• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

जसको नेतृत्वमा लड्यौं, उसैले जनयुद्धको सम्मान नगरेपछि अरुको के कुरा? : लेखराज भट्ट [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, माघ ८, २०७७  १८:११
1140x725

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभक्त हुँदा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका नेता पनि दुईतिरै बाँडिएका छन्। तत्कालीन माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अति निकट मानिने नेता लेखराज भट्ट अहिले केपी शर्मा ओलीसँग छन्। ओलीका पक्षमा प्रखर रुपले मुखर भइरहेका छन्, भट्ट। तर भट्टसमेत सहभागी कार्यक्रममै ओली पूर्वमाओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’को उछितो काढ्छन्। भट्टले किन छाडे आफ्नै सहयोद्धाहरुलाई? अनि प्रधानमन्त्री ओलीका यस्ता अभिव्यक्ति सुन्दा उनलाई कस्तो लाग्छ? हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका भट्टसँग नेपाल लाइभका डिबी खड्का र वीरेन्द्र ओलीले गरेको कुराकानीको सारसंक्षेपः  

हिजो कहिले पहाडका कच्ची बाटोमा मोटरसाइकलमा राखेर संगठन बनाउन हिँडेको, कहिले विदेशी भूमिमा एउटै सेल्टरमा बसेर संगठन बनाएको अनि ज्यानको पर्वाह नगरी युद्धमा सँगसँगै हिँडेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेतासँग छुट्नुपर्दा कस्तो लागेको छ? 
म तपाईंलाई एउटा उदाहरणबाट यसको उत्तर दिन चाहन्छु। यात्राको सुरुवातमा धेरै मान्छे हुन्छन्, गन्तव्यमा थोरै मात्र पुग्छन्। छुट्टिनुपर्दा केही फरक अनुभूति त हुने नै भयो। कहिलेकाहीँ छुट्दा सुखानुभूति पनि हुन्छ। सँगैसँगै हिँड्दा राम्रो पक्षलाई आत्मसात गरिएको हुन्छ र नराम्रो पक्षलाई अनदेखा गरिएको हुन्छ। छुट्दा ती नराम्रा पक्षसँग पनि टाढिइन्छ। भावानात्मक रुपमा लामो समयसँगै संघर्ष गरेको सहयोद्धा छुट्टिँदा अलिअलि पीडा त हुन्छ। यो के भयो? कहाँ पुगियो? भन्ने खालका प्रश्नहरु दिमागमा खेल्छन्। तर वैचारिक दृष्टिले हेर्नुपर्छ। विचारमा स्खलित व्यक्तिलाई छाड्नुपर्दा त्यति धेरै समस्या चाहिँ हुने रहेनछन्। 

सहकर्मी, सहयोद्धाहरु त बन्छन्, छुट्टिन्छन्। तर तपाईं त एउटा मान्यता, एउटा विचार र एउटा आन्दोलनसँगै टाढिनुभयो भन्छन् नि!
मलाई त्यस्तो लाग्दैन। हिजोको लक्ष्य, हिजोको उद्देश्य, हिजोको विचार त हिजै छोडिसकियो। ती छाडेर प्रचण्डले जहाँ ल्याइपुर्‍याउनुभयो, त्यहाँ आइपुगेपछि मेरा केही प्रश्न मात्रै छन् प्रचण्डसँग। ती प्रश्न हुन्, हिजो केपी ओली र एमालेसँग के सोचेर, के प्राप्त होला भनेर एकता गर्नुभयो? विचारको सन्दर्भमा त्यो एकता के थियो? राजनीतिको सन्दर्भमा के थियो? सांगठिनक पक्षमा केके पाउनुभयो? कहिले के गुमाउनुभयो? 

दुईतिहाइ नजिक भएको सरकार निर्वाध रुपमा अघि बढ्न पाउनुपर्‍यो र दिनुपर्‍यो। त्यसो नभइसकेपछि प्रधानमन्त्रीले जाने ठाउँ कहाँ हो? विकल्प जनतामा जाने हो।

अहिले सडकमा चर्कै कुरा गरिरहनुभएको छ। टाउको चिलाएको छ भन्नुहुन्छ, ननभेज आन्दोलन गर्न मन लागेको छ भन्नुहुन्छ। आक्रोशित मुद्रामा देखिनुहुन्छ। विचार, दृष्टिकोणबाट लक्ष्य र उद्देश्य हिजै छाडिसकेपछि यी सबको सान्दर्भिकता कहाँ रह्यो? सहिद परिवारलाई कहिले सम्झनुभयो? घाइतेलाई कहिले सम्झनुभयो? बेपत्ताका  परिवारलाई कहिले सम्झनुभयो? ती इमान्दार कार्यकर्ताहरु जो झोला बोकेर पछि लागे, ती मान्छेहरु जसलाई केही नेताले ‘भाते र झोले’ भन्थे, आफूलाई हरेक मोर्चामा उभ्याउने ती संगठन बनाउने मान्छे कहाँ छन्? यी त भइहाले। एकता गरिहालियो, एकता गरेपछि त्यसैको पक्षमा डट्ने हो। उहाँले अहिले किन एकता चुँडाउनुभयो? यो प्रश्नको चित्तबुझ्दो उत्तर मैले पाइसकेको छैन। म लगायत बादलजी, प्रभु साह, टोपबहादुरजी र मणि थापाले उत्तर खोजिरहेका छौं। हामी अहिले पनि एकताकै पक्षमा उभिएका हौं। एकीकृत पार्टीकै पक्षमा छौं।

तपाईं पुष्पकमल दाहाललाई ‘के पाउन एकता गर्नुभएको थियो, के नपाएपछि छुट्टिनुभयो?’ भनेर प्रश्न गर्दै हुनुहुन्छ। तपाईंले चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीबाट केही पाउनुभो? अथवा केही पाउने आशाले उहाँलाई साथ दिइरहनुभएको छ?
सुदूरपश्चिमको लिम्पियाधुरा, कालापानी र लिपुलेकका विषयमा हामीले आवाज उठाउँदै आएका थियौं। त्यो आवाजलाई केपी शर्मा ओलीले सुनिदिनुभयो। उहाँले सम्बोधन गर्नुभयो। कूटनीतिक नोट पठाउनुभयो। यो हाम्रो हो, तिमीहरुले ५८ वर्षदेखि कब्जा गरेका छौं, फिर्ता गर्नुपर्छ भन्नुभयो। त्यसपछि मैले उहाँभित्र राष्ट्रवाद देखें। राष्ट्रियता त्यहाँ देखें। एउटा आँट देखें। एउटा साहस देखें। एउटा शक्तिसम्पन्न राष्ट्रसँग हिजो कोही बोल्न सकेको थिएन, आज उहाँ बोल्नुभयो। उहाँले नक्सा देखाउनुभयो। संसद्मा राष्ट्रिय एकता देखाउनुभयो। 

प्रचण्ड दुईपल्ट प्रधानमन्त्री हुनुभयो, तर यस विषयमा एक शब्द पनि उच्चारण गर्नु भएन। जब सत्ता छाड्नुभयो, हामीलाई लिएर टनकपुर, ब्रह्मदेवमा उभ्याउनुभयो। छांरु, तिंकरमा, बझाङको धुलीमा सुरक्षाकर्मी राख्नुपर्‍यो भनेर मैले उहाँलाई प्रधानमन्त्री भएको बेला धनगढीको साथी होटेलमा भनेको थिएँ। अहिले ओलीले त्यो ठाउँमा सुरक्षाकर्मी खटाउनुभयो। राज्यको उपस्थिति भयो नि त्यहाँ। आज सीमा क्षेत्रमा कति बिओपी पोस्ट छन्? भजाइखानु र नाराको रुपमा प्रस्तुत गर्नु राष्ट्रियता होइन, वास्तवमै जसले काम गर्छ, उसको पक्षमा जो पनि उभिन्छ। अहिले ओलीको पक्षमा नेपाली जनता उभिएको जस्तो लाग्छ। सुदूरपश्चिममा अस्ति जुन सागर थियो, त्यो त यही राष्ट्रियताका कारण देखियो। त्यति अरुले ल्याउन सकून्, अनि भनौंला। त्यो प्रधानमन्त्रीका पक्षमा उर्लिएको हो, मेरो पक्षमा उर्लिएको हो। त्यसकारण अहिले म उहाँसँग छु। यदि उहाँका कदम भोलि गलत सावित हुन्छन् भने म उहाँसँग हुन्न। 

Ncell 2
Ncell 2
nimb
nimb

तपाईंले प्रधानमन्त्री ओलीको कदम गलत सावित भएको दिन उहाँसँग हुन्न भन्नुभयो। यदि प्रतिनिधि सभा विघटनको कदम गलत थियो भनेर अदालतले पुनःस्थापना गरिदियो भने तपाईं उहाँसँगै रहनुहुन्छ कि रहनु हुन्न?  
अदालतले व्याख्या गर्ने कुरा आफ्नो ठाउँमा होला। अहिले मैले ठिक छ भनेर साथ दिएको छु। भोलि पनि हुन्छु। मैले अरु त्यस्ता कदमको कुरा गरेको हो, यसको होइन। उहाँले किन त्यस्तो कदम चाल्न बाध्य हुनुभयो भने आफ्नै पार्टीभित्र प्रतिपक्ष जन्मियो। आफ्नै पार्टीका नेताहरुले प्रतिपक्षको भूमिका निर्वाह गरेका छन्, सरकारलाई अप्ठ्यारो पारेका छन्। सरकारलाई काम गर्न दिएको छैन। जहिले पनि बहुमत र अल्पमतको कुरा गरेको छ। एकता हुँदा स्पष्ट के थियो भने एकता महाधिवेशन नहुन्जेल सबै कुरा एकतामै टुंगो लगाउँछौं भन्ने थियो। प्रचण्डले एकता एउटासँग गर्नुभयो, हस्ताक्षर एउटासँग गर्नुभयो। गुट र समीकरण अर्कोसँग बनाउनुभयो। माधव नेपालजीसँग जानुभयो। यसले पार्टी बन्दैन थियो। 

स्थायी कमिटीको बैठकमा विषय एकातिर छ, तर उहाँहरु विशेष अधिवेशनको माग गर्न दुई जनालाई राष्ट्रपति कार्यालय पठाउनुहुन्छ। यता १९ बुँदे आरोपपत्र दर्ता गराउनुहुन्छ। छलफल हुनुपर्छ भन्नुहुन्छ। १९ बुँदे त आरोपपत्र हो कि विचारभन्दा आरोप देखिन्छ। विचार त कहीँ देख्दिनँ म। त्यसैले प्रचण्डसँग म हुनुपर्ने कारण नै देख्दिनँ।

पार्टीभित्रै प्रतिपक्ष जन्मियो। झगडा भयो। आरोप-प्रत्यारोप भए। यी सब नेकपाभित्र भए। यसरी एकै ठाउँ बस्न सकिएन भन्ने लाग्दा पार्टी पो फुटाउनु पर्छ होला। धेरैले गरिरहेको प्रश्न चाहिँ यो छ कि जनताका प्रतिनिधि रहने थलो प्रतिनिधि सभा चाहिँ किन भंग गर्नुभयो उहाँले?
दुईतिहाइ नजिक भएको सरकार निर्वाध रुपमा अघि बढ्न पाउनुपर्‍यो र दिनुपर्‍यो। त्यसो नभइसकेपछि प्रधानमन्त्रीले जाने ठाउँ कहाँ हो? विकल्प जनतामा जाने हो। विकल्प त्यही बाँकी थियो। ताजा जनादेश लिन प्रधानमन्त्रीज्यूले जनतामा जाने निर्णय गर्नुभएको हो। नयाँ जनादेश लिन्छु भन्नुभएको हो। तिमीहरुले काम गर्न दिएनौ, नयाँ जनादेश लिएर आउँछु भन्नुभयो। यो सरकार र नेतृत्वको दृष्टिकोणबाट सही कदम छ। 

अहिले प्रधानमन्त्रीले चाल्नुभएको कदम कुनै पनि कोणबाट गलत देख्दिनँ। प्रतिक्रान्तिबाट जोगाउन, अस्थिरताबाट जोगाउन यो भन्दा राम्रो विकल्प अर्को हुँदैनथ्यो। 

संसदीय व्यवस्थामा कार्यकारी प्रधानमन्त्रीले आफ्नो विवेक प्रयोग गर्न सक्छ। जब उसले कामकाज अघि बढाउन सक्दैन, विकल्प के हुन्छ भने नयाँ जनादेश लिने हुन्छ। तर्क–वितर्क हुन्छन्। अदालतको पोल्टामा पुगेपछि संविधानका अस्पष्ट धाराको व्याख्या गर्ला। अब अदालतको जिम्मा छ। अदालतले एउटा फैसला गर्ला। त्यसको सम्मान गरौंला। तर अहिले प्रधानमन्त्रीले चाल्नुभएको कदम कुनै पनि कोणबाट गलत देख्दिनँ। प्रतिक्रान्तिबाट जोगाउन, अस्थिरताबाट जोगाउन यो भन्दा राम्रो विकल्प अर्को हुँदैनथ्यो। 

अस्थिरताबाट मुक्ति पाउनकै लागि हामीले सुधारिएको संसदीय प्रणाली विकास ग¥यौं। दुई वर्ष नपुगी अविश्वास प्रस्ताव राख्न नपाउने र पाँच वर्षअघि प्रतिनिधि सभा विघटन गर्न नपाउने व्यवस्था गरियो। संविधानको यही मर्म कुल्चेर अस्थिरतातर्फ लैजान प्रतिनिधि सभा विघटन गरियो भन्ने धेरैको आरोप छ नि! 
यो आ-आफ्नो बुझाइ होला। अध्ययन होला। म कानुनको ज्ञाता होइन, राजनीतिज्ञ हुँ। परिवर्तन र जनताका पक्षमा लडेको मान्छे हुँ। कानुन सर्वोच्चले हेर्ला। त्यसैलाई छाडिदिनुपर्छ। हामी नै सबैको ज्ञाता बनेर व्याख्या गर्ने होइन। स्वतन्त्र न्यायपालिका भन्ने अनि सडकबाट दबाब दिने, आगो बाल्छौं भन्ने? यो त आफ्नै अभिव्यक्तिको विपरीत भएन भन्या।

प्रधानमन्त्रीसँग तपाईं किन हुनुहुन्छ भनेर त अघि पनि जवाफ दिनुभयो। तर तपाईं प्रचण्डसँग नजानुको कारण सुदूरपश्चिममा भीम रावल र तपाईंको व्यक्तित्वको टकराव कारण हो भन्ने पनि सुनिन्छ। यो सत्य हो?
मान्छेहरुका आ–आफ्ना बुझाइ होलान्। उहाँको इतिहास र आन्दोलनको पृष्ठभूमि आफ्नो ठाउँमा छ। मेरो राजनीतिक गुरु प्रेम कैदी हुन्। म १२ वर्षकै हुँदा राजनीतिमा आएको हुँ।

तपाईंले माओवादी ‘लिगेसी’ त छाड्नुभयो। माओवादप्रति नै वितृष्णा पैदा भएको हो?
जहाँसम्म माओवादीको पृष्ठभूमि र लिगेसीको कुरा छ, त्यो त प्रचण्डले सकेको होइन र? उहाँले नारायणकाजीसँग एकता गर्नुभयो, अलिकति माओवाद त्यहीँ सक्नुभयो। त्यसपछि दोस्रो राष्ट्रिय सम्मेलनमा प्रचण्डपथ भनेर संश्लेषण गरियो। विचार र नेतृत्वको केन्द्रीकरण भन्नुभयो। तर कसैसँग छलफल नगरी त्यसलाई छाड्नुभयो। हामीले त्यसैमा हुन्छ भन्यौं। एमालेसँग एकता गर्दा पनि उहाँले कसैसँग सल्लाह गर्नुभएन। मैले त्यो बेला भनेको थिएँ- अहिल्यै एकता गर्ने बेला भयो कि भएन? विचार के हो, सिद्धान्त के हो, त्यो स्पष्ट हुनुपर्‍यो भन्दाखेरी छलफल गर्नुभएन। उहाँले नेकपा एमालेका अध्यक्षसँग छलफल गर्नुभयो। मलाई त केपी ओलीसँग उहाँले राष्ट्रिय सभागृहको हलमा लगेर चिनाउनुभएको हो। ‘एकता गरियो, ऐतिहासिक भयो। यो भन्दा सुनौलो केही हुँदैन। इतिहास ब्रेक गरियो उहाँ पहिलो, म दोस्रो अध्यक्ष। आलोपालो अध्यक्षता गर्छौं’ भनेर उहाँले नै भन्नुभएको हो। अहिले उहाँसँग कसरी रह्यो माओवादी लिगेसी? कहाँ छ माओवादी लिगेसी? कसैले माओवादी लिगेसी मसँग छ भन्छ भने त्यो सत्तामा जाने सिढी हो। अरु केही पनि होइन। धेरैले त प्रचण्डलाई बुझिसके। कति अन्धभक्तहरु अझै उहाँसँग छन्। कति उहाँहरुको चरित्र नबुझेका मान्छेहरु उहाँको पछि लागिरहेका छन्। भोलि बुझ्छन्। समय आउँछ। 

तपाईंले भनेजस्तै माओवादी लिगेसी त्यहीँ छुट्यो, जहाँ नेकपा एमाले र माओवादी केन्द्र मिसिए। विचार पनि त्यहीँ अन्तरघुलित भयो, जहाँ तपाईंहरुले दुई पार्टीको एकता गर्नुभयो। तर तपाईंले जसलाई नेता मानिरहनुभएको छ, उहाँले त ‘जनयुद्ध’लाई ‘कुहिएको फर्सी’ भन्ने संज्ञा दिनुहुन्छ। यसले तपाईंहरुको चित्त दुख्दैन?
तपाईंले ‘जनयुद्ध’लाई कुहिएको फर्सी भन्नुभएको हो भने त्यो महान् गल्ती हो भनेर मैले प्रधानमन्त्रीज्यूलाई सोधेको थिएँ। मैले त्यसरी बोलेको होइन, एउटा सन्दर्भमा बोलेको हुँ भन्नुभएको छ। ती खालका कमीकमजोरी नेतृत्वले गर्छन्। जब हाम्रो नेतृत्वले त्यस्तो कमजोरी गर्छ, भावनामा चोट पुग्ने कुरा गर्छ। हामी विरोध गर्छौं। हामी ठाउँमा बोल्छौं, सडकमा बोल्दैनौं। 

जसको नेतृत्वमा हामी जनयुद्ध लड्यौं, जसले लडाउनुभयो, उसैले सम्मान गर्दैन, अरुको त के कुरा भयो। हामीले जनयुद्धमा गरेका त्याग, तपस्या, बलिदान, अनुभूति अरुलाई बुझाउँदै गएपछि विस्तारै बुझ्छन्। प्रधानमन्त्रीले अहिले घाइतेका कुरा गरिरहनुभएको छ, सहिद परिवारहरुको, बेपत्ताका परिवारहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कुरा गरिरहनुभएको छ। यो त हाम्रो पीडालाई बुझाउने कुरा पनि हो। हामी सँगसँगै नहिँडेका मान्छे सँगसँगै हिँड्न खोजिरहेका छौं। यो त एकता गर्दा प्रचण्डले जनयुद्धका विषयमा कति बुझाए भन्ने प्रश्न पनि हो नि त। कुन र कस्ता सर्त राखे, के-के गरे? जनयुद्धको मर्मलाई बुझाउन सक्नुभयो कि भएन? 

केपी ओलीले बुझ्नुभयो कि भएन अर्को कुरा हो। त्यहीँ भएका माधव नेपालजी, भीम रावलजीहरुले जनयुद्धको बारेमा कसरी बोल्थे, के बोल्थे? छर्लंगै छ नि। त्यस्तो हो भने किन एकता गरेको ओलीसँग? आज प्रचण्डले गुरु भनेका मान्छे मोहन वैद्य कहाँ छन्, सिपी गजुरेल कहाँ छन्? हरिभक्त कँडेल कहाँ छन्? सहकर्मीहरु लोकेन्द्र विष्ट कहाँ छन्? विप्लव कहाँ छन्? एउटा लेखराज भट्टको कुरा होइन, यी सहकर्मीलाई किन पाखा लगाउनुभयो भन्ने प्रश्न हो। उहाँ आत्मकेन्द्रित हुनुभयो। परिवार केन्द्रित हुनुभयो। प्रचण्डले आफूलाई एकपल्ट समीक्षा गर्नुपर्छ। सडकमा आक्रोश पोखेर उहाँका कमीकमजोरी र अपराध छोपिँदैनन् नि। 

उहाँ त हामीलाई लालगद्दार भन्नुहुन्छ। लालगद्दार कोही हो भने प्रचण्ड हो। केपी ओलीसँग एकता गर्ने प्रचण्ड लालगद्दार नभएर उहाँको पछि लाग्ने लेखराज भट्ट कसरी भयो?

हामीले त उहाँलाई केही भनेका छैनौं। उहाँ त हामीलाई लालगद्दार भन्नुहुन्छ। लालगद्दार कोही हो भने प्रचण्ड हो। केपी ओलीसँग एकता गर्ने प्रचण्ड लालगद्दार नभएर उहाँको पछि लाग्ने लेखराज भट्ट कसरी भयो? विचारमा विचलन भयो भने प्रचण्डको भएको हो। हामी त उहाँको पछि लागेर आएका हौं। मैले नेतृत्वप्रति विश्वास गरें। एकता ठिक छ भनें। त्यसको पक्षमा अहिले पनि उभिएको छु। 

जनताको कठघरामा त नेकपाको दुवै समूहका नेताहरु छन्। ‘जनयुद्ध’ र २०६२/६३ को आन्दोलनको जगमा देश संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो। त्यही गणतन्त्र गुम्ने खतरातर्फ प्रधानमन्त्री ओली अघि बढेको जस्तो दृष्य देखिन थालेका छन्। तपाईंहरुलाई व्यवस्था नै खतरामा पर्ने चिन्ता छैन? 
जनयुद्ध यसको जग हो। यसलाई कसैले इन्कार गर्न सक्दैन। बोल्न सके पनि नसके पनि भित्र त यही जगमा हो भन्ने स्वीकार्छन्। धनगढीको कुरा गर्दा जनता जनआन्दोलनमा उत्रिन सकेका थिएनन्। अरु दलले उतार्न सकेका थिएनन्। म कैलालीमै थिएँ, मसँग भेट भयो। एउटा फौजी कारबाही गर्दिनुपर्‍यो भनेर हामीले प्रहरी कार्यालय कब्जा गर्‍यौं। त्यसपछि हजारौं मान्छेहरु सडकमा ओर्लिए। त्यसैले गणतन्त्र ल्याउन त जनआन्दोलनको महत्वपूर्ण भूमिका छ। हामीलाई यही गणतन्त्रको चिन्ता लागेर एकताका पक्षमा उभिएका छौं। सडकमा गएर त यो बच्दैन। चुनाव हुन्न भनेर कल्पना गर्ने, मनोगत बन्ने होइन। 

सरकारको लक्ष्य नयाँ जनादेश लिन निर्वाचनमा जाने हो। निर्वाचन आयोगले तयारी गरिसकेको छ। चिन्ता के हुन्छ भने सरकारको काम र जनताको काममा चिन्ता छ। चिन्ता त पार्टी फुटाउनेहरुलाई देखिँदैन। एकता गर्दा के गर्नुभयो, मर्म के हो? त्यो स्मरण गर्नुपर्छ प्रचण्डले। पहिले साढे दुई वर्ष एकले र त्यसपछि अर्को अध्यक्षले सरकार चलाउने भन्नुभयो। पछि फेरि छाड्नुभयो। उहाँले छाड्नु अघिल्लो दिन मैले नै तपाईंको मिडियामा भनेको होइन, किन ओलीले सहमतिअनुसार प्रचण्डलाई सरकार नछाडेको भनेर। तर भोलिपल्ट प्रचण्ड ओलीको जिम्मा लगाएर आउनुभयो। जो सर्त छ, पूरा गर्नुपर्छ भन्ने मान्छे हुँ। सधैं गलत कुरामा साथ दिन सकिन्नँ, सकिएन। म त प्रचण्डकै लाइनमा उभिएको छु, एकता उहाँले गर्नुभयो। त्यहीँ छु। व्यक्ति छुट्नुभयो होला, एकता हुनुपर्छ भन्ने उहाँको विचार हामीसँग छ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना
३ दिनमा भित्रियो ८८ हजार ग्यास सिलिन्डर, कुन कम्पनीका कति ?
पाकिस्तानमा आतंकवादीविरुद्ध सुरक्षा बलको कारबाही तीव्र, २१ मारिए
सम्बन्धित सामग्री
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती उनका अनुसार बेलायत, अमेरिका र अस्ट्रेलियाजस्ता देशमा पनि ठूलो विपद्का बेला सयौँ वा हजारौँ शवको पहिचान तत्काल सम्पन्न हुँदैन । त्यहाँ... आइतबार, भदौ १४, २०८३
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
३ दिनमा भित्रियो ८८ हजार ग्यास सिलिन्डर, कुन कम्पनीका कति ? आइतबार, भदौ २१, २०८३
पाकिस्तानमा आतंकवादीविरुद्ध सुरक्षा बलको कारबाही तीव्र, २१ मारिए आइतबार, भदौ २१, २०८३
गगन-शेखरबीच पार्टी एक ढिक्का राख्ने सहमति आइतबार, भदौ २१, २०८३
एसीसी प्रिमियर कप: साउदी अरेबियालाई हराउँदै नेपाल सेमिफाइनलमा आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द शनिबार, भदौ २०, २०८३
कुशको शव बनाएर काजकिरिया चल्दै थियो, ११औँ दिन चण्डिका जीवितै भेटिइन् ! शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्