• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

खुल्यो त नाटकघर?

64x64
पुष्पा थपलिया मंगलबार, पुस २१, २०७७  १८:५४
1140x725

करिब नौ महिनासम्म अँध्यारो छाएको शिल्पी नाटकघरमा आइतबार प्रकाश छिर्‍यो। प्रकाश छिरेसँगै मञ्चमा ६ जना किशोरीहरु उभिएर एकालाप गरे। 

गरिब हुनुको पीडामा सुनिइन् कलाकार पवित्रा खड्का। उनले गरिब हुँदा अन्य मानिसले हेर्ने नजर र गर्ने व्यवहारबारे दुखेसो पोखिन्। रंगभेदको व्यथा पोखिन् कलाकार संगिता उराउले।  उनले कालो छाला र गोरो छालामा लुकेको अन्तरलाई देखाउने प्रयास गरिन्।्

'छोटो पहिरनले युवती बलात्कृत हुने सोच बोकेको नेपाली समाजमा कोक्राको बालिकालाई पनि लुछ्न किन छोडेन गिद्धले?' कलाकार सुमित्रा लामिछानेले प्रश्न सोधिन्। 

कलाकार नम्रता अर्यालले लिंगको आधारमा गरिने विभेदबारे आवाज उठाइन्। अर्यालले पुरुष भएकै कारण पाउने अवसर र महिला भएकै कारण गुमाएका रहरका बारेमा खुलस्त पारिन्। 

सुहाना आचार्य 'कसैलाई मोटी, कसैलाई दुब्ली भनेर हेप्न पाइन्छ?' भन्दै मानिसको शरीरलाई हेरेर बोलिने वाक्य र बडी सेमिङमाथि बम्किइन्। 

कलाकार साहिना भट्टराइले जातीय विभेदमा जकडिएको आधुनिक नेपाली समाजको भण्डाफोर गरिन्। मान्छे भएर मान्छेसँग चोखिनुपर्दाको नमिठो सत्यलाई प्रकाश पार्ने उनको कोशिस थियो। 

लामो समयसम्म बन्द नाटकलाई ब्युँताउन शिल्पी थियटरले पहिलो चरणको ट्रायलस्वरुप नाटक ‘६ पात्रको एकालाप’ मञ्चन गर्‍यो।

आइतबार बिहान १० बजेदेखि मञ्चित नाटक घिमिरे युवराजको लेखन तथा निर्देशनमा तयार भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

करिब ५० जनाले नाटक हेरे। स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै मञ्चित नाटक हेर्ने दर्शकले २५ प्रतिशतमात्रै ओगटेका थिए। सरकारको मापदण्डअनुसार मास्क, सेनिटाइजर र सामाजिक दूरी कायम गरेर नाटक मञ्चन गरियो। 

यसले नाटकघरको नौ महिने अन्धकारलाई थोरै भए पनि उज्यालो बनाएको बताए नाट्य लेखक तथा निर्देशक घिमिरे युजवराजले।  

रत्नराज्य क्याम्पसका विद्यार्थी र कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीले पहिलो ट्रायल सो हेरे। यसबाट आएको प्रतिक्रियाअनुसार, नाटकघरलाई कसरी अगाडि बढाउने भन्ने छलफल गरिरहेको पनि युवराजले बताए। 

केही दिनमा अरु नाटकहरु पनि ट्रायल गर्ने बताउँदै उनले भने, 'अहिले त यसो के कसो छ भनेर चिहाएको मात्रै हो, पूर्ण रुपमा नाटकघर चल्न त ५ या ६ महिना अझै लाग्छ।'

मनोरञ्जन क्षेत्र चलायमान हुनु आजको आवश्यकता हो, युवराजले भने, मानिसहरुको मानसिक स्वास्थ्यका लागि पनि नाटकघर, फिल्म हल, चित्रकला प्रदर्शनी र सांगितिक महोत्सवलाई सरकारले प्राथमिकता दिनुपर्छ। 

मानिस भनेका अजिवका प्राणी हुन् भन्दै युवराज भन्छन्, 'सधैं घर र आफ्ना मान्छेसँग बस्दा हामी निसास्सिन्छौं र सास फेर्ने ठाउँ खोज्छौं। ब्रिदिङ स्पेस खोज्दै जाँदा सबैभन्दा उत्तम थलो भनेकै मनोरञ्जन क्षेत्र हुन्।’ 

देशमा साथीभाइ भेला भएर गफ गर्ने पब्लिक स्पेस् अर्थात् सार्वजनिक थलोको समेत अभाव भएको उनको भनाइ छ।

नाटकघरको वरपर हेर्दै उनले भने, ‘हामीले नाटकघरको चियापसल मात्रै खोले पनि साथीभाई आउने, गफगाफ गर्ने, छलफल गर्ने ठाउँ त भयो नि।’ 

उनले भने, ‘काठमाडौंमा एउटा मात्रै चिडियाघर छ। लामो समयपछि अहिले खुलेको छ। अन्य ठाउँको अभावले गर्दा मनोरञ्जनका लागि बच्चा लिएर जाने ठाउँ भनेको सबैका लागि त्यही एउटामात्रै भयो। यसले झनै भीडभाड बढ्ने र सरकारलाई थेग्न गाह्रो हुन्छ।’

त्यसो त पुस १९ गते आइतबार बसेको कोभिड रोकथाम उच्चस्तरीय समितिको बैठकले मनोरञ्जन क्षेत्रलाई पनि खोल्ने अनुमति दिएको छ। तर यो निर्णय आउनुपर्नेभन्दा निकै ढिला गरी आएको मनोरञ्जन क्षेत्रका मानिसहरु बताउँछन्। 

यही विषयमा युवराज भन्छन्, ‘हामीले नाटकघरलाई चलाउन निकै कोशिस गर्‍यौँ। नाटकको सबै अधिकार पाएको प्रज्ञा प्रतिष्ठानसँग तीन पटक बैठक बसे पनि कुनै नतिजा हात नलागेको पनि उनले बताए।  

‘राज्यको चरित्र खराब भयो,’ उनले भने, ‘प्रज्ञा प्रतिष्ठानसँग कुरा गर्दा संस्कृति मन्त्रालय जाऊ भन्छन्, मन्त्रालय गयो, प्रतिष्ठान जाऊ भन्छन् हामी यता न उताका भयौं।’ 

No description available.

६ पात्रको एकालाप नाटकका लेखक तथा निर्देशक घिमिरे युवराज।

महामारीको समयमा अभिभाकत्व ग्रहण गर्नुपर्ने संस्थाहरु नै बच्चा भएको उनको गुनासो गरे। 

सरकारले जानेदेखि, केही समयका लागि मनोरञ्जन क्षेत्रलाई लगानी गर्नुपर्ने पनि उनले बताए। उनले भने, ‘हामीसँग चित्रकारहरु छन्, उनीहरुलाई घुम्ने खर्चमात्रै दिएर चित्र बनाऊ भने पनि खुसी हुन्छन्।’ 

युवराजले सल्लाह दिँदै भने, ‘त्यस्ता पेन्टिङको एक्जिबिसन गर्दा मान्छेको मुहारमा सकारात्मक मुस्कान ल्याउँछ।' बीचमा रोकिँदै उनले भने, ‘हुन त सरकारले पेन्टिङ नै बुझ्दैन, के काम!’

सरकारको तर्फबाट केही सहयोग नपाए पनि उनिहरुले पहिलो लकडाउन सकिएदेखि नै नाट्य क्षेत्रका काम भने जारी राखिरहे। पाटनमा २ ओटा, माइतीघर मण्डलामा २ ओटा र बत्तिसपुतलीमा एउटा सडक नाटक शिल्पी थियटरले गरेको युवराजले बताए। उनले भने, ‘हामी नाटकका मान्छेहरुले त अभ्यास गरिरहनुपर्छ, लामो समयसम्म केही नगरी बस्यो भने त फेरि सुरुदेखि सुरु गर्नुपर्छ। 
सुरुदेखिका कुरा गर्दा उनको अनुहारको भावभंगी गम्भीर देखियो।’ उनले नाटकमा काम गर्ने कलाकारको चिन्ता गरे। 

नाटकमा काम गरेर पहिले पनि खान पुग्दैन थियो, उनीहरुले अरु क्षेत्रमा पनि काम गर्नुपर्थ्यो। युवराजले भने, ‘पहिले कोही रेडियोमा काम गर्थे, फिल्म खेल्थे र मिलाएर नाटकलाई समय दिन्थे। लकडाउनमा यी सबै क्षेत्रमा काम भएन। जसले गर्दा उनीहरू भोको हुनुपरेको बताउँदै युवराजले भने, ‘अझै पनि शिल्पीका ४ जना कलाकार गाउँमै छन्।’

काम नभएपछि अन्य संघसंस्थाले पनि सहयोग नगर्ने तितो यथार्थ सम्झँदै युवराजले भने, ‘हामीले प्रज्ञा प्रतिष्ठानलाई मिलेर सहकार्य गरौं, तिमी पनि पालिन्छौ हामीलाई पनि केही सहयोग हुन्छ भनेको मानेन।’ 

शिल्पी थियटर बाहेक अन्य थियटरले भने डिजिटल माध्यमलाई उपयोग गरिरहेका छन्।

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्