• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख १३, २०८३ Sun, Apr 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पूर्वसभामुखहरू भन्छन्- राष्ट्रियसभा अन्त्य गरेर जनताको मुख थुन्ने काम भयो

64x64
वीरेन्द्र ओली आइतबार, पुस २६, २०७७  २०:३६
1140x725

काठमाडौँ- पूर्व सभामुखहरूले राष्ट्रियसभाको हिउँदे अधिवेशन ८ दिनमा नै अन्त्य गरेर जनताको मुख थुन्ने काम भएको बताएका छन्। प्रतिनिधिसभा नभएको अवस्थामा जनताको आवाज मुखरित हुने राष्ट्रियसभाको अन्त्य गर्नु उचित नभएको पूर्वसभामुखहरूले टिप्पणी गरेका हुन्। 

प्रधानमन्त्री केपी ओलीले आइतबार आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाई हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए। मन्त्रिपरिषद्‍ले सिफारिस गरेको २४ घण्टा बित्न नपाउँदै राष्ट्रपतिले संसद्‍को हिँउँदे अधिवेशन अन्त्य गरेकी हुन्। 

पूर्व सभामुख दमननाथ ढुंगाना, तारानाथ रानाभाट र ओन्सरी घर्ती मगरले पार्टीभित्रको अन्तरविरोधले राष्ट्रियसभा अन्त्य गर्नु गलत भएको टिप्पणी गरेका छन्।

राष्ट्रिय सभालाई पाका अनुभवी र विज्ञहरुको सभा भनिएपनि मनोमानीढंगले अन्त्य गर्नु ठिक नभएको पूर्व सभामुख दमननाथ ढुंगानाले बताए। ‘प्रतिनिधिसभा र राष्ट्रियसभाको आ–आफ्नै महत्त्व छ। राष्ट्रियसभालाई पाका, विज्ञ र अनुभवीहरूको सभा मानिन्छ। प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा राष्ट्रियसभाको झनमहत्व बढ्दै गएको थियो,’ नेपाल लाईभसंग कुरा गर्दै ढुंगानाले भने, ‘राष्ट्रियसभाको काम सीमित भएपनि जनताको आवाज मुखरित गर्ने राष्ट्रियस्तरको एउटा मात्रै सभा थियो। त्यसको पनि अन्त्य गरिनु ठिक कुनै हालतमा राम्रो मान्न सकिँदैन।’

राष्ट्रिय सभाको हिउँदे अधिवेसन सुरु भएको हप्ता दिन भित्रै अन्त्य गर्नु सान्दर्भिक नदेखिएको ढुंगानाले तर्क गरे। सरकारले सबै समस्याहरु सडकमै पोखियोस् भन्ने चाहेको हो?,' भन्दै ढुंगानाले प्रतिप्रश्न गरे।

‘प्रजातन्त्रमा जुनसुकै असन्तुष्टि सभामै पोखिनु राम्रो मानिन्छ। अब त्यो सभा नभएको स्थितिमा सडकमा पोखिने निश्चित छ,’ आक्रोश व्यक्त गर्दै ढुंगानाले भने, ‘सरकारले अहिलेको परिवर्तन र संविधानलाई अन्त कतै लान खोजेको हो कि भन्ने प्रशस्त आशंका पैदा गराएको छ।’ 

सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभा अन्त्य गरेर राजनीतिलाई अर्कै मोडमा लैजान खोजेको ढुंगानाको आरोप छ। अब दुवै सभाका सांसद्हरू परिवर्तन र संविधानका पक्षमा उभिनुपर्ने उनले सुझाव दिए।

nimb
nimb
Ncell 2
Ncell 2

000

यस्तै पूर्वसभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीले एकपछि अर्कोे गर्दै जनताको मुख थुन्ने काम गरेको टिप्पणी गरिन्।  सडक र सदनमा सरकारको आलोचना बढ्दै गएपछि सहन नसकेर राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रधानमन्त्रीले सिफारिस गरेको बताइन्।

 

‘प्रतिनिधिसभा नभएपछि राष्ट्रियसभामा जीवन्त बहस भइराखेको थियो। त्यो मूलतः जनताको पक्षमा थियो। प्रधानमन्त्रीले त्यसलाई पनि फेस गर्न सक्नुभएन। उहाँहरु रक्षात्मक हुनुभयो,’ पूर्वसभामुख घर्तीले भनिन्, ‘अब उहाँहरुले चाहेर पनि सक्नुहुन्न। सत्य कुरा जहाँबाट भएपनि बाहिर आएरै छाड्छ। सत्य भनेको सत्य नै हुन्छ। बहसबाट भाग्न कसैलाई छुट छैन। उहाँहरु बहसबाट भाग्नुभयो।’

जनताले सत्य कुरा थाहा पाउँछन् भनेरै प्रधानमन्त्रीले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेको घर्तीको भनाइ छ। जनताका जनजीविकाका समस्या सदनमा पोखिएको अवस्थामा सरकारले सुन्नै नचाहेको प्रष्टै भएको घर्तीको दाबी छ। 

‘प्रधानमन्त्रीले राष्ट्रियसभाको हिउँदे अधिवेशन किन, खोल्नुभयो?,’ घर्तीले प्रश्न गर्दै भनिन्, ‘के भएन र अधिवेशन अन्त्य गर्नुभयो? सत्य कुरा जनताले थाहा पाउँने भएर हो? सत्य कुरा जनताले थाहा पाए के हुन्छ? उहाँहरुलाई खतरा हुने भयो हैन त?’

000

पूर्व सभामुख तारानाथ रानाभाटले राष्ट्रियसभामा बिजनेस नहुने र एकहोरो विरोध मात्रै हुने स्थिति देखिएपछि प्रधानमन्त्रीले बन्द गरेको हुन सक्ने आँकलन गरे। सडक र सरकारमा नै एकै पार्टी भएकाले राष्ट्रिय सभा अन्त्य हुने अवस्था आएको रानाभाटले बताए।

राष्ट्रियसभामा बिजनेस नभएको अवस्थामा अन्त्य हुनु स्वभाविकै हुने बताउँदै रानाभाटले पार्टीभित्रको झगडाका कारण सदनको अधिवेशन नै अन्त्य हुुनु ठिक नभएको तर्क गरे। अब दुवै सभा नभएको अवस्थामा सबै विरोध सडकमा पुग्ने रानाभाटले बताए।

सरकारले गत पुस १७ गते राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको थियो। राष्ट्रियसभाका चार बैठक मात्र हुने बित्तिकै मन्त्रिपरिषद्‍ले अधिवेशन अन्त्य गर्ने सिफारिस गर्नु उचित नभएको उनको तर्क छ। 

राष्ट्रियसभा चलेलगत्तै बैठकमा प्रतिनिधिसभा विघटन र सरकारका कामकारवाहीका विषयमा निरन्तर विरोध हुदैँ आएको थियो। संसद्‍को अधिवेशन अन्त्यपछि विरोधका सबै कार्यक्रम सडकमा नै सीमित भएका छन्। 

प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  २०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा छलफल गरेका हुन् । आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो बताएका हुन्। आइतबार, वैशाख १३, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण ह... आइतबार, वैशाख १३, २०८३
ताजा समाचारसबै
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
कृषि उत्पादनमै कर लगाउँदा उत्पादन क्षेत्र निरुत्साहित हुने सांसद पराजुलीको टिप्पणी आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्