काठमाडौं- सर्वाेच्च अदालते न्यायाधीश र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट नभएकाे दाबी गरेकाे छ।
शुक्रबार बिहान प्रधानमन्त्री ओली र सर्वोच्चका न्यायाधीशहरूबीच भेट भएको समाचार सार्वजनिक भएपछि सर्वोच्चले खण्डन गरेको हो।
'संवैधानिक इजलासका न्यायाधीश सपना मल्लसहित चार न्यायाधीशसँग प्रधानमन्त्री ओलीको भेट' भन्ने शीर्षक राखी समाचार प्रकाशन भएकोमा यस अदालतको गम्भीर ध्यानाकर्षण भएको छ,' सर्वोच्चको विज्ञप्तिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।