर्वाचन आयोगमा निवेदन दिन गएको पनि होइन। हामी बहुमतमा भएकाले स्वतःसिद्ध आधिकारिकता पाउनुपर्छ।

यो पनि पढ्नुहोस्

यस्तो छ निर्वाचन आयोगले नेकपाको दुवै पक्षलाई पठाएको पत्रमंगलबार, माघ १३, २०७७

 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १९:५५
  • #नेकपाविभाजन
  • #लिलामणिपोखरेल
  • #निर्वाचनआयोग

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय प्रधानमन्त्री शाह मंसिर ७ गते नयाँदिल्ली पुग्ने परराष्ट्र मन्त्रालय सम्बद्घ सूत्रले नेपाललाइभलाई बुधवार जानकारी दिएकाे छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्