काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफूहरूको लडाइँ गलत विचारविरुद्ध भएको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा प्रदेश २ का नेता कार्यकर्तासँग भेटघाट गर्दै अध्यक्ष नेपालले आफूहरुको लडाइँ सही विचारका निम्ति र गलत विचारविरुद्ध रहेको बताएका हुन्।
पार्टीभित्र पद र कुर्सीको हानाथाप भएको नभई पार्टीलाई विचार, विधि, पद्धति र राम्रो कार्यशैलीमा अघि बढाउनको निम्ति र गलत विचारविरुद्धको भएको उनको भनाइ छ।
अध्यक्ष नेपालले प्रतिनिधि सभा भंग हुने आधार नभएको समेत उल्लेख गरे। प्रधानमन्त्री केपी शर्मा ओलीको चुनाव गराउने इच्छा नभएको भन्दै संकटकाल लगाएर अथवा तानाशाह लादेर भएपनि सत्तामा बसिरहन चाहेको उनले जिकिर छ।
कार्यक्रममा बोल्दै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले विगत ३ वर्षमा प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुष्प्रयास गरेको बताए।
समाजवादी बाटो छोडेर भद्दा किसिमको पुँजीवादी उदारवाद अपनाएका कारण पार्टीमा प्रश्न उठ्दै गएको उनको तर्क छ। ओलीले झापाको दमकमा अर्बाैँ बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उनले आरोप छ।
वरिष्ठ नेता खनालले प्रतिनिधि सभा विघटन लोकतन्त्र, संविधान, संघीयता, समावेशीता तथा गणतन्त्रमाथिको आक्रमण भएको पनि उनले बताए। प्रधानमन्त्री ओलीले मुलुकलाई प्रतिक्रान्तिको दिशातर्फ धकेल्ने कोसिस गरिरहेको उनको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।