• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रघुजी पन्तलाई प्रश्न- नागरिक आन्दोलनमा किन जानुभयो?

64x64
नेपाल लाइभ मंगलबार, माघ १३, २०७७  १४:४१
1140x725
नागरिक आन्दोलनमा सहभागी नेकपा नेता रघुजी पन्त। तस्बिर : निमेषजंग राई

नेकपा (प्रचण्ड-माधव पक्ष) स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री रघुजी पन्त बृहत नागरिक आन्दोलनमा सहभागी भए।सोमबार बालुवाटारसम्ममा भएको प्रहरी दमनमा उनी समेत परे। उनीमाथि लाठी चार्ज भयो, पानीको फोहराले भिजायो।

नागरिक आन्दोलनमा पार्टीको नेताको सहभागितालाई लिएर सामाजिक सञ्जालमा प्रश्न समेत उठ्यो। उनी किन आन्दोलनमा गए?नेपाल लाइभले सोधेको प्रश्नमा पन्तको जवाफ  छन् : 

तपाईं नेकपाको स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री किन नागरिक आन्दोलनमा जानुभयो?
नागरिक आन्दोलनमा हिजो मात्रै होइन, २०६२/०६३ सालको जनआन्दोलनमा समेत सहभागी भएको थिएँ। हिजो पनि आफ्नै इच्छाले गएको हुँ। आयोजकले बोलाएर गएको होइन। म पेशाले पत्रकार र लेखक हुँ। एउटा सचेत नागरिक पनि हुँ। नेता मात्रै नभएरै पत्रकार, लेखक नागरिकको रुपमा पनि मेरो परिचय छ। त्यसैले नागरिक आन्दोलनमा व्यक्तिगत रूपमा आफ्नो ऐक्यबद्धता जनाउन गएको हुँ। मेरो आफ्नै इच्छाले गएको हुँ।

हिजोको आन्दोलनमा पछाडि थिएँ। मेरो राजनीतिक परिचय पनि छ भन्ने थाहा पाएरै आन्दोलनको पछाडि बसेको हुँ। उहाँहरूको भाषण पछाडि बसेर सुनिरहेको थिएँ। कार्यक्रम सकिएपछि गिरफ्तारी दिने भन्ने कुरा आयो। यहाँसम्म आइसकेपछि गिरफ्तारी दिनुपर्छ भनेर उहाँहरूले भनेपछि अगाडि बढ्यौं।

शान्तिपूर्ण तरिकाले गिरफ्तार गरेर लगिएला भन्ने ठानेको थिएँ। तर, प्रहरीका लाठी नागरिकहरूको टाउकोमाथि बज्रन थाले। मेरै अगाडि एक जना साथीलाई चार/पाँच लौरा टाउकामा हिर्काइएपछि घाइते हुनुभयो। उहाँ बेहोस भएर सडकमै लड्नुभयो। त्यो दृष्य कसरी हेरेर बस्नु? त्यो त रोक्नु पर्‍यो। मैले रोक्न खोज्दा मेरै हातमा लाठीले हिर्काइयो। हातमा थोरै चोट पनि लागेको छ। पछि पानीको फोहोरा हानेर तितरबितर बनाइयो।

Ncell 2
Ncell 2
nimb
nimb

सचेत नागरिकले यो आन्दोलनमा ऐक्यबद्धता जनाउनुपर्छ। त्यही चेतन ढंगले गएको हुँ। स्वभाविकै रुपमा मेरो चेतनाले घचघच्याएर मलाई त्यहाँसम्म पुर्‍याएको हो। उहाँहरुले आउनैपर्छ भनेर डाकेको पनि होइन। नागरिक आन्दोलनमा सबैलाई आह्वान गर्नु भएको थियो। जसलाई इच्छा लाग्छ, ती नागरिक पुगेका थिए। त्यहाँ जो पनि जान सक्थ्यो।

नागरिक आन्दोलनमा नगएर पार्टीकै बैठक वा आमसभामा गएको भए हुन्थ्यो भन्ने पनि छन् नि?
यो संकीर्णता हो। म त्यहाँ भाषण गर्न गएको होइन। म ऐक्यबद्धता जनाउन गएको हुँ। तर जसरी सरकारले क्रुरतापूर्वक अमानवीय दमन गर्‍यो, त्यो दमन देखेपछि, आफ्नै अगाडि लाठी खाएको, बेहास भएर लडेको देख्न सकिँदैन नि। त्यतिबेला स्वभाविकै रुपमा प्रहरीलाई त्यसो नगर भनेर कराउने काम गरियो। प्रतिरोध गरियो। त्यो स्वभाविकै कुरा हो। प्रत्येक नागरिकले गर्ने कुरा यही हो।

हिजो शान्तिपूर्ण रुपमा भइरहेको आन्दोलनमा जसरी प्रहरीले दमन गर्‍यो। त्यो आफैंमा अमानवीय र क्रुररतापूर्वक अलोकतान्त्रिक ढंगले दमन गरियो। सरकारले यस्ता क्रियाकलाप बन्द गर्नुपर्छ। मेरो व्यक्तिगत रुपमा आग्रह छ- संविधान र लोकतन्त्रमाथि हमला हुँदा देशभरीका नागरिक समाज जागरुप हुनुपर्छ।

Xtrem
Xtrem

काठमाडौका जुन नागरिक समाजका अगुवा छन्। कुनै नेता वा पार्टीका विशेषयका लागि आन्दोलनमा आएका होइनन्। उनीहरु संविधान रक्षाका निम्ति आएका हुन्। किनभने यो संविधान आउनुमा उहाँहरुको पनि योग्दान छ। उहाँहरु दोस्रो जनआन्दोलनमा पनि सामेल हुनु भएको थियो। दोस्रो जनआन्दोलनमा अगुवाइ गरेर संघर्ष गर्नुभएको थियो। त्यसकै बलमा संविधान आयो। अब अहिले संविधानको रक्षा गर्नुपर्ने छ। त्यसैले प्रत्येक चेतनशील नागरिक, चाहे त्यो कुनै पार्टीमा लागेको होस् वा नहोस्, यो बेला संविधानको रक्षाको लागि उभिने हो।

उहाँहरु कुनै दल विशेष वा नेता विशेषका लागि भन्दा पनि संविधानको रक्षाका लागि आन्दोलनमा आउनु भएको हो। संविधानको दायाँबायाँ नहोस् भनेरै सडकमा आउनुभएको हो।

अब हुने नागरिक आन्दोलनमा नियमित जानुहुन्छ?
फुर्सद मिलेसम्म जान्छु। फुर्संद भयो भने र इच्छा भयो नजाने कुरै हुँदैन, जान्छु। अरु थुप्रै बुद्धिजीवी, कलाकार, साहित्यकार हुनुहुन्छ। उहाँहरु जानुहुन्छ, आन्दोलन गर्नुहुन्छ। त्यो उहाँहरुको आन्दोलन हो, उहाँहरुले गर्नुहोला। उहाँहरुको कार्यक्रममा मैले त ऐक्यबद्धतता जनाउने हो। मेरो पनि समर्थन छ है भनेर देखाउने हो। त्यो ऐक्यबद्धता मैले मात्रै होइन, प्रत्येक चेतनशील नागरिकले जनाउनुपर्छ भन्ने लाग्छ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १४:४१
  • #रघुजीपन्त
  • #नागरिकआन्दोलन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो
सम्बन्धित सामग्री
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले आज उजुरीकर्ताहरूलाई समितिमा आमन्त्रण गरी छलफल गर्ने कार्यसूची तय गरेको हो। सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार सेनाको संयुक्त चिफ अफ स्टाफका अनुसार स्थानीय समयअनुसार बिहान ९ः२० बजे प्योङयाङ क्षेत्रबाट प्रक्षेपण गरिएका केही मिसाइलले ९०० किलोमिट... सोमबार, असोज २६, २०८३
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी उनले महाधिवेशन प्रतिनिधिहरू तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै आफूहरूमाथि गरिएको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्ध... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो सोमबार, असोज २६, २०८३
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु सोमबार, असोज २६, २०८३
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्