• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

ब्रोकरकै कारण दुई दिनमा राफसाफ हुँदैन सेयर कारोबार

64x64
नेपाल लाइभ मंगलबार, पुस २८, २०७७  १४:१४
1140x725
फाइल तस्बिर

काठमाडौं- ब्रोकरहरुकै कारण लगानीकर्ताले सेयर किनेको दुई कारोबार दिनभित्र पाउन सकेका छैनन्। नेपाल धितोपत्र बोर्डले दुई कारोबार दिनभित्र सेयर कारोबारको राफसाफ गर्न भने पनि कुनै पनि लगानीकर्ताले सेयर किनेको २ कारोबार दिनभित्र आफ्नो खातामा सेयर पाउन सकेका छैनन्। बोर्डले दुई कारोबार दिनमा राफसाफ हुने व्यवस्था गर्न निर्देशन जारी गरेपनि ब्रोकरहरूले लगानीकर्ताले सेयर किनेको एक साताभन्दा बढी अवधिमा मात्र राफसाफ गर्ने गरेका छन्। 

सेयर खरिद गरेको दिनसहित थप दुई कारोबार दिन (टि प्लस टु अर्थात् ट्रेडिङ प्लस टु ट्रान्सेक्सन डे)भित्र राफसाफ गर्न बोर्डले व्यवस्था गरेको हो। तर ब्रोकरले समयमा राफसाफको प्रक्रिया अगाडि नबढाउँदा लगानीकर्ताले सेयर खरिद गरेको दुई दिनभित्र पाउन सकेका छैनन्। 

बोर्डले कानुनी रुपमा 'टि प्लस टु'भित्र राफासाफ हुने व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयन नभएको सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बताए। दोस्रो बजारमा अनलाइन प्रणाली भएपनि अझै पनि पैसाको कारोबार भने पूर्ण रुपमा अनलाइन भइसकेको छैन।

ब्रोकरले बढी कमिसन आर्जन गर्न लगानीकर्ताले अर्डर दिने बित्तिकै सेयर किनिदिन्छन् तर लगानीकर्ताले ब्रोकरको खातामा पैसा नपठाउँदा समस्या आएको हो। ब्रोकर एसोसिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाटले भने, 'लगानीकर्ताले १० लाखको सेयर किन्न अर्डर दिन्छन् तर ५० हजार रुपैयाँ बाँकी राखे भने सेयर दिने कुरा हुँदैन त्यसैले राफसाफमा ढिला भएको हो।' 

लगानीकर्ताले समयमै पैसा दिए दुई कारोबार दिनमा राफसाफ गर्न कुनै समस्या नभएको रानाभाट बताउँछन्। तर नगद कारोबार गर्दा पनि ५/६ दिनसम्म सेयरधनीको खातामा सेयर नगएको अर्यालको अनुभव छ। 

कतिपय अवस्थामा ब्रोकर आफैँले काम नगरिदिँदा यस्तो भएको सिडिएस एन्ड क्लियरिङले बताएको छ। ब्रोकरले डिआइएस स्लिप समयमा नदिँदा खरिदकर्ता सबैभन्दा धेरै मारमा पर्ने गरेका छन्।

ब्रोकर कम्पनीमा सयौँ लगानीकर्ताले सेयर बिक्री गर्छन्। लगानीकर्ताले भौतिक रुपमै डिआइएस स्लिप ल्याउँदा म्यानुअल काम गर्नुपर्ने भएकाले समस्या सिर्जना भएको रानाभाटको अनुभव छ। कतिपय अवस्थामा 'मेरो सेयर' पनि स्लो हुने र त्यसले गर्दा एक दिन ढिलो हुनसक्ने उनले बताए।

अहिले देखिएको समस्यालाई समाधान गर्ने गरी सेयर राफसाफ हुने व्यवस्था हुन थालेको रानाभाटको दाबी छ। सिडिएससीले यसका लागि प्रणालीको विकास गरिरहेकाले अर्को महिनासम्ममा म्यानुअल रुपमा काम गर्दा हुने ढिलाइलाई अन्त्य गर्न सकिने रानाभाटले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

बढ्दो या घट्दो क्रममा रहेको बजारबाट फाइदा लिने वा अधिकतम घाटा हुनबाट जोगिन जति सक्दो छिटो लगानीकर्ताको खातामा सेयर आउनुपर्ने हुन्छ।

यसले दोस्रो बजारमा प्रयाप्त तरलता सिर्जना गर्छ। एक पटक कारोबार भएपछि रकम एक सातासम्म बन्धक हुने अवस्थाबाट दुई दिनभित्रै बिक्रेताको खातामा पैसा र क्रेताको खातामा सेयर आउँदा दोस्रो बजारमा कारोबार रकम नै बढ्ने विश्लेषकहरु बताउछन्।  

खातामा नआउने अर्को समस्या 'क्लोज आउट' पनि हो। यदि कुनै लगानीकर्ताले आफूसँग नभएको सेयर बिक्री गरिदियो भने ऊ 'क्लोज आउट'मा पर्छ। उसको कारणले उसको सेयर किन्ने लगानीकर्ताले प्राप्त गर्न सक्दैन। यसले गर्दा पनि सेयरधनीको खातामा सेयर आउन ढिलाइ हुन्छ। यसका लागि लगानीकर्ता तथा ब्रोकरले अक्सन मार्केटको व्यवस्था गर्न माग गरिरहेका छन्। 

अर्कोतर्फ पूर्ण रुपमा नगदसहितको कारोबार हुने भने यस्तो समस्या नै नहुने ब्रोकर बताउँछन्। विगत लामो समयदेखि ब्रोकरले उधारोमै सेयर कारोबार गर्ने गरेका छन्। उनीहरुले नै लगानीकर्ताको बानी बिगारिदिएका हुन्। जति धेरै कारोबार भयो ब्रोकरलाई कमिसन पनि धेरै आउँछ। त्यसैले गर्दा उनीहरुले जोखिममा उधारोमै सेयर खरिद गरिदिन्छन्। 

Xtrem

Xtrem

सेयर किनेको दिन सहित थप दुई दिनमा राफसाफ हुने भनिएता पनि तेस्रो दिनको बेलुका मात्रै राफसाफ भएर आउने भएकाले स्वभाविक रुपमा चार दिन लाग्ने गरेको रानाभाट बताउछन्। नेप्से तथा धितोपत्र बोर्डले सेयर बजारलाई गतिशील बनाउने बताउँदै गर्दा यस्ता कामले गर्दा लगानीकर्ताले दुःख पाउने गरेका छन्।

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १४:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्