काठमाडौं- प्रचण्ड-माधव पक्षको नेकपाले काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ। आन्दोलन अघि बढाउन थप छलफल चलाइरहेका र आन्दोलनमा ठूलो संख्यामा कार्यकर्ता उतार्ने गरि विरोध कार्यक्रमको प्रारुपका विषयमा छलफल भएको अध्यक्ष माधवकुमार नेपालले बताए।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय राजधानीमा विरोध प्रर्दशनलाई व्यापक बनाउने निर्णय गरेको नेता सुरेन्द्र पाण्डेयले जानकारी दिए।
‘१४ गते पछिका विरोध प्रर्दशनमा ठूलो उभार आएन भन्ने प्रतिक्रिया आएको छ। आन्दोलनमा शिथिलता आएको हो कि परेको रहेछ। अबको विरोध कार्यक्रम थप शसक्त हुन्छ,’ पाण्डेयले भने।
निर्वाचन आयोगलाई थप प्रष्ट पारी पत्र पठाएको जानकारी दिदैं प्रधानमन्त्री केपी ओली पक्षको दाबीको अर्थ नभएको अध्यक्ष नेपालले बताए। उनले भने, ‘ओली गुटको दाबीको अर्थ हुँदैन। केपी कमरेडको गुट हो। पार्टी होइन।’
गाली गर्ने ओलीको चरित्र भएको बताउँदै आफ्नो संस्कार ओलीले देखाएको टिप्पणी गरे। ‘पदको गरिमा र मर्यादा ओलीले कायम राख्नुभएको छैन,’ नेपालले भने।
बैठक शुक्रबार बिहान ११ पुनः बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।