• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

खेलाडीको सम्मान कि पत्रकारको कमाइ?

64x64
ऋग्वेद शर्मा आइतबार, माघ ४, २०७७  १६:३४
1140x725

काठमाडौं-
अधमाः धनमिच्छन्ति धनं मानं च मध्यमाः
उत्तमाः मानमिच्छन्ति मानो हि महताम् धनम्।।

अर्थात् सामान्य मानिसका लागि धनको इच्छा ज्यादा हुन्छ। उनीहरुका लागि सम्मानभन्दा धनकै महत्व ठूलो हो। मध्यम मान्छे धन र सम्मान दुवैको इच्छा राख्छ। उत्तम मान्छेका लागि सम्मान नै सर्वोपरि हुन्छ। तर, नीति श्लोकमा भनिएभन्दा आजको समाजमा धन-सम्मानको इच्छा र त्यसका मानवीय गुण फरक हुँदै गइरहेका छन्।

सम्मानको सामाजिक आयाम त यसरी विकास हुँदैछ कि मान्छे त्यसैका लागि धन खर्चिन तयार छ। गरिरहेकै छ। सम्मानमार्फत् धन आर्जन गर्ने पनि बढिरहेकै छन्। सम्मान पाउनुलाई सर्वोच्चताको यस्तो विकाससँग जोडिएको छ जसले प्राप्त उपलब्धि सम्मानको लेपबिना अपूरो लाग्ने गर्दछ। यस्तै सम्मानको शिलशिला गएको हप्ता नेपाली खेल जगतमा पनि देखियो। सर्पको खुट्टा सर्पले देख्छ तर पनि देखेँ भन्न सक्दैन। कतिपय असल नियतका प्रश्नहरु कठिन बनिदिने डर पनि रहन्छ। प्रश्न गर्ने पेशामै भएकाका लागि त आफैमाथिको प्रश्न अझ जटिल विषय हो। 

नेपालमा खेलाडीलाई जीवनयापनकै कठिनाइ छ भनेर प्रश्न उठेको अहिले मात्र होइन। अहिले उचाइमा देखिएका हरेक खेलाडीले खेलेर के हुन्छ? किन खेल्ने? भन्ने प्रश्नको सामना गरेरै अघि बढेका हुन्। कमजोर खेल क्षेत्रमा उपलब्धि पाउँदा वाहवाही हुन्छ र बाँकी समय गुमनाम। जीवन धान्य मेसोमै मेहनत गरिरहेका खेलाडीका लागि प्राप्त उपलब्धिको वाहवाहीसँगै छाक टार्ने जोखिमहरु सधैँ छन्। 

खेलाडीको त्यही उपलब्धिमा हौसला र सम्मान दिन खेल पत्रकारको संस्था ‘नेपाल खेलकुद पत्रकार मञ्च’ (एनएसजेएफ)ले हरेक वर्ष ‘स्पोर्टस् अवार्ड’ कार्यक्रम आयोजना गर्ने गरेको छ। २०५३ सालको उत्कृष्ट खेलाडीबाट सुरु भएको अवार्ड २०६० मा दोस्रोपटक गरिएको थियो। त्यसपछि २०७१ सालको अवार्डबाहेक हरेक वर्ष भव्य रुपमा भइरहेको छ। गएको हप्ता १७औँ संस्करणको कार्यक्रम ‘सेमी-भर्चुअल’ रुपमा भयो। 

खेल क्षेत्रलाई आम मानिसम्म पुर्‍याउन र सम्मानमार्फत् खेलाडीको हौसला बढाउन अवार्डले महत्वपूर्ण काम गरिरहेको छ। सम्मानित हुने खेलाडीमा देखिने खुसी र उत्साहले पनि त्यसलाई पुष्टि गर्छ। उनीहरुले आफ्नो सम्मान र हौसलाले खेल क्षेत्रमा सहयोग पुगिरहेको र अझ राम्रो गर्ने हौसला पाएको बताउँदै आइरहेकै छन्। 

तर, यो सत्कर्मको एउटा यस्तो पाटो छ, जसले खेलाडीलाई केही आधार होस् भन्ने हेतुसमेत रहेको अवार्डले उल्टै खेलाडी मारमा परिरहेका छन्। पिपुल्स च्वाइस अवार्डमा भोटका आधारमा हुने निर्णयले खेलाडीको अनावश्यक खर्च भइरहेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

२०५४ सालमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष प्रशिक्षक र लाइफटाइम अचिभमेन्ट गरी चार विधामा अवार्ड दिइएको थियो। अहिले त्यही अवार्ड विभिन्न १० विधामा वितरण गरिन्छ। जसमा २०६५ सालबाट पिपुल्स च्वाइस अर्थात् लोकप्रिय खेलाडीको अवार्ड दिइँदै आइरहेको छ। जसको निर्क्योल भोटिङका आधारमा हुन्छ। 

सम्मान र मायाको मोल त नहोला तर पुरस्कार र सम्मानका लागि पनि एउटा सीमा त चाहिएला नै। खेलाडीका लागि भाङ्राको टोपीलाई गुँयलाको फूल जस्तो हुनु पनि त भएन।

पहिलो वर्ष २०६५ सालमा लोकप्रिय खेलाडी भलिबलकी मञ्जु गुरुङ बनेकी थिइन्। २०६६ सालमा फुटबलका सन्तोष साहुखल, २०६७ सालमा भलिबलकी सिपोरा गुरुङ, २०६८ सालमा भलिबलकी रमिला तन्डुकार, २०६९ सालमा उसुकी झरना गुरुङ, २०७० सालमा भलिबलकी सरस्वती चौधरी, २०७२ सालमा टेबलटेनिसकी नविता श्रेष्ठ, २०७३ सालमा एथ्लेटिक्सकी कान्छीमाया कोजु, २०७४ सालमा टेबलटेनिसका श्यान्टु श्रेष्ठ, २०७५ सालमा भलिबलकी रेश्मा भण्डारी र यो वर्ष दिइएको २०७६ को अवार्डमा लोकप्रिय खेलाडी भलिबलकी अरुणा शाही बने। 

यसरी ११ जना खेलाडीहरूले लोकप्रिय अवार्ड जितेका छन्। जसमा यसवर्ष ई-सेवामार्फत् भएको भोटिङ, फेसबुक लाइक, प्रशिक्षकले दिने मत र आयोजक मञ्चका सदस्यले दिने मतका आधारमा सर्वाधिक भोट ल्याउने विजेता छानियो। जसमा डलर खर्च गरेर फेसबुकमा भोट मागिएको स्टाटस प्रमोट गर्नेदेखि ई-सेवा भोटिङका लागि ‘जिताउ अभियान’ नै सञ्चालन भए। जसबाट भोटका लागि खेलाडीको लाखौँ खर्च भयो।

अहिले अवार्ड जित्ने खेलाडीहरू नै अलि फरक रुपमा काम होओस् भन्ने सोचमा देखिन्छन्। तर उनीहरु खुलेर बोल्न सकिरहेका छैनन्। अनौपचारिक कुराकानीमा अवार्ड खर्चको नराम्रो मेसो हुने गरेको बताउँछन्। तर, उनीहरु नै जितका लागि हरसम्भव मेहनतमा लाग्न बाध्य जस्तो भइरहेका छन्। अवार्ड जित्नु, सम्मान लिनु मनोनयनमा परेका खेलाडीका लागि मात्रै होइन, उनीहरुको खेल विधा नै जोडिने गरेकाले पनि फरक प्रतिष्ठाका रुपमा हेरेर खर्च बढिरहेको छ। 

यसवर्ष पिपुल्स च्वाइस अवार्ड जितेकी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई लाखौँ रुपैयाँ खर्च गरेर भोटिङ गर्ने मन थिएन। 'जिताउ अभियान'मार्फत् र उनलाई रुचाउने समर्थकबाट संकलन भएको झन्डै १० लाख रुपैयाँ अवार्डका लागि खर्च गरिन्। 

सम्मान र मायाको मोल त नहोला तर पुरस्कार र सम्मानका लागि पनि एउटा सीमा त चाहिएला नै। खेलाडीका लागि 'भाङ्राको टोपीलाई गुँयलाको फूल' जस्तो हुनु पनि त भएन। खेल क्षेत्रको सूचना, समाचारको सञ्चार मात्र होइन खेलाडीको यावत् विषयमा मद्धत गर्ने खेल पत्रकार मञ्चले खेलाडीबाटै कमाइको माध्यम बनाउनु राम्रो पनि नहोला। ई-सेवामार्फत भएको भोटिङमा आम्दानीको ३० प्रतिशत रकम ई-सेवाको र ७० प्रतिशत रकम आयोजक खेलकुद पत्रकार मञ्चको हुन्छ। पिपुल्स च्वाइस अवार्डमार्फत् पुरस्कारमा पाइने बजाज पल्सर १६० एनएसको मूल्य २ लाख ९० हजार ९ सय रुपैयाँ रहेको छ। जबकि त्यसमा एक खेलाडीको झन्डै १० लाख रुपैयाँ खर्च भएको छ।  

कप्तान अरुणाले पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई भोटमार्फत जितेर अवार्ड लिइन्। एनएसजेएफका अनुसार अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गर्दा मन्देकाजी श्रेष्ठ २८.४५७ प्रतिशत भोटसहित दोस्रो स्थानमा रहे। तेस्रो स्थानमा सदिना १३.४९९, चोथोमा गौरिका १३.३०९ तथा पाँचौमा सावित्राले ७.२१८ प्रतिशत मत प्राप्त गरे।

त्यसलाई अझ भिन्न गरेर हेर्दा अरुणाले ई-सेवाबाट १ लाख ९४ हजार ७ सय ४७, फेसबुक लाइकबाट ९ हजार ५ सय २२, प्रशिक्षकको मतबाट २.७०४ र आयोजक मञ्चका सदस्यबाट २.५०० प्रतिशत मत पाएकी थिइन्। अरुणाले ई-सेवामार्फत पाएको भोट मात्र ९ लाख ७३ हजार ७ सय ३५ रुपैयाँको हुन्छ। यसैले अरुणालाई भएको खर्च भन्दा भोट कसरी कम भयो भन्ने पनि लागिरहेकै छ। 

धेरै जोगी मठ उजाड जस्तो खेल संघहरु रहेको नेपाली खेलकुदमा पत्रकारको संस्थाले पनि खेलाडीलाई कमाइको माध्यम बनाउनु भने उचित होइन। खेलाडीको ठूलो रकम खर्च नहुने र आम खेल समर्थक पनि जोडिने गरि आउँदा वर्ष काम गर्न सकियोस्।

अरुणासँगै जित्ने अभियानमा खटिएरै लागिपरेका थिए करातेका मन्देकाजी श्रेष्ठ पनि। उनको पनि खर्चको हिसाब लामो छ। एनएसजेएफकै अनुसार मन्देकाजीले इसेवामार्फत १ लाख ६ हजार ६ सय ७२ मत पाएका थिए। यी दुईसँगै अन्य खेलाडीलाई पनि चाहनेहरुले आफूखुसी भोट गरेकै थिए। मनोनयनमा रहेका खेलाडी संलग्न खेल संघहरुले पनि भोटिङका लागि खुला रुपमा आह्वान गरेका थिए।

हुन त अवार्डका लागि खेलाडीलाई रकम खर्च गर्नुपर्ने स्वइच्छा मात्र हो। पौडीकी गौरिकाले जस्तो भोटका लागि कुनै अभियान सञ्चालन नगरी अन्तिम दिनको कार्यक्रम पर्खन पनि सकिन्छ नै। तर सबै खेलाडीको हकमा चुपचाप बस्न सजिलो पनि छैन। 

यसपटककी विजेता अरुणा भन्छिन्, ‘सुरुवातमै मलाई यस्तो खर्च गर्नु ठीक लागेको पनि थिएन। एउटा मोबाइल सिमबाट एउटा भोट गर्ने हो भने ठीक हुने कुरा हो। यो त जो आर्थिक रुपमा बलियो छ त्यसले जित्ने जस्तो देखियो।’

कोभिडको यस्तो महामारीमा धेरै रकम खर्च गर्न नहुने सोच भएको भन्दै अरुणा भन्छिन्, ‘मैले अभियानमा रहनुभएका दाइहरुलाई सुरुमा होस्, नगरौं भनेको थिएँ, तर भलिबलले यस्तो राम्रो छाप छोडेको छ। राम्रो नतिजा निकालेको पनि छ। बीचैबाट तैँले यसरी हात झिक्नु हुन्न, हामी गरिहाल्छौं नि भनेपछि हुन्छ नि त भनेर लागेको हो। तर मलाई चाहिँ यो ठीक हो जस्तो लाग्दैन।’ 

अवार्डका लागि आम समर्थकबाट अभियानमार्फत् हुने रकम संकलन अरु नै कुनै सामाजिक काममा खर्च गर्ने सोच पनि अरुणाले बनाएकी थिइन्। तर, त्यो सम्भव भएन। उनको रकम ई-सेवामार्फत भोटिङमा नै खर्च भयो। त्यसले खेल क्षेत्रको विकासमा हुन सक्ने विभिन्न काममा सम्मानको छाया ठूलो भइदियो। धान खाने मुसो चोट पाउने भ्यागुतो भनेजस्तो फर्केर हेर्दा अलि बढी नै गरियो कि भन्ने सोचबाहेक अब गर्न सकिने अर्को विकल्प पनि छैन। विकल्प के छ भने आयोजकले आउने कार्यक्रम अलि फरक ढंगमा सोच्न भने सक्छन् नै। 

गएको हप्ता अरुणाले जस्तै अवार्डको पुरस्कार वर्ष उत्कृष्ट महिला खेलाडी बनेकी गौरिका सिंह, वर्ष उत्कृष्ट पुरुष खेलाडी मन्देकाजी श्रेष्ठ, वर्ष उत्कृष्ट प्रशिक्षक तेक्वान्दोका नवीन कुमार श्रेष्ठले पनि जितेका हुन्। तर, उनीहरुको विधामा अरुणाले जितेको जस्तो अभियान, मेहनत र रकम लागेन। 

आखिर नेपाली खेलकुदमा देखिएको विकासमा खेल पत्रकारको भूमिका सधैँ प्रमुख नै छ। खेलाडीको जीवनयापनका सवालमा कलम चलाउने र उनीहरुका लागि केही नीतिगत निर्णय नै परिवर्तन गराउने पत्रकार नै हौँ। जसले खेलाडीको खेलपछिको जीवनमा पनि केही सहयोग भइरहेको नै छ।

धेरै जोगी मठ उजाड जस्तो खेल संघहरु रहेको नेपाली खेलकुदमा पत्रकारको संस्थाले पनि खेलाडीलाई कमाइको माध्यम बनाउनु भने उचित होइन। खेलाडीको ठूलो रकम खर्च नहुने र आम खेल समर्थक पनि जोडिने गरि आउँदा वर्ष काम गर्न सकियोस्। अवार्ड कार्यक्रमको प्रायोजकमार्फत नै हुने कमाइमा विचार गरेर खेलाडी मारमा पर्ने भोटिङ अवार्डमा ध्यान दिइयोस्। यस्ता अवार्डपछि खेलाडीहरु वल्लो घाट न पल्लो तीर, वारि खाल्डो पारि भीर जस्तो अवस्थामा नहोउन्, हामी सबैले सोच्ने कि!

प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, साउन २६, २०८३
१५औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोक्न माग गर्दै शशांकले लेखे पार्टीलाई पत्र मंगलबार, साउन २६, २०८३
सांसद मन्डलको प्रश्न : मल पर्याप्त छ भने कहाँ छ ? मंगलबार, साउन २६, २०८३
‘अपराधीलाई कोर्रा हान्नुपर्छ’ भन्ने हर्क साम्पाङको प्रस्तावमा इन्दिराको कडा आपत्ति मंगलबार, साउन २६, २०८३
देउवा समूहको राष्ट्रिय भेलामा शेखर कोइराला पनि सहभागी हुने मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
रविका ‘राइट ह्यान्ड’ दीपक बोहोराले गरिरहेको संकेत के हो ? सोमबार, साउन २५, २०८३
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
‘सिंहदरबार’ नाममाथि बहस चल्दा शङ्कर पोखरेलले सम्झाए सिंहका ६ विशेषता सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्