• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बीमा समितिको अध्यक्ष नहुँदा दैनिक काम काज नै अड्कियो

64x64
नेपाल लाइभ शनिबार, माघ ३, २०७७  १०:५०
1140x725

काठमाडौं- बीमा समिति औपचारिक रुपमा १० दिनदेखि नेतृत्वविहीन छ। नेपाल सरकारले अध्यक्षको कार्यकाल सकिनुअघि नै आवश्यक प्रक्रिया अगाडि बनाउनुपर्नेमा अहिलेसम्म कुनै पनि प्रक्रिया अगाडि बढाएको छैन। बीमा ऐन २०४९ को दफा तीनअनुसार नेपाल सरकारले नियुक्त गरेको वा तोकेको व्यक्ति अध्यक्ष हुने प्रावधान छ। अध्यक्षको पद पुस २३ गतेदेखि रिक्त छ। तर अर्थमन्त्रालयले यसको कुनै पनि प्रक्रिया अगाडि बढाएको छ। सरकारले आफूले चाहेको व्यक्तिलाई सजिलै नियुक्त गर्न सक्छ। 

चिरञ्जीवि चापागाई पुस १४ गतेदेखि नै बिदामा बसेका थिए। उनी बिदामा बसेयता अध्यक्षले गर्नुपर्ने सम्पुर्ण काम अड्किएर बसेको छ। समितिको अध्यक्ष नै कार्यकारी प्रमुख हुने भएकाले अध्यक्षबिना कुनै पनि निर्णय हुन सक्दैन। 

समितिमा हाल २ सयभन्दा धेरै मुद्दा पेण्डिङमा छन्। उक्त मुद्दाको सुनुवाइ अध्यक्षबिना हुनै सक्दैन। अध्यक्ष आउन जति ढिलाइ हुन्छ यस्ता मुद्दाको संख्या थप बढ्दै जाने बीमा समितिका कानुनी शाखाका डेपुटी डाइरेक्टर शाम्बराज लामिछानेले जानकारी दिए। समितिमा परेका उजुरीलाई जति चाँडो फैसला हुन्छ‚ त्यति नै चाँडो बीमितले न्याय पाउँछन्। बीमा कम्पनीले समयमा दाबी भुक्तानी नगर्दा समितिमा दर्जनौँ मुद्दा दायर भएका छन्। समिति अर्धन्यायिक निकाय भएकाले बीमितले उसले दिएको फैसला कुर्नुपर्छ। समितिले गरेको फैसलाप्रति चित्त नबुझेमात्रै पुनरावेदनका लागि उच्च अदालत जान सकिन्छ। 

समितिको ऐनमा अध्यक्षको अनुपस्थितिमा कार्यकारी भूमिका अरु कसैलाई दिने व्यवस्था छैन। साथै समिति आफैँले कसैलाई पनि अध्यक्षको अधिकार प्रत्यायोजन गर्न सक्दैन। त्यसैले गर्दा अध्यक्षको अनुपस्थितिमा बीमा समितिले नियमित रुपमा कम्पनीको नियमन र सुपरिवेक्षण गर्न सकिरहेको छैन। अध्यक्ष नहुँदा कम्पनीहरुको कुनै पनि काम हुन नसकेको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए। पोलिसी एप्रुभल 'स्वीकृति' नहुँदा कम्पनीहरुले बजारमा नयाँ पोलिसी ल्याउन सकिरहेका छैनन्। 

धेरै कम्पनीहरुले अघिल्लो आर्थिक वर्षकै साधारणसभा गर्न सकेका छैनन्। साधारणसभाको स्वीकृति दिने काम पनि अध्यक्षबिना अगाडि बढ्न सकेको छैन। केही कम्पनीहरुले साधारणसभाका लागि अनुमति मागिरहेका छन्। त्यस्तै दर्जनभन्दा बढी कम्पनीहरुले एक्चुरियल भ्यालुएसनको प्रतिवेदन स्वीकृतिका लागि समितिमा पेश गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्षबिना उनीहरुको उक्त प्रतिवेदन स्वीकृत हुन सकिरहेको छैन। एक्चुरिको मूल्याङ्कन स्वीकृत भएपछि मात्रै कम्पनीहरुले लेखापरीक्षण प्रतिवेदन तयार पार्न सक्छन्। अहिले यो काम सबैभन्दा धेरै प्रभावित भइरहेको छ। यस अगाडिका अध्यक्षले कम्पनीहरुलाई कडाइ गर्न नसक्दा उनीहरुले दुई वर्षदेखि साधारणसभा गरिरहेका छैनन्। 

बीमा क्षेत्रमा आवश्यक पर्ने नीति नियम बनाउनेदेखि लिएर निर्देशन दिनेसम्मका काम अड्किएका छन्। ३६ हजारभन्दा धेरै बीमितले कोरोना बीमाको दाबी भुक्तानी पाउन सकेका छैनन्। अध्यक्ष नहुँदा समितिले आवश्यक निर्देशन दिन सकेको छैन। बीमा क्षेत्रमा आवश्यक पर्ने निर्देशन, मूल्याङ्कन समितिको नियमित काम कारबाहीभित्रै पर्छ। 

मन्त्रालयमा अध्यक्षको लागि धेरै जनाले लविङ गरेता पनि मन्त्रालयले अझै पनि नामावली तयार पारेको छैन। चालु आर्थिक वर्षको ६ महिनाको राजस्व संकलनको लक्ष्य पुर्‍याउन जुटेका कारणले यसमा कुनै पनि प्रक्रिया अगाडि नबढेको मन्त्रालय स्रोतले जानकारी दियो। 

Xtrem
Xtrem

दौडमा को को छन्?
बिमा समितिको अध्यक्षको दौडमा नेपाल राष्ट्र बैंकको गभर्नरको दौडबाट बाहिरिएका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले दाबी गरिरहेका छन्। उनीसँगै नेपाल पुनर्बिमा कम्पनीका पूर्वअध्यक्ष महेश गुरागाईं पनि दौडमा छन्। उनी नेपाल चार्टर्ड एकान्टेन्ट्स संस्थाका अध्यक्ष पनि हुन्। 

नेपाल स्टक एक्सचेन्जका पूर्वअध्यक्ष टंक पनेरुलगायतले लबिङ गरिरहेका छन्। नेकपाको फुटसँगै प्रधामन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललाई मनाउन सक्ने तथा उनीहरू निकट व्यक्तिहरू नै बिमा समितिको अध्यक्ष हुने पक्का छ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
एमाले केन्द्रीय कमिटी बैठकले के–के निर्णय गर्‍यो? [सूचीसहित] बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्