• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

तरलता व्यस्थापन राष्ट्र बैंकको नियन्त्रण बाहिर, बजारबाट ८० अर्ब तान्दा पनि १३६ अर्ब अधिक तरलता

64x64
नेपाल लाइभ सोमबार, पुस २७, २०७७  १३:२८
1140x725

काठमाडौं- बैंकिङ क्षेत्रको तरलता व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा लिन सकेको छैन। राष्ट्र बैंकले अहिले बजारबाट ८० अर्ब रुपैयाँ खिच्दा पनि बजारमा अझै १ खर्ब ३६ अर्बको अधिक तरलता रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिए। यो अनिवार्य नगद मौज्दात (सिआरआर) बाहेकको रकम भएकाले बैंकहरूले चाहेमा सबै लगानी गर्न सक्छन्। राष्ट्र बैंकले खिचेको रकमसहित अधिक तरलता २ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ। 

राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दा बैंकहरुले ७८ अर्ब रुपैयाँको लागि आवेदन दिएका थिए। विभिन्न उपकरणमार्फत् राष्ट्र बैंकले बजारबाट ८० अर्ब रुपैयाँ खिचेको हो। पुस १६ गते राष्ट्र बैंकले २८ दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत २० अर्ब रुपैयाँ तानेको थियो। 

बैंकहरूसँग ३७ खर्ब ५६ अर्ब रुपैयाँ भन्दा बढि निक्षेप रहेको छ। साथै बैंकहरुले ३१ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालका अनुसार पछिल्लो समय बैंकहरुमा कर्जाको माग राम्रो रहेको छ। निक्षेपको तुलनामा कर्जा प्रवाह पनि भैरहेको छ। तर कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्ने क्रममा सरकारले लकडाउन गरेको समयमा कर्जा प्रवाह ठप्प भएको थियो। तर वैदेशिक रोजगारीमा गएका नेपाली तथा विदेशीमा पढ्न गएका विद्यार्थीले पठाउने रेमिट्यान भने लगातार बढ्दा निक्षेप थप बढेको हो। 

साथै राष्ट्र बैंकले कोभिड प्रभावितहरुका लागि उपलब्ध गराउने पुनरकर्जा बापत ६४ अर्ब रुपैयाँ बैंकहरुले एकमुष्ठ रुपमा लगेका छन्। यसका साथै बैंकहरुले ६२० अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरिसकेका छन्। यसबाट पनि बैंकहरुले राज्यबाट सहुलियतको ब्याज प्राप्त गर्छन्। यसले बैंकहरुको कर्जा तथा निक्षेपको दुवै अंक बढेको छ।

पुनर्कर्जा उनिहरुको ब्याज तथा सावा भुक्तानीका लागि राष्ट्र बैंकले सरल ब्याजदरमा उपलब्ध गराएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

तर बैंकहरुमा ठुलो ठुलो ऋणको माग भने हुन सकिरहेको छैन। सामान आयात गर्न व्यापारीहरुले एलसी खोल्ने बाहेक खासै अन्य क्षेत्रबाट कर्जाको माग हुन सकिरहेको छैन। कोभिड-१९ का कारण सर्वसाधारणहरुले पनि खर्च भन्दा निक्षेपलाई प्राथमिकता दिन थालेका छन्। नेपालीहरुले पहिलाको जस्तो खर्च नगरि बचत बढि गर्दा बैंकहरुमा निक्षेप थुप्रिरहेको प्रभु बैंकका अशोक शेरचन बताउँछन्। 

यदि सरकारले विकास खर्च बढाउने हो भने बजारमा थप पैसा आउने उनको तर्क छ। यसले बजारमा थप तरलता प्रभाव हुन मद्दत गर्छ। बजारमा तरलता बढ्दै गर्दा वास्तविक ऋणीभन्दा पनि विचौलियाले बढि फाइदा लिन सक्छन्। यस्तो समयमा अनुत्पादनमुलक क्षेत्रमा कर्जा जाने जोखिम उच्च भएकाले सरकारले सकेसम्म तरलता व्यवस्थापन गर्न खोजिरहने राष्ट्र बैंकका भट्ट बताउँछन्। 

एक वर्षअघिदेखि नै बजारमा अधिक तरलता थुप्रिन सुरु भएको थियो। निर्माण जन्य सामाग्री कम्पनीहरुले माग नै आउन छाडेको भन्दै कर्जाको माग गर्न छाडिसकेका थिए। अर्कोतर्फ माग कम हुँदा सावाँ र ब्याज भुक्तानीमा कठिनाइ भएको बताउँदै आएका थिए। 

Xtrem
Xtrem

तर केही समयदेखि निर्माणजन्य सामाग्री उदारोमा बिक्री हुन छाडेको व्यवसायीहरुले बताउन थालेका छन्। बैंकिङ कर्जा धेरै नै तल्लो बिन्दुमा झरेकाले मानिसहरू घर बनाउन थालिरहेका छन्। यसले बैंकहरुमा खुद्रा कर्जाको भने केही माग बढ्न सक्छ। तर दीर्घकालीन ठूला ठूला पूर्वाधार तथा आयोजना बन्नका लागि थप कर्जा आवश्यक नपरुन्जेल बैंकहरुमा अधिक तरलता थुप्रँदै जाने बैंकहरहरु बताउछन्। बजारमा अधिक तरलता बढिरहेकाले अझै केहि समय बैंकिङ ब्याजदर बढ्न नसक्ने बैंकर्स संघका अध्यक्ष दाहाल बताउछन्। 

ब्याजदर तल्लो बिन्दुमा झर्दा शेयर बजार तथा घरजग्गाका बिचौलीयालाई सबैभन्दा बढी लाभ पुग्छ। यदि यस्तो अनुत्पादनमुलक क्षेत्रमा कर्जा जान सक्ने अवस्था रह्यो भने पुनः नेपाल राष्ट्र बैंकको टाउको दुखाइको विषय बन्न जान्छ। यसले गर्दा पछिल्लो समय बैंकिङ तरलता नेपाल राष्ट्र बैकको नियन्त्रणभन्दा बाहिन जान थालेको हो।  

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  १३:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्