• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ३०, २०८२ Fri, Jun 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
वस्तु आपूर्तिकर्ताको एजेन्टलाई पनि अब नेपाली सरह नै कर
64x64
सविन मिश्र बिहीबार, माघ ८, २०७७  ०९:०९
1140x725

काठमाडौं- नेपालमा सेवा तथा वस्तु आपूर्ति गर्ने विदेशी कम्पनीका प्रतिनिधिले नेपालीसरह नै कर तिर्नुपर्ने भएको छ। नेपालमा वस्तु तथा सेवाको कारोबार गर्ने विदेशी कम्पनीका प्रतिनिधिले कानुनी छिद्रको प्रयोग गर्दै कर छली गर्न थालेपछि त्यसलाई निरुत्साहित गर्न निर्देशिका बनाइएको छ। 

विदेशी कम्पनीका एजेन्टले नेपालमा कार्यालय खोलेर तथा कर्मचारी पठाएर वस्तु आपूर्ति तथा सेवा दिने काम गरे पनि उनीहरू करको दायित्वबाट छलिएका थिए। अब त्यसलाई रोक्न र नेपाल आएर काम गर्नेलाई नेपाली सरह कर लगाउन सक्ने गरी कानुनी आधार तयार गरिएको छ। 

स्थायी संस्थापनसम्बन्धी निर्देशिकाअनुसार अब कुनै कम्पनीको प्रतिनिधिले नेपालमा कार्यालय स्थापना गरी छोटो समयमा सम्पन्न गर्ने गरी कुनै काम गरे पनि नेपाली सरह नै कर तिर्नुपर्छ। 'हामीले गरेको अध्ययनमा वार्षिक १० अर्ब रूपैयाँ राजस्व गुमेको देखियो,' आन्तरिक राजस्व विभाग स्रोतले भन्यो, 'त्यसैलाई नियमन गर्ने गरी निर्देशिका बनाएका हौँ, यसअनुसार अब कुनै विदेशी कम्पनीका प्रतिनिधिले छोटो समय नेपाल आएर नेपाली व्यवसायलाई सेवा दिएमा वा वस्तु बिक्री गरेमा प्राप्त हुने आयमा नेपालीसरह आयकर तिर्नुपर्छ।' 

आयकर ऐन २०५८ मा स्थायी संस्थापनको व्याख्या 'कुनै व्यक्तिले पूर्ण वा आंशिकरूपमा व्यवसाय सञ्चालन गर्ने स्थानलाई उल्लेख गरेको छ। त्यस्तै व्यवसाय सञ्चालन गर्ने सामान्य क्रममा स्वतन्त्र हैसियतले कार्य गर्ने साधारण एजेन्टबाहेक कुनै एजेन्टमार्फत कुनै व्यक्तिले पूर्ण वा आंशिकरूपमा व्यवसाय गर्ने स्थान तथा कुनै व्यक्तिको मुख्य उपकरण वा मुख्य मेसिनरी रहेका वा प्रयोग गरेका स्थान र एक वर्षमा एकपटक वा पटकपटक गरी ९० दिनभन्दा बढी कुनै व्यक्तिले कर्मचारी वा अन्य प्राविधिक, व्यावसायिक वा परामर्श सेवा प्रदान गरेको कुनै देशको स्थानलाई पनि स्थायी संस्थापन भनिएको छ। 

यसैगरी ऐनमा कुनै व्यक्तिले ९० दिनभन्दा बढी समयसम्म निर्माण, जडान वा स्थापना गर्ने आयोजनामा संलग्न रहेको स्थान तथा आयोजनाको सुपरीवेक्षणसम्बन्धी काम गरेको स्थानलाई पनि स्थायी संस्थापनको रूपमा व्याख्या गरिएको छ। 

Ncell 2
Ncell 2

तर नेपालमा वस्तु आपूर्ति गर्ने विदेशी कम्पनीले एक वर्षको अवधिमा पटकपटक आफ्ना प्रतिनिधि परिवर्तन गर्ने र एक जनालाई पनि ९० दिनसम्म नेपाल नराखी कर छली गर्ने गरेको पाइएपछि त्यसलाई नियन्त्रण गर्न निर्देशिका बनाइएको हो। 'एउटै कम्पनीले फरकफरक प्रतिनिधि पठाएको देखाएर यहाँ आयकर छलेको देखियो,' विभाग स्रोतले भन्यो, 'त्यसैलाई नियन्त्रण गर्न पनि निर्देशिका ल्याइएको हो।' 

आयकर ऐन र नियमावलीमा स्थायी संस्थापनसम्बन्धी व्यवस्था उल्लेख भएपनि अहिलेसम्म निर्देशिकाको अभावमा प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन। अहिले निर्देशिकामा स्थायी संस्थापनका चारवटा तत्वमा गैर बासिन्दा निकाय, गैर बासिन्दा निकायको व्यवसाय, त्यस्तो व्यवसायको पूरै वा आंशिक भाग र त्यस्तो व्यवसायको सञ्चालन स्थान नेपाल उल्लेख गरिएको छ। 

टार्गेटमा जलविद्युतका परामर्शदाता र आपूर्तिकर्ता 
जलविद्युत कम्पनीलाई आवश्यक पर्ने वस्तु तथा सेवा आपूर्तिका लागि विदेशी कम्पनीका प्रतिनिधिहरू नेपाल आएर काम गर्छन्। तर विदेशी कम्पनीले एकै कर्मचारीलाई ९० दिनभन्दा कम समय नेपाल राख्ने गरी फरकफरक टोली बनाएर काममा खटाउने र यहाँबाट प्राप्त भएको आयमा कर नतिर्ने गरेका छन्। त्यसबाट राजस्वमा क्षति भएको विभागको ठहर छ। 

यसैगरी विभिन्न ठेक्कापट्टाका लागि नेपाल आउने विदेशी कम्पनीका प्रतिनिधिले पनि अहिलेको कानुनी छिद्र उपयोग गरेर कर छलिरहेका छन्। त्यसलाई पनि नियन्त्रण गर्ने सरकारको योजना छ। 'नेपालमा थोरै समय बसेको देखाउने र कर नतिर्ने गरेको भेटिएको छ,' विभाग स्रोतले भन्यो, 'अब कर कार्यालयले आफ्नो हिसाबले कर निर्धारण गर्न सक्ने भएको छ।' 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ०९:०९
  • ##कर
  • #आन्तरिकराजस्वविभाग

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र... शुक्रबार, जेठ ३०, २०८२
बैकिङ क्षेत्र सुधारका लागि सुझाव उपसमिति गठन, संयोजकमा कार्की रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित उपसमितिमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल र राष्ट्र बैंक नियमन विभाग प्रमुख गुरुप्र... बिहीबार, जेठ २९, २०८२
मुलुकमा भएका प्राकृतिक साधनको अधिकतम उपयोगबाटै देश समृद्धितर्फ अघि बढ्छ : अर्थमन्त्री पौडेल बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले नेपालमा अथाह प्राकृतिक स्रोतहरु रहेको भन्दै त्यसलाई सदूपयोग गर्दै मुलुकलाई समृद्ध ब... बिहीबार, जेठ २९, २०८२
ताजा समाचारसबै
अहमदाबाद विमान दुर्घटनाः २४१ जनाको मृत्यु भएको पुष्टि शुक्रबार, जेठ ३०, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
तीनकुने घटनाः दुर्गा प्रसाईंसहित ७ जना थुनामा, बाँकी ३२ जना धरौटीमा रिहा शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शुक्रबार, जेठ ३०, २०८२
अहिलेका कम्युनिष्टलाई कम्युनिष्ट भन्न मिल्दैन, नाम मात्रै फेर्न बाँकी छः देउवा बिहीबार, जेठ २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन (भिडियो)
श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन (भिडियो) बुधबार, जेठ २८, २०८२
३० महिनाको पुजालाई सदर चिडियाखाना ल्याइयो
३० महिनाको पुजालाई सदर चिडियाखाना ल्याइयो बुधबार, जेठ २८, २०८२
बिपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनिकरण गर्न सकिन्छ (भिडियो)
बिपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनिकरण गर्न सकिन्छ (भिडियो) बुधबार, जेठ २८, २०८२
देशभित्र भेटघाट गर्न मैले एमाले र नेतृत्वसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी
देशभित्र भेटघाट गर्न मैले एमाले र नेतृत्वसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आलमलाई सफाइ दिने न्यायाधीशलाई कालो मोसो प्रहार बिहीबार, जेठ २९, २०८२
थापाथली चोकमा टेम्पोले ठक्कर दिँदा एक ट्राफिक प्रहरी जवान घाइते बिहीबार, जेठ २९, २०८२
लण्डन उडेको एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटनाग्रस्त, २४२ यात्रु सवार बिहीबार, जेठ २९, २०८२
बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध बिहीबार, जेठ २९, २०८२
एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु पुष्टि बिहीबार, जेठ २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
टोखामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ मंगलबार, जेठ २७, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्