complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संविधान निर्माता नै विघटनलाई रोक्न खोज्दैछन् भने अदालतले पनि रोकोस्

समृत खरेल बिहीबार, माघ ८, २०७७  २२:३०
1140x725

नेपालको संविधानले प्रस्तावनादेखि नै विधिको शासनको कुरा गर्छ। विधिको शासनमा हामीले एभिडिसीलाई पढ्ने गर्छौँ। त्यसमा २ कुरा छन्। कानुनका अगाडि सबै समान र कसैमा स्वेच्छाचारी अधिकार नहुनु।

कानुनका अगाडि सबै समान हुन्। त्यसमा राष्ट्रपति र प्रधानमन्त्री पनि पर्छन् भनिएको हो। राजालाई त शाही आयोगको मुद्दामा सर्वोच्चले रोक्यो। सर्वज्ञरत्नको मुद्दामा विधायिकालाई पनि सर्वोच्च होइनौँ भनियो।

नेपालको संविधानको धारा ६१ को उपधारा २ अनुसार राष्ट्रपतिले पनि संविधान र संघीय कानुन बमोजिम काम गर्ने हो। त्यसैले विघटन गर्दाका आधार संविधानसम्मत छ/छैन भन्ने बारेमा म केन्द्रित हुन्छु।

संविधानको धारा ७६ को उपधारा १ र २ का प्रधानमन्त्रीले विघटन गर्न मिल्छ कि मिल्दैन भन्ने विहंगम प्रश्न छ। यसमा थुप्रै प्रश्न गरिरहनुपर्छ। तर म मूल्यमान्यता र अभ्यासबारे विज्ञप्तिमा गरिएको कुरामा केन्द्रित हुन्छु।

संसदीय प्रणालीको आधारभूत मूल्य र मान्यता एउटा हाम्रो आफ्नै मूल्य र मान्यता र विभिन्न मुलुकहरुको अभ्यासका आधारमा बस्नुपर्छ।

संसदीय प्रणालीको मूल्य र मान्यतालाई राष्ट्रपतिको पत्रमा आधार भनेर उल्लेख गरिएको छ। यसमा तीन तर्क छन्। पहिलो- कानुनहरूको एउटा सोपान हुन्छ। संविधान अनि ऐन, नियम। त्यसरी नै मूल्य मान्यताहरूको पनि सोपान हुन्छ। वामदेव गौतमको मुद्दाको फैसलामा संवैधानिक मूल्यमान्यता अरु सबै मूल्यमान्यताभन्दा माथि हुन्छन् भन्ने फरकमतमा लेखिएको छ। ती मूल्यमान्यताको पनि सोपान हुन्छ र त्यस्ता संवैधानिक मान्यताले अन्य सबै बाझिएका मान्यतालाई निस्तेज र निरस्त गर्छ। संवैधानिक मूल्यभन्दा माथि अरु कुनै हुँदैन।

दोस्रो, कुरा संविधानभन्दा माथि कुनै मूल्यमान्यता त जति पनि होलान् श्रीमान्। तर हामीसँग आज लिखित संविधान छ। लिखित संविधान भएको अवस्थामा संवैधानिक सर्वोच्चताको सिद्धान्तमा संविधान माथि कोही हुन्न भनिन्छ। यसको अर्थ सबै कुरा लिखित संविधानकै आधारमा हुन्छ। संविधान सर्जक (क्रिएटर)हो, राष्ट्रपति र प्रधानमन्त्री संविधानका सिर्जना (क्रिएचर) हुन्। त्यसैले प्रधानमन्त्री र राष्ट्रपति पनि संविधानको सीमाभित्रै रहने हो। संविधानको 'सिर्जना'ले संविधान प्रयोग गरी संविधानले दिएभन्दा ज्यादा अधिकार प्रयोग गर्न मिल्दैन।

संसदीय मूल्य मान्यताको प्रणालीमा दुहाई दिएर लिखित जवाफमा संविधानका व्यवस्थालाई निरस्त गर्न मिल्दैन श्रीमान्। त्यसैले जब लिखित संविधानले आधार दिँदैन भने मूल्यमान्यताका आधारमा मात्र प्रतिनिधि सभा विघटन गर्न मिल्दैन।

Ncell 2
Ncell 2
nimb
nimb

तेस्रो कुरा, संविधानपछि बनेका कानुन संविधानसँग बाझिए भने बाझिएको हदसम्म स्वतः बदर हुन्छन्। संविधान बन्नुअघि बनेका कानुन खारेज हुन्छन्।मौलिक हक बाझिएमा बाझिएको हदसम्म संविधान संशोधन नभएसम्म कार्यान्वयन हुँदैनन्। यो संविधान जारी हुनुभन्दा पहिलाको मूल्यमान्यता के होला? प्रधानमन्त्रीले विघटन गर्नुअघि जब संविधान छ भने ती मूल्यमान्यतामा ग्रहण लाग्दछ। लिखित संविधानमा त्यो व्यवस्था भएकाले उनी यसबाट बाहिर छैनन्।

लिखित संविधानमा जबसम्म संसद् विघटनको व्यवस्था गरिँदैन, तबसम्म संसदीय मूल्य मान्यता- जसको दुहाई दिएर विघटन भएको छ, ती मूल्यमान्यतामा ग्रहण लागिसक्यो भन्ने मेरो तर्क हो। यसलाई संविधानमा ग्रहणको सिद्धान्त (डक्ट्रिन अफ इक्लिप्स) भनिन्छ।

यदि संसदीय मूल्य मान्यताका आधारमा विघटन गरेकै हो भने संसदीय मूल्य मान्यताका आधारमा विघटन हुन सक्छ भने मैले यसै अदालतको नजिर मनमोहन अधिकारीको मुद्दामा भएको फैसला पेस गरेको छु। 

अर्को सरकारको विकल्प खोज्नु र संसदप्रति उत्तरदायी रहनु यही हो संसदीय प्रणालीको मूल्य मान्यता। यो बाहेक कुनै मूल्य मान्यता छैन। यदि छ भने त्यो निरस्त भइसक्यो। लिखित संविधानको अगाडि ती पूर्वव्यवस्थाले काम गर्दैनन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राष्ट्रपतिको विज्ञप्तिमा अर्को पनि आधार दिइएको छ। हाम्रो जस्तो संसदीय प्रणाली भएका मुलुकहरूको अनुभवका आधारमा भनिएको छ। संविधान लिखित छ भने, स्पष्ट व्यवस्था छ भने अर्को देशको संविधान हेर्न जानु पर्दैन। गिरिजाप्रसादको बेलाको नजिर हेरे भइहाल्यो नि! त्यो मुद्दामा अन्य मुलुकका परिपाटी हेर्न मिल्दैन प्रष्ट भनेको छ। फेरि अहिले विघटन गर्दा प्रधानमन्त्री र राष्ट्रपतिले कसरी अन्तराष्ट्रिय अभ्यास भन्न मिल्छ। २०४७ सालको संविधानमा संसद विघटनको कुरा प्रधानमन्त्रीको अधिकार स्पष्ट लेखिएको छ। व्यवस्थालाई मान्नुपर्ने अनिवार्य हो।

अर्को सर्वज्ञरत्नको मुद्दामा पनि अन्य मुलुकहरूमा कसले कस्तो प्रभुता स्वीकार गर्‍यो भन्ने देखासिकी गर्ने गुञ्जायस संविधानले नदिने व्याख्या गरेको छ। संविधान स्पष्ट छैन भने हेरौं। तर संविधानमा स्पष्ट छ भने संविधानलाई निस्तेज पार्ने गरी अरु मुलुकका अभ्यास भनेर विघटन गर्न मिल्दैन। हेर्ने नै हो भने बेलायतको हेरौं। संसदीय व्यवस्थाको जननीमा पनि 'फिक्स्ड टर्म पार्लियामेन्ट'को व्यवस्था भइसकेको छ।

राजनीतिक प्रश्न
राजनीतिक प्रश्न भनेको संविधानमा लेखिएको छैन। कानुनमा पनि लेखिएको छैन। यो कतै लिखित कानुनको विषय होइन। यो अदालतले आफैँ बनाएको हो। आफू समानका अन्य अंगहरूका बीचमा द्वन्द्व सिर्जना नहोस् भन्नका लागि अदालतले सिर्जना गरेको प्रश्न हो। हाम्रोमा जे भएपनि राजनीतिक प्रश्नको दुहाई दिने गरिन्छ। के हो त राजनीतिक प्रश्न? के एउटा व्यक्ति वा राजनीति गर्ने व्यक्तिको बारेमा प्रश्न उठ्दैमा राजनीतिक प्रश्न हुन्छ र? भन्ने प्रश्न उठ्ने देखिन्छ।

कुनै पनि संवैधानिक विवादमा राजनीतिक प्रश्नहरुका अतिरिक्त संवैधानिक वा कानुनी प्रश्नहरू पनि मुछिएका छन् र विवाद निरुपणका लागि संवैधनिक र कानुनी प्रश्नहरूको निरुपण हुनु आवश्यक देखिन्छ भने राजनीतिक प्रश्नसम्बन्धी अवधारणालाई अघि सारेर यस अदालतले संवैधानिक र कानुनी प्रश्नको निरुपण गर्ने आफ्नो संवैधानिक अभिभारालाई पन्छाउन मिल्दैन।

यही सन्दर्भमा अर्को नजिर पनि छ। बालकृष्ण न्यौपानेविरुद्ध राष्ट्रपतिको कार्यालय भएको मुद्दामा सर्वोच्च अदालतले स्थापित गरेको सिद्धान्त छ- 'संविधान राजनीतिक र कानुनी विषयहरूको समिश्रण भएको साझा दस्तावेज हुँदा यसमा अन्तरनिहीत संवैधानिक वा कानुनी पक्षमा प्रश्न उठाई अदालतसमक्ष ल्याइएको विवादमा राजनीतिक प्रश्नहरू पनि सम्मिलित रहेको र संवैधानिक तथा कानुनी वैधताका प्रश्नको प्रभाव राजनीतिक संविधानवादमा पर्छ भन्ने कुराको आडमा संविधानको अन्तिम व्याख्या गर्ने यस अदालतलको संविधानप्रदत्त संवैधानिक दायित्वबाट पछि हट्न सक्दैन' भनिएको छ।  

राजनीतिक संविधानवाद र कानुनी संविधानवाद गरी दुई किसिमका हुन्छन् भन्ने स्वीकार गरिएको छ। त्यही राजनीतिक संविधानवादका प्रश्न नै राजनीतिक हुन्छन्। विघटनमा राजनीतिक र संवैधानिक विषय मिसिएको छ।

संवैधानिक प्रश्नको निरुपण गर्दाखेरी राजनीतिक प्रभाव पर्छ। संविधानको धारा ७६  को उपधारा (१) र ५ मा व्याख्या गर्दा त नपाउने भन्नेमा पनि प्रभाव पर्छ। संवैधानिक प्रश्नको निरुपण गर्दा राजनीतिक प्रश्नमा पनि प्रभाव पर्छ भने राजनितिक प्रश्नको दुहाई दिएर यो अदालत पछि हट्न नसक्ने नमिल्ने यो नजिरमा स्पष्ट लेखिएको छ।  

२०७२ साल जेठ २८ गते संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमा किन विघटन हटाइएको हो उल्लेख रहेको छ। उक्त प्रतिवेदनमा संविधानको धारा ७६ को उपधारा २ र ३ को व्यवस्था गरिएको थियो । उपधारा ५ राखिएको थिएन। उक्त प्रतिवेदनमा ३ किसिमका प्रधानमन्त्री हुने परिकल्पना गरेको थियो। दोस्रो संविधान सभा पछि जारी भएको संविधानको मस्यौदाले पहिला संविधानको धारा ७६ को उपधारा १ ,२, ३ अनुसार प्रधानमन्त्री बन्ने र त्यो पनि संभव नभएमा मात्र सोही धाराको उपधारा ५ अनुसार प्रधानमन्त्री बन्ने भनेको छ। यी सबै विकल्पबाट पनि सरकार बन्न नसक्ने अवस्था आएमा मात्र विघटन भनेको हो।

संविधानको धारा ७६ को उपधारा १, २ र ३ को प्रधानमन्त्री बन्न सकेनन् भने सोही धाराको उपधारा ५ को बनाइ हेर न त, र त्यो पनि सफल भएन भने त्यसपछि मात्र विघटन गर्न मिल्छ भन्ने व्यवस्था छ। विधायिकी मनसाय यसरी हेर्न सकिन्छ।

तीन किसिमका मात्रै होइन चार किसिमका प्रधानमन्त्री बनाऊ भनेर संविधानमा भनिएको छ। यी चारै विकल्पबाट पनि सरकार (प्रधानमन्त्री) बनेन भने बल्ल प्रतिनिधिसभा विघटन गर भनेर अहिलेको संविधानले भनेको हो। यसरी पनि संविधान निर्माताको मनसाय बुझ्न सकिन्छ।  

नेपालको संविधानको मस्यौदाको धारा ८९ पनि यही सन्दर्भभमा हेर्न जरुरी छ। यस अगावै विघटन भएकोमा बाहेक भन्छ। कसरी विघटन भन्दैन। अहिलेको संविधान हेरौँ धारा ८५ मा ‘संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक’ भनेर रोकिएको छ। विधायिकी मनसाय तीन होइन, चार प्रकारका सरकार बनाऊ भन्छ। अगावै विघटन होइन, संविधान बमोजिम अगावै विघटन भन्छ। यसरी संविधान निर्माताहरू संसद् विघटनलाई रोक्न खोज्दैछन् भने अदालतले पनि रोकोस् भन्ने मेरो निवेदन हो।

(प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्चमा रिट निवेदन दायर गरेका कान्छा वकील, २५ वर्षीय समृत खरेलले संवैधानिक इजलासमा गरेको बहसबाट)

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  २२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत?
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्