• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रघुजी पन्तलाई प्रश्न- नागरिक आन्दोलनमा किन जानुभयो?

64x64
नेपाल लाइभ मंगलबार, माघ १३, २०७७  १४:४१
1140x725
नागरिक आन्दोलनमा सहभागी नेकपा नेता रघुजी पन्त। तस्बिर : निमेषजंग राई

नेकपा (प्रचण्ड-माधव पक्ष) स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री रघुजी पन्त बृहत नागरिक आन्दोलनमा सहभागी भए।सोमबार बालुवाटारसम्ममा भएको प्रहरी दमनमा उनी समेत परे। उनीमाथि लाठी चार्ज भयो, पानीको फोहराले भिजायो।

नागरिक आन्दोलनमा पार्टीको नेताको सहभागितालाई लिएर सामाजिक सञ्जालमा प्रश्न समेत उठ्यो। उनी किन आन्दोलनमा गए?नेपाल लाइभले सोधेको प्रश्नमा पन्तको जवाफ  छन् : 

तपाईं नेकपाको स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री किन नागरिक आन्दोलनमा जानुभयो?
नागरिक आन्दोलनमा हिजो मात्रै होइन, २०६२/०६३ सालको जनआन्दोलनमा समेत सहभागी भएको थिएँ। हिजो पनि आफ्नै इच्छाले गएको हुँ। आयोजकले बोलाएर गएको होइन। म पेशाले पत्रकार र लेखक हुँ। एउटा सचेत नागरिक पनि हुँ। नेता मात्रै नभएरै पत्रकार, लेखक नागरिकको रुपमा पनि मेरो परिचय छ। त्यसैले नागरिक आन्दोलनमा व्यक्तिगत रूपमा आफ्नो ऐक्यबद्धता जनाउन गएको हुँ। मेरो आफ्नै इच्छाले गएको हुँ।

हिजोको आन्दोलनमा पछाडि थिएँ। मेरो राजनीतिक परिचय पनि छ भन्ने थाहा पाएरै आन्दोलनको पछाडि बसेको हुँ। उहाँहरूको भाषण पछाडि बसेर सुनिरहेको थिएँ। कार्यक्रम सकिएपछि गिरफ्तारी दिने भन्ने कुरा आयो। यहाँसम्म आइसकेपछि गिरफ्तारी दिनुपर्छ भनेर उहाँहरूले भनेपछि अगाडि बढ्यौं।

शान्तिपूर्ण तरिकाले गिरफ्तार गरेर लगिएला भन्ने ठानेको थिएँ। तर, प्रहरीका लाठी नागरिकहरूको टाउकोमाथि बज्रन थाले। मेरै अगाडि एक जना साथीलाई चार/पाँच लौरा टाउकामा हिर्काइएपछि घाइते हुनुभयो। उहाँ बेहोस भएर सडकमै लड्नुभयो। त्यो दृष्य कसरी हेरेर बस्नु? त्यो त रोक्नु पर्‍यो। मैले रोक्न खोज्दा मेरै हातमा लाठीले हिर्काइयो। हातमा थोरै चोट पनि लागेको छ। पछि पानीको फोहोरा हानेर तितरबितर बनाइयो।

Ncell 2
Ncell 2
nimb
nimb

सचेत नागरिकले यो आन्दोलनमा ऐक्यबद्धता जनाउनुपर्छ। त्यही चेतन ढंगले गएको हुँ। स्वभाविकै रुपमा मेरो चेतनाले घचघच्याएर मलाई त्यहाँसम्म पुर्‍याएको हो। उहाँहरुले आउनैपर्छ भनेर डाकेको पनि होइन। नागरिक आन्दोलनमा सबैलाई आह्वान गर्नु भएको थियो। जसलाई इच्छा लाग्छ, ती नागरिक पुगेका थिए। त्यहाँ जो पनि जान सक्थ्यो।

नागरिक आन्दोलनमा नगएर पार्टीकै बैठक वा आमसभामा गएको भए हुन्थ्यो भन्ने पनि छन् नि?
यो संकीर्णता हो। म त्यहाँ भाषण गर्न गएको होइन। म ऐक्यबद्धता जनाउन गएको हुँ। तर जसरी सरकारले क्रुरतापूर्वक अमानवीय दमन गर्‍यो, त्यो दमन देखेपछि, आफ्नै अगाडि लाठी खाएको, बेहास भएर लडेको देख्न सकिँदैन नि। त्यतिबेला स्वभाविकै रुपमा प्रहरीलाई त्यसो नगर भनेर कराउने काम गरियो। प्रतिरोध गरियो। त्यो स्वभाविकै कुरा हो। प्रत्येक नागरिकले गर्ने कुरा यही हो।

हिजो शान्तिपूर्ण रुपमा भइरहेको आन्दोलनमा जसरी प्रहरीले दमन गर्‍यो। त्यो आफैंमा अमानवीय र क्रुररतापूर्वक अलोकतान्त्रिक ढंगले दमन गरियो। सरकारले यस्ता क्रियाकलाप बन्द गर्नुपर्छ। मेरो व्यक्तिगत रुपमा आग्रह छ- संविधान र लोकतन्त्रमाथि हमला हुँदा देशभरीका नागरिक समाज जागरुप हुनुपर्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

काठमाडौका जुन नागरिक समाजका अगुवा छन्। कुनै नेता वा पार्टीका विशेषयका लागि आन्दोलनमा आएका होइनन्। उनीहरु संविधान रक्षाका निम्ति आएका हुन्। किनभने यो संविधान आउनुमा उहाँहरुको पनि योग्दान छ। उहाँहरु दोस्रो जनआन्दोलनमा पनि सामेल हुनु भएको थियो। दोस्रो जनआन्दोलनमा अगुवाइ गरेर संघर्ष गर्नुभएको थियो। त्यसकै बलमा संविधान आयो। अब अहिले संविधानको रक्षा गर्नुपर्ने छ। त्यसैले प्रत्येक चेतनशील नागरिक, चाहे त्यो कुनै पार्टीमा लागेको होस् वा नहोस्, यो बेला संविधानको रक्षाको लागि उभिने हो।

उहाँहरु कुनै दल विशेष वा नेता विशेषका लागि भन्दा पनि संविधानको रक्षाका लागि आन्दोलनमा आउनु भएको हो। संविधानको दायाँबायाँ नहोस् भनेरै सडकमा आउनुभएको हो।

अब हुने नागरिक आन्दोलनमा नियमित जानुहुन्छ?
फुर्सद मिलेसम्म जान्छु। फुर्संद भयो भने र इच्छा भयो नजाने कुरै हुँदैन, जान्छु। अरु थुप्रै बुद्धिजीवी, कलाकार, साहित्यकार हुनुहुन्छ। उहाँहरु जानुहुन्छ, आन्दोलन गर्नुहुन्छ। त्यो उहाँहरुको आन्दोलन हो, उहाँहरुले गर्नुहोला। उहाँहरुको कार्यक्रममा मैले त ऐक्यबद्धतता जनाउने हो। मेरो पनि समर्थन छ है भनेर देखाउने हो। त्यो ऐक्यबद्धता मैले मात्रै होइन, प्रत्येक चेतनशील नागरिकले जनाउनुपर्छ भन्ने लाग्छ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १४:४१
  • #रघुजीपन्त
  • #नागरिकआन्दोलन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’
डेभिड मिलानको अर्धशतकमा चितवनले दियो विराटनगरलाई १५८ रनको लक्ष्य
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता
सम्बन्धित सामग्री
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ तीनदिने भ्रमण सकेर उनी आइतबार राति नयाँदिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए। मंगलबार, कात्तिक १०, २०८३
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य र स... मंगलबार, कात्तिक १०, २०८३
‘लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ’ : प्रदीप पौडेल उनले लोकतन्त्र संकटमा परेका बेला तरुणहरूले निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै पार्टीको संगठन सुदृढीकरण र रूपान्तरणमा पन... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
डेभिड मिलानको अर्धशतकमा चितवनले दियो विराटनगरलाई १५८ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता मंगलबार, कात्तिक १०, २०८३
इजरायलमा निर्वाचन : बेन्जामिन नेतान्याहुका लागि परीक्षा मंगलबार, कात्तिक १०, २०८३
‘लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ’ : प्रदीप पौडेल मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्