• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२ Sat, May 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य
स्पोर्टस् अवार्ड : गौरिका र मन्देकाजी उत्कृष्ट खेलाडी
64x64
सराेज तामाङ मंगलबार, पुस २८, २०७७  २०:०८
1140x725

काठमाडौं- गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्।

१३औं सागमा ४ स्वर्ण पदक विजेता गौरिका वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन्। गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै अवार्ड जितेकी हुन्।

त्यस्तै, मन्देकाजीले उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड पाएका हुन्। मन्देकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई उछिन्दै अवार्ड जितेका हुन्।

१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन्। २०० मिटर फ्रि–स्टायल, २००  मिटर ब्याकस्ट्रोक, ४०० मिटर फ्रि–स्टायल र १०० मिटर फ्रि–स्टायलमा स्वर्ण पदक जितेकी थिइन्। त्यस्तै, उनले ५० र १०० मिटर ब्याक स्ट्रोकमा रजत पदक जितेकी थिइन् भने स्विमिङ टिम इभेन्ट्समा तीन कास्य पदक जितेकी थिइन्। त्यस्तै, २०७६ साल मै नेपालगञ्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले १२ स्वर्ण जित्दै कीर्तिमानमाथि कीर्तिमान कायम गरेकी थिइन्।

यता, मन्देकाजीले १३औं सागमा दुई स्वर्ण जितेका थिए। आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक जितेका उनी टिम कातातर्फ भने रजतमै सीमित भएका थिए। गत वर्ष बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भने मन्देकाजीले एकल कातातर्फ कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए।

अरुणाले जितिन् पिपल्स च्वाइज अवार्ड
भलिबलकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइज अवार्ड जितेकी छिन्। कप्तान अरुणाले पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई उछिन्दै अवार्ड जितेकी हुन्। 

२७ वर्षिया अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गरिन्। यस विधामा करातेका मन्डेकाजीले २८.४५७ प्रतिशत मत ल्याए। बास्केटबलकी सदिनाले १३.४९९ प्रतिशत मत ल्याइन भने पौडीकी गौरिकाले १३.३०१ प्रतिशत मत हालिस गरेकी थिइन्। त्यस्तै फुटबलकी सावित्राले ७.२१८ प्रतिशत मत ल्याइन्।

Ncell 2
Ncell 2

एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा नेपालले स्वर्ण जित्दा कप्तान अरुणा थिइन्। उनकै कप्तानीमा नेपालले एक सेट पनि नगुमाई स्वर्ण जितेको थियो।

त्यस्तै, अरुणाकै कप्तानीमा नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक फाइनलमा पुगेको थियो। भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाली महिला टिम रजत पदकमै सीमित भएको थियो।

अरुणालाई जिताऔं भन्दै पोखरामा न्यु डायमण्डसँग एपीएफको मैत्रीपूर्ण खेल समेत खेलाइएको थियो।

सुवासलाई वर्ष उत्कृष्ट युवा अवार्ड
गल्फका सुवास तामाङले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भए। सुवासले तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेनलाई पछि पार्दै अवार्ड जितेका जिते।

shivam cement

shivam cement

सुवासले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा दुई वटा स्वर्ण जितेका थिए। त्यस्तै, आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका सुवासले राहुल विक र निश्चयजंग राजमाझीसँग टिम इभेन्ट्समा रजत पदक जितेका थिए।

फाल्डो सिरिज छनोट २०७६ मा च्याम्पियन बनेका उनले सूर्य नेपाल प्रिमियर लिगमा पनि च्याम्पियन बनेका थिए।

नवीनलाई वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड
तेक्वान्दोका प्रशिक्षक नवीन कुमार श्रेष्ठले वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड पाएका छन्। नवीनले उसुका अमर कुमार थिङ, कराँतेका मदन उप्रेती, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्कीलाई पछि पार्दै वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते।

१३औं सागमा तेक्वान्दोबाट नेपालले सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक जित्दा नवीन प्रशिक्षक थिए। तेक्वान्दोमा नेपालका सबै २९ जना खेलाडीले पदक पाएका थिए। उनी चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप नेपालले खेल्दा टिमका प्रशिक्षक थिए।

वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड पाएका नवीनले एक थान पल्सर मोटरसाइकल पाएका छन्।

आयशा र सन्तोषीलाई स्पेसल अवार्ड
तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत स्पेशल अवार्ड पाएका छन्।
आयशा र सन्तोषीले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय जगतमा स्वर्ण पदक जितेका थिए। २०७६ सालमा नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोकी आयशाले दुई वटा स्वर्ण पदक जितेकी थिइन्। त्यस्तै, उनले आठौं राष्ट्रिय खेलकुदमा भने कास्य पदक जितेकी थिइन्।

एथ्लेटिक्सकी सन्तोषीले १३ औं सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन्। सन्तोषी १३ औं सागमा एथ्लेटिक्समा स्वर्ण जित्ने एक मात्र महिला खेलाडी हुन्। १३ औं सागमा एथ्लेटिक्समा नेपालले ३ स्वर्ण जितेको थियो।

महिला भलिबललाई टिम अफ द इयर अवार्ड
महिला भलिबल टिमले टिम अफ द इयरको अवार्ड पाउन सफल भयो। एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपको उपाधि जित्दै नेपाली महिला टिमले ऐतिहासिक सफलता पाएको थियो। नेपालले एक सेट पनि नगुमाई स्वर्ण जितेको थियो।

नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक फाइनलमा पुगेको थियो। भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाली महिला टिम रजत पदकमै सीमित भएको थियो।

सिजरिन र गीतालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
पूर्व टेबलटेनिस खेलाडी सिजरिन शाह र गीता क्षेत्रीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। टेबलटेनिसमा लामो समयसम्म योगदान पुर्याएका सिजरिन र गीतालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो।

सन् अस्सीको दशकमा गीता र सिजरिनले यस्तै बाधा मात्र तोडेनन्, नेपाली खेलकुद इतिहासकै एक सर्वकालीन गौरवको उपलब्धी पनि हात पारे। सन् १९९१ को पाँचौं दक्षिण एसियाली खेलकुदमा नेपालले दुई स्वर्ण पदक जितेकोमा यी दुवै महिला खेलाडीको नाममा रह्यो। श्रीलंकाको कोलम्बोमा गीता र सिजरिनले आत्मसात् गरेको त्यो उपलब्धी दक्षिण एसियाली खेलकुदमा महिलाले नेपालका लागि जितेको पहिलो स्वर्णका रूपमा रहेको छ।

अन्तर्राष्ट्रिय रुपमा नेपाललाई चिनाएका सिजरिन र गीतालाई यो अवार्डबाट सम्मान गरिएको हो।

त्यस्तै, दिगमसिंहलाई पारा एथलिट अवार्ड प्रदान गरिएको भने एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्डबाट भने अहमद खवारी इशालाई दिइएको छ।
पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइज अवार्डका विजेताले पल्सर स्पोर्ट्स मोटरसाइकल पाएका छन्। त्यस्तै, हरेक विधाका विजेताले ५० हजार नगद पाएका छन्।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ। डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाइ) हुने अवार्डमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीको प्रायोजन रहेको छ।

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  २०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जुम्ला–रारा म्याराथन भोलि देखि, ५९१ धावक सहभागी हुँदै कर्णाली स्पोर्ट क्लबले आज यहाँ पत्रकार सम्मेलन गरेर  छैटौँ संस्करणको दौडको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । शुक्रबार, वैशाख २६, २०८२
नवौं पीएम कप एनभीए भलिबल लिग पोखरामा हुने नेपाल भलिबल संघको आज बसेको कार्यसम्पदान समितिको बैठकले नवौं एनभीए भलिबल लिग पोखरामा गर्ने निर्णय गरेको संघका महासचिव रोशन श्रेष्ठले... बुधबार, वैशाख २४, २०८२
अदिशलाई अस्ट्रेलियामा गोल्डकोस्ट ओपन तेक्वान्दोको स्वर्ण पदक अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन्। आदिशले च्याम्पियन ह... आइतबार, वैशाख २१, २०८२
ताजा समाचारसबै
क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि शनिबार, वैशाख २७, २०८२
काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह शनिबार, वैशाख २७, २०८२
राजाहरुले देश कंगाल बनाए : प्रधानमन्त्री ओली शनिबार, वैशाख २७, २०८२
नादसँग झङ्कृत हुँदा शनिबार, वैशाख २७, २०८२
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
नेपाली सीमा क्षेत्रबाट भारतीय भूमिमा प्रवेश नगर्न चिनियाँ नागरिकलाई दूतावासको निर्देशन शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्