• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

ब्रोकरकै कारण दुई दिनमा राफसाफ हुँदैन सेयर कारोबार

64x64
नेपाल लाइभ मंगलबार, पुस २८, २०७७  १४:१४
1140x725
फाइल तस्बिर

काठमाडौं- ब्रोकरहरुकै कारण लगानीकर्ताले सेयर किनेको दुई कारोबार दिनभित्र पाउन सकेका छैनन्। नेपाल धितोपत्र बोर्डले दुई कारोबार दिनभित्र सेयर कारोबारको राफसाफ गर्न भने पनि कुनै पनि लगानीकर्ताले सेयर किनेको २ कारोबार दिनभित्र आफ्नो खातामा सेयर पाउन सकेका छैनन्। बोर्डले दुई कारोबार दिनमा राफसाफ हुने व्यवस्था गर्न निर्देशन जारी गरेपनि ब्रोकरहरूले लगानीकर्ताले सेयर किनेको एक साताभन्दा बढी अवधिमा मात्र राफसाफ गर्ने गरेका छन्। 

सेयर खरिद गरेको दिनसहित थप दुई कारोबार दिन (टि प्लस टु अर्थात् ट्रेडिङ प्लस टु ट्रान्सेक्सन डे)भित्र राफसाफ गर्न बोर्डले व्यवस्था गरेको हो। तर ब्रोकरले समयमा राफसाफको प्रक्रिया अगाडि नबढाउँदा लगानीकर्ताले सेयर खरिद गरेको दुई दिनभित्र पाउन सकेका छैनन्। 

बोर्डले कानुनी रुपमा 'टि प्लस टु'भित्र राफासाफ हुने व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयन नभएको सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बताए। दोस्रो बजारमा अनलाइन प्रणाली भएपनि अझै पनि पैसाको कारोबार भने पूर्ण रुपमा अनलाइन भइसकेको छैन।

ब्रोकरले बढी कमिसन आर्जन गर्न लगानीकर्ताले अर्डर दिने बित्तिकै सेयर किनिदिन्छन् तर लगानीकर्ताले ब्रोकरको खातामा पैसा नपठाउँदा समस्या आएको हो। ब्रोकर एसोसिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाटले भने, 'लगानीकर्ताले १० लाखको सेयर किन्न अर्डर दिन्छन् तर ५० हजार रुपैयाँ बाँकी राखे भने सेयर दिने कुरा हुँदैन त्यसैले राफसाफमा ढिला भएको हो।' 

लगानीकर्ताले समयमै पैसा दिए दुई कारोबार दिनमा राफसाफ गर्न कुनै समस्या नभएको रानाभाट बताउँछन्। तर नगद कारोबार गर्दा पनि ५/६ दिनसम्म सेयरधनीको खातामा सेयर नगएको अर्यालको अनुभव छ। 

कतिपय अवस्थामा ब्रोकर आफैँले काम नगरिदिँदा यस्तो भएको सिडिएस एन्ड क्लियरिङले बताएको छ। ब्रोकरले डिआइएस स्लिप समयमा नदिँदा खरिदकर्ता सबैभन्दा धेरै मारमा पर्ने गरेका छन्।

ब्रोकर कम्पनीमा सयौँ लगानीकर्ताले सेयर बिक्री गर्छन्। लगानीकर्ताले भौतिक रुपमै डिआइएस स्लिप ल्याउँदा म्यानुअल काम गर्नुपर्ने भएकाले समस्या सिर्जना भएको रानाभाटको अनुभव छ। कतिपय अवस्थामा 'मेरो सेयर' पनि स्लो हुने र त्यसले गर्दा एक दिन ढिलो हुनसक्ने उनले बताए।

अहिले देखिएको समस्यालाई समाधान गर्ने गरी सेयर राफसाफ हुने व्यवस्था हुन थालेको रानाभाटको दाबी छ। सिडिएससीले यसका लागि प्रणालीको विकास गरिरहेकाले अर्को महिनासम्ममा म्यानुअल रुपमा काम गर्दा हुने ढिलाइलाई अन्त्य गर्न सकिने रानाभाटले बताए। 

Ncell 2
Ncell 2

बढ्दो या घट्दो क्रममा रहेको बजारबाट फाइदा लिने वा अधिकतम घाटा हुनबाट जोगिन जति सक्दो छिटो लगानीकर्ताको खातामा सेयर आउनुपर्ने हुन्छ।

यसले दोस्रो बजारमा प्रयाप्त तरलता सिर्जना गर्छ। एक पटक कारोबार भएपछि रकम एक सातासम्म बन्धक हुने अवस्थाबाट दुई दिनभित्रै बिक्रेताको खातामा पैसा र क्रेताको खातामा सेयर आउँदा दोस्रो बजारमा कारोबार रकम नै बढ्ने विश्लेषकहरु बताउछन्।  

खातामा नआउने अर्को समस्या 'क्लोज आउट' पनि हो। यदि कुनै लगानीकर्ताले आफूसँग नभएको सेयर बिक्री गरिदियो भने ऊ 'क्लोज आउट'मा पर्छ। उसको कारणले उसको सेयर किन्ने लगानीकर्ताले प्राप्त गर्न सक्दैन। यसले गर्दा पनि सेयरधनीको खातामा सेयर आउन ढिलाइ हुन्छ। यसका लागि लगानीकर्ता तथा ब्रोकरले अक्सन मार्केटको व्यवस्था गर्न माग गरिरहेका छन्। 

अर्कोतर्फ पूर्ण रुपमा नगदसहितको कारोबार हुने भने यस्तो समस्या नै नहुने ब्रोकर बताउँछन्। विगत लामो समयदेखि ब्रोकरले उधारोमै सेयर कारोबार गर्ने गरेका छन्। उनीहरुले नै लगानीकर्ताको बानी बिगारिदिएका हुन्। जति धेरै कारोबार भयो ब्रोकरलाई कमिसन पनि धेरै आउँछ। त्यसैले गर्दा उनीहरुले जोखिममा उधारोमै सेयर खरिद गरिदिन्छन्। 

सेयर किनेको दिन सहित थप दुई दिनमा राफसाफ हुने भनिएता पनि तेस्रो दिनको बेलुका मात्रै राफसाफ भएर आउने भएकाले स्वभाविक रुपमा चार दिन लाग्ने गरेको रानाभाट बताउछन्। नेप्से तथा धितोपत्र बोर्डले सेयर बजारलाई गतिशील बनाउने बताउँदै गर्दा यस्ता कामले गर्दा लगानीकर्ताले दुःख पाउने गरेका छन्।

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १४:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ
पूर्वराज्यमन्त्री चौधरीको निधन
सम्बन्धित सामग्री
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
दोहोरो अंकले घट्यो नेप्से अघिल्ला तीन कारोबार दिन लगातार बढिरहेको नेप्से बिहीबार १०.६६ अंकले घटेको हो । बुधारको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ ह... बिहीबार, पुस ३, २०८२
ताजा समाचारसबै
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
पूर्वराज्यमन्त्री चौधरीको निधन शनिबार, पुस २६, २०८२
‘पहिले देश नबनेकोमा चिन्ता थियो, अहिले देश नरहने भन्ने चिन्ता छ’: ज्ञानेन्द्र शाह शनिबार, पुस २६, २०८२
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्