काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ ९ को विरोध सभाको मञ्चमा मधेसी मूलका नेता सहभागी नहुनुमा कमजोरी भएको स्वीकार गरेका छन्।
माघ ९ गतेको सभाको मञ्चमा मधेसीमूलका नेतालाई सहभागी गराइएको थिएन। साथै, वक्ताका रुपमा समेत मधेसी मूलका नेताले अवसर पाएका थिएनन्।
प्रदेश २ का नेता–कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्वोधन गर्ने क्रममा प्रचण्डले भने, ‘१० हजार जना मधेसबाट सहभागी हुने भनिएको थियो। तपाईंहरुले साढे १३ हजार उपस्थित बनाउनुभयो।’
स्थायी कमिटीको आइतबारको बैठकले मधेसी मूलका नेतालाई मञ्चमा स्थान दिन चुकेको निर्णय गरेको उनले सुनाए। अबका दिनमा विगतको गल्ति नदोहोरिने प्रतिबद्धता प्रचण्डले जनाए। माघ ९ मा मधेसबाट भएको उपस्थितिले देशैभरि राम्रो सन्देश गएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।