• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

ठेकेदार बनेर लाखौं ठग्ने गीता

64x64
नारायण अधिकारी मंगलबार, पुस २८, २०७७  ०९:५०
1140x725

काठमाडौं– सुरेशबाबु श्रेष्ठको पोखरा महानगरपालिका–५ जिरो किलोमा बुढीगण्डकी कन्ट्रक्शन एण्ड सप्लायर्स प्रालि र गण्डकी हार्डवयेर एण्ड सप्लायर्स व्यवसाय सञ्चालन गर्दै आएका छन्। 

गत भदौ १ गते दिउँसो अन्दाजी २ बजेतिर बा २३ च ६६२१ नम्बरको उनको पसल अगाडि आएर रोकियो। श्रेष्ठको पसलमा पुगेका उनीहरुले परिचय दिए, मानबहादुर रोक्का, रञ्जिता भन्ने गीता सुवेदी, प्रेम लामा, नरबहादुर श्रेष्ठ र विकास सिंजाली।

उनीहरुले पिन्सु एकसपोर्ट प्रालि नामको कम्पनी दर्ता गरी ठेक्काको काम गर्दै आएको हार्डवेयर सञ्चालक श्रेष्ठलाई बताए। लमजुङको भोर्लेटारमा बाटो निर्माणको लागि ५० करोडको ठेक्का पाएको र त्यसका लागि धेरै नै हार्डवेयर चाहिएका उनीहरुले बताए। 

‘ठूलैमात्रामा व्यापार गरिदिन्छौं भनी मलाई विश्वासमा पारे। मेरो पसलबाट पटक पटक गरी २३ लाख ७१ हजार ७ सय ६८ रुपैयाँ बराबरको फलामको छड किने‚’ श्रेष्ठले कास्की जिल्ला अदालतमा दिएको बयानमा उल्लेख छ, ‘२३ लाख भन्दा बढीको सामान किने पनि त्यसबेला  १ लाख ४ हजार ४ सय ६ रुपैयाँ नगद र बाँकी रकमको चेक दिए।’

पिन्सु एकपोर्ट प्रालिको नाममा रहेको महालक्ष्मी विकास बैंकको चेक दिए। चेक साट्दा खातामा पर्याप्त रकम नभएको नभएको कारण चेक सटही भएन। 
त्यसपछि ठगिएको गन्ध पाएका श्रेष्ठले प्रहरीकोमा ठगीको कसुरमा जाहेरी दिएका थिए।

लमजुङ भनेर बनेपामा झारियो छड
अनुसन्धानको क्रममा गीता सुवेदीसहितका व्यक्तिले झुक्यानमा पारेर ठगी गरेको पाइएको छ। लमजुङको भोर्लेटारमा बाटो निमार्णका लागि भनेर खरिद गरिएका छड रातारात ट्रकमा लोड गरेर बनेपामा झारिएको अनुसन्धानबाट खुलेको थियो। 

ना ३ ख ५०७० नम्बरको ट्रकका चालक रामबहादुर थापालाई भनेर २३ हजार भाडा दिएर बनेपामा उक्त छड झारिएको पाइएपछि उनीहरुको ठगको कर्तुत बाहिरिएको हो। 

सुरेशबाबुले गुरु गणेश हार्डवेयर सञ्चालक राजकुमार प्रजापतिसँगको मिलेमतोमा ठगी गरी उनकै हार्डवयेरमा समान झारेको भन्दै ठगीको उजुरी दिएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

चेक दिएपछि खाता क्लोज
गीता सुवेदीले छडको रकम वापतको चेक दिएपछि खाता क्लोज समेत गरेको पाइएको छ। तर उनले बयानमा भने आफ्नो नामको चेक हराएकोले रद्द गर्न भनेर बैंकमा निवेदन दिएको बताएकी थिइन्।

‘म यहाँ नाम उल्लेख गरेका कसैलाई पनि चिन्दिन, मेरो कम्पनीको नामबाट जारी भएको चेकमा भएको सहीछाप मेरो होइन, उक्त चेकहरूमा को–कसले सहीछाप गरेका हुन् मलाई केही थाहा भएन‚’ अदालतमा गीताले इनकारी बयान दिइन्। 

आफ्नो सहीछापबाट जारी भएको चेक हराएकोले रद्द गरिपाऊँ महालक्ष्मी विकास बैंक न्यूरोड, काठमाडौमा निवेदन दिएको र उक्त चेक मैल नकाटेको कसले काट्यो खोजी कारबाही गरी पाउँ भन्दै महानगरीय प्रहरी कार्यालय काठमाडौं समेत निवेदन दिएको उनले बयान दिएकी थिइन्। 

तर अनुसन्धानका क्रममा भने ठगी गर्ने नियतले उनले चेक दिएपछि खाता क्लोज गरेको पाइएको थियो। त्यस्तै जाहेरीमा आफ्नो नाम गीता सुवेदी लेखिएको तर आफू गीता पुन भएको उल्लेख गर्दै छुटकारा पाउनुपर्ने तर्क राखेकी थिइन्।

Xtrem

Xtrem

उनीसँगै हार्डवेयर किन्न गाडीमा गएका भनिएकाहरुको भने ठगीमा कुनै भूमिका अनुसन्धानबाट खुलेन।

प्रमाण भन्छ- ठगीका योजनाकार गीता हुन्
अदालतमा गीताकुमारीले इन्कारी बयान दिए पनि विभिन्न प्रमाणले भने उनी ठगीको योजनाकार भएको देखाएको छ।

गीताकुमारीले सञ्चालन गरेको प्रिन्सु एक्सपोर्ट इम्पोर्टको नाममा महालक्ष्मी विकास बैङ्कको चेकहरू जाहेरवालालाई दिएको भनी प्रहरीसमक्ष उनले बयान गरेकी थिइन्। 

मिसिल संलग्न चेकहरू हेर्दा उक्त चेकहरू गीताकुमारी पुनले सञ्चालन गरेको प्रिन्सु एक्सपोर्ट इम्पोर्टको नामबाटै जारी गरेको पाइउको थियो। बरामदी तथा खानतलासी मुचुल्का, घटनाविवरण कागजसमेतका मिसिल संलग्न सम्पूर्ण कागज प्रमाणहरूको आधारमा गीताले ठगी गरेको पाइएको जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ठहर गर्‍यो।

अदालतले उनलाई ठगी भएको रकम बराबरको झण्डै २४ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

‘फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ को अवस्था विद्यमानता देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाललाई यी प्रतिवादी गीताकुमारी पुनबाट २३ लाख ७१ हजार ७ सय ६८ धरौटी लिई रिहा गरी तारेखमा राख्नू। धरौटी तिर्न नसकेको अवस्थामा सिधा खान पाउने गरी कारागार कार्यालय कास्की पठाइदिनू‚’ अदालतको आदेशमा उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  ०९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
इनरुवामा काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा, चालक र सहचालक पक्राउ सुनसरी सदरमुकाम इनरुवा ३ सखुवागाछीबाट ठुलो परिणाममा गाजा बरामद भएको छ।  तरकारी (शब्जी)को आवरणमा ठुलो परिमाणमा गाँजा ओसारपसार भइरहेको... सोमबार, असोज १९, २०८३
जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरमा एक जना महिलाको शंकास्पद मृत्यु भएको छ। सोमबार, असोज १९, २०८३
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्