• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बैंकहरुले नियमविपरीत ऋणीको धितो लिलाम गर्दै, राष्ट्र बैंकले काट्यो १४ बैंकलाई पत्र

64x64
नेपाल लाइभ आइतबार, पुस २६, २०७७  ११:२१
1140x725

काठमाडौं–नेपाल राष्ट्र बैंकको नियमविपरीत बैंकहरुले धितो लिलाम गर्न थालेपछि ऋणीहरु मर्कामा पर्न थालेका छन्। कोभिड–१९ का कारण ऋणीले सावाँ तथा व्याज भुक्तानी गर्न सकिरहेका छैनन्। पर्यटन, होटल, खाद्य सामग्री उत्पादन गर्ने कम्पनीलगायतका ऋणीले लकडाउनयता आम्दानी गर्न सकिरहेका छैनन्। तर बैंकहरुले दिनदिनै ऋणीको धितो लिलामका लागि सार्वजनिक सूचना जारी गरिरहेका छन्। यसमा सबैभन्दा अगाडि एनआईसी एशिया बैंक रहेको छ। 

भाखा नाघेको तथा सावाँव्याज भुक्तानी गर्न नसक्ने ऋणीका कारण खराब कर्जा बढ्न थालेपछि एनआईसी एशियाले हरेक दिन लिलामीको सूचना सार्वजनिक गर्ने गरेको छ। राष्ट्र बैंकले कैयौं पटक चेतावनी दिए पनि बैंकले लिलामको सूचना जारी गर्न छाडेका छैनन्। राष्ट्र बैंकले पत्र नै काटेर लिलाम नगर्न निर्देशन दिँदा पनि बैंकले अटेर गरिरहेका छन्। 

नेपाल राष्ट्र बैंकमा दुई सयभन्दा धेरै ऋणीको उजुरी परेको राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले जानकारी दिए। राष्ट्र बैंकमा उजुरी दिएका ऋणी र सम्बन्धित बैंक दुवै पक्षलाई बोलाएर स्पष्टीकरण लिने काम भइरहेको उनले बताए। ऋणीहरुको गुनासो तथा उजुरीका आधारमा राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकहरुलाई लिलाम नगर्न भन्दै पत्र काटेको भट्टले जानकारी दिए। कतिपय ऋणीले लकडाउन अगाडिदेखि नै कर्जा भुक्तानी नगरेको पाइएको उनले बताए। तर कोभिडप्रभावित ऋणीकै धितो जफत गर्न खोजिएको उनको भनाइ छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा बैंकहरुलाई धितो लिलाम नगर्न आह्वान गर्दै आएका छन्। तर गभर्नरकै निर्देशन अवज्ञा गर्दै बैंकहरुले लिलामको सार्वजनिक सूचना जारी गरिरहेका हुन्। नियमविपरीत धितो लिलाम गरिएको भन्दै एनआईसी एशियाका ऋणीहरु नेपाल बैंकर्स संघको कार्यालय नै घेराउ गर्न पुगेका थिए। उनीहरु संघ हुँदै राष्ट्र बैंकमा समेत गुनासो गर्न पुगिरहेका छन्। 

राष्ट्र बैंकले सावाँव्याज भुक्तानी गर्न नसकेका कोभिड प्रभावित ऋणीहरुलाई पुनर्कर्जाको व्यवस्था गरेको छ। राष्ट्र बैंकले पहिलो पटक भदौमा बैंकमार्फत् ऋणीसँग पुनर्कर्जा आह्वान गरेको थियो। तर बैंकहरुले नेपाल राष्ट्र बैंकले दिएको सहुलियत नलिई उल्टै ऋणीको धितोलिलाम गर्न थालेका हुन्। ‍नेपाल राष्ट्र बैंकले दिने पुनर्कर्जा ठूला ऋणीका लागि उपयुक्त नभएको भनेपछि गत पुस १७ गते पुनः पुनर्कर्जाका लागि आह्वान गरिएको छ। राष्ट्र बैंकले बैंकहरुलाई एकमुष्ठ रुपमा पुनर्कर्जाका लागि आवेदन माग गरेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

राष्ट्र बैंकको यस्तो निर्देशन पछि बैंकहरुले ऋणीलाई सहयोग गर्नुको साटो लिलामीको सूचना जारी गरिरहेका छन्। लिलामको सूचना धेरै नै आउन थालेपछि बैंकहरु सँग पुनर्कर्जाका लागि आवेदन माग गरिएको छ। बैंकहरुले कोभिडप्रभावित ऋणीलाई बोलाएर पुनर्कर्जाको सुविधा दिनु पर्नेमा उल्टै ज्यादती गर्न थालेको गुनासो गरिएको छ। 

यदि बैंकहरुले चाहे पनि सुरुमा पुनर्कर्जाका लागि ऋणीलाई बोलाएर उक्त रकम लिन आह्वान गर्न सक्छन्। यसबाट बैंकहरुले खराब कर्जाका लागि प्रोजनिङ गर्नु पर्दैन। साथै यसले नाफामा पनि खासै असर गर्दैन।   

मौद्रिक नीतिमै ऋणीको पुनर्तालिकीकरण वा पुनरसंचरना गर्ने छुट राष्ट्र बैंकले छुट दिएको छ। महामारीको समयमा ऋणीलाई दपेटेर कर्जा नउठाउन राष्ट्र बैंकका गभर्नरले दोहोर्‍याउँदा पनि बैंकहरुले अटेर गरिरहेका छन्। यसबारे बैंकविरुद्ध परेका उजुरीमा राष्ट्र बैंकले खासै कारबाही गर्न सकेको छैन। 

निजी क्षेत्रका बैंकहरु बढी नाफामुखी हुने र उनीहरुले सरकारको निर्देशनसमेत उल्लंघटन गर्ने गरेको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउछन्। अहिले बैंकिङ क्षेत्रमा निजी क्षेत्रको हिस्सा ८५ प्रतिशत रहेको छ। बाँकी १५ प्रतिशतमात्रै सरकारको छ। यसले गर्दा निजी क्षेत्रले पेल्ने अवस्था रहेको उनको विश्लेषण छ। भारतमा निजी क्षेत्र भन्दा सरकारको स्वामित्व बढी छ। सरकारी स्वामित्व धेरै हुँदा सरकारले दिएका निर्देशन अक्षरसः पालना हुन्छन्। तर नाफा मात्रै हेर्ने निजी क्षेत्रले राष्ट्र बैंकको नियम उल्लङ्घन गर्ने अवस्था आएको उनको तर्क छ।

प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  ११:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण
सम्बन्धित सामग्री
सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार करिब ४ अर्ब माथि आजको बजारमा कूल ३३६ कम्पनीका १ करोड ८ लाख कित्ता सेयर किनबेच भएका छन्। यसक्रममा कूल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। शुक्रबार, जेठ ८, २०८३
३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार आज बजारमा कुल ३४६ कम्पनीका १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर ५२,३३६ पटक खरिदबिक्री हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ रुपैयाँ... बुधबार, जेठ ६, २०८३
सामान्य अंकले बढेर शेयरबजार बन्द नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १.७७ अंकले बढ्दै २ हजार ७३१.९४ अंकमा उक्लिएको हो । शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्