• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख ८, २०८३ Tue, Apr 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

लेनिन बिष्ट भन्छन्–ओली समूहमा प्रवेश गरेका छैनौं, छलफलमात्र गरेका हौं

64x64
नेपाल लाइभ आइतबार, माघ ११, २०७७  ०९:३९
1140x725

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तत्कालीन माओवादीका लडाकूहरुको  ‘पूर्वजनमुक्ति सेना तथा बहिर्गमित बाल सेनाको संगठन’ सँग  छलफल गरेपछि राजनीतिक माहोल तातेको छ।

१० वर्षसम्म ‘जनयुद्ध’ मा सहभागी भएका र शान्तिवार्तामा आएपछि बर्हिगमनमा परेका उनीहरुले आफूहरुलाई राज्यले नहेरेको भन्दै लामो समयदेखि गुनासो गर्दै आएका छन्। यसक्रममा उनीहरु आन्दोलनमा पनि उत्रिए। तत्कालीन माओवादी र एमाले एकीकरण भएपछि शान्त नै रहेका उनीहरुलाई अहिले तानातान सुरु भएको छ। 

यही मेसोमा केही समयदेखि प्रधानमन्त्री ओलीले ‘जनयुद्ध’का लडाकूहरुलाई बेवास्ता गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि सार्वजनिक रुपमै आलोचना गर्दै आएका थिए। दाहालले पनि ओलीलाई 'आमाको दुध चुसेर नपुगेर  बाबुको घुँडो चुस्न लागेको' टिप्पणी गरेका थिए। यसरी सार्वजनिक रुपमा आरोप–प्रत्यारोप भइरहँदा ओलीले माओवादीका तत्कालीन लडाकूहरुसँग छलफल गरेर दाहाल पक्षलाई दबाब दिन खोजेको देखिन्छ। पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णयपछि नेकपाभित्र तानातान चलिरहँदा ओलीले केही पूर्वमाओवादी नेताहरुलाई मन्त्रीसमेत बनाएका छन्। 

बिष्ट भन्छन्–प्रवेश गरेका हैनौं, छलफलमात्र हो 
शनिबार प्रचण्ड–माधव पक्षधर नेकपाका केन्द्रीय सदस्य लीलबहादुर थापा, पूर्वलडाकू कमाण्डरहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ र विष्णु रिमालसहितको सामूहिक छलफलमा भाग लिएका थिए। पूर्वलडाकू संगठनका अध्यक्ष टुकबहादुर थापा (अर्जुन) र बहिर्गमित बाल सैनिक संगठनका लेनिन विष्टसहितले छलफलमा भाग लिएका थिए। 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले भेटे 'पूर्वजनमुक्ति सेना'का कमान्डरशनिबार, माघ १०, २०७७

छलफलमा सहभागी विष्टले आफूहरुले प्रधानमन्त्रीसँग छलफल गरेको तर अहिले नै प्रवेश भने नगरेको बताए। ‘प्रधानमन्त्रीले पूर्वलडाकूहरुका बारेमा सरकारले राहत दिने भन्नु भएको छ,’ विष्टले भने ‘हामीसँगकाे छलफल सकारात्मक भएको छ, तर पार्टी नै प्रवेश चैं होइन।’

nimb
nimb
Ncell 2
Ncell 2

उनका अनुसार घाइते अपांग पूर्वलडाकूको उपचार सरकारले व्यहोर्ने गरी मन्त्रिपरिषदले निर्णय गरिसकेको  भन्दै ओलीले अन्य काम पनि सरकारले गर्ने भएकाले आफ्नो पक्षमा लाग्न भनेका थिए

त्यस्तै पूर्वलडाकूलाई परिचयपत्र दिने र राज्यका विभिन्न निकाय तथा पार्टीका संरचनामा समायोजन गर्ने आश्वासन पनि ओलीले दिएका थिए। त्यस्तै सहिद परिवारमा ‘एक घर एक रोजगार’ का लागि पनि तत्कालै प्रक्रिया थाल्ने सहमति भएको उनले बताए।

यो पनि पढ्नुहोस्

विघटित जनमुक्ति सेनाका कमान्डरलाई ओली पक्षमा ल्याउने अभ्यासमा बादलशुक्रबार, पुस २४, २०७७

प्रचण्डले आफूहरुलाई अलपत्र पारेर छोरीज्वाइँका लागि मात्र बार्गेनिङ गरेको आरोप पूर्वलडाकूहरुले लगाउँदै आएका छन्। ‘जनयुद्ध’ लाई कुहिएको फर्सी र अन्य विशेषणसहित आलोचना गरिरहेका ओलीले यसरी पूर्वलडाकूहरुलाई खोजी खोजी तान्ने प्रयास गरेकोमा भने धेरैले आश्चर्य प्रकट गरिरहेका छन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्षले पूर्वलडाकू्सँग भेटेर प्रचण्डले उनीहरुको भावनाको दुरुपयोग गरेको भन्दै आफूले योगदानको सम्मान गर्ने बताएको जानकारी दिए ।

‘जनयुद्ध अवधिमा तपाईंहरुले गरेकाे योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ,’ भेटमा ओलीको भनेका कुरा उल्लेख गर्दै थापाले भने, ‘नेतृत्वले तपाईंहरुकाे भावनाको दुरुपयोग गर्‍यो, यो तथ्य बुझेर तपाईंहरु अब नयाँ  निष्कर्षमा आइपुग्नु सही हुने छ।’ 

ओलीले पूर्वलडाकू कमाण्डरहरुलाई राजनीतिक रुपमा उनीहरुको समस्या समाधान गर्ने भन्दै ढुक्क भएर आफू नेतृत्वको पार्टीमा सहभागी हुन आग्रह गरेका थिए। विगतमा प्रचण्डले दिएजस्तो धोका आफूले नदिनेसमेत उनले आश्वस्त पारेका थिए। 

‘जनयुद्ध’ का बारेमा नकारात्मक टिप्पणी गरिरहे पनि उनैले सरकारको नेतृत्व गरिरहेकाले केही राहत पाउने आसमा आफूहरु बालुवाटार पुगेको एक पूर्वकमान्डरले बताए। ‘हामीले यो मुद्दा लामो समयसम्म उठाउँदा कतैबाट सुनुवाइ भएन, तर अहिले एक्कासी पार्टी विभाजन भएपछि तानातान भएको छ’ ती पूर्वलडाकूले भने, ‘कति साथीहरु त अहिले आर्थिक र शारीरिक रुपमा समेत समस्यामा भएकाले सरकारले राहत दिनुपर्ने कुरा भनेका छौं।’ उनीहरुले विगतका सरकारहरुलाई पनि दबाब दिँदै आएका थिए। पछिल्लो समय ओलीले बालकृष्ण ढुंगेल र कालीबहादुर खामजस्ता पूर्वमाओवादी नेताहरुका बारेमा चासो देखाउन थालेका छन्।

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  ०९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटघाटमा दुई देशबिचको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको परराष्... मंगलबार, वैशाख ८, २०८३
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तयारीका सम्बन्धमा छलफल भएको हो । सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) आज बसेको केन्द्रीय समिति बैठकले तीन सदस्य थप गर्दै १६ सदस्यीय समिति बनाएको हो । सोमबार, वैशाख ७, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता मंगलबार, वैशाख ८, २०८३
सुनको मूल्य बढ्यो मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै मंगलबार, वैशाख ८, २०८३
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा मंगलबार, वैशाख ८, २०८३
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्