• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विघटित प्रतिनिधिसभाको अंकगणित : प्रत्यक्षतर्फ ६४ र समानुपातिकको ७५ प्रतिशत जनमत सडकमा

64x64
प्रवीण ढकाल सोमबार, पुस २०, २०७७  ०७:२५
1140x725

काठमाडौं–‘६४ प्रतिशत बहुमत भएको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको निर्णय गरेकाले अब प्रतिनिधिसभा पुनःस्थापना हुँदैन,’ प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक दोहोर्‍याउँदै आएको भनाइ हो, यो।

प्रधानमन्त्री ओलीले आफूविरुद्ध पार्टीबाटै अविश्वासको प्रस्ताव आउन सक्ने सम्भावना आँकलन गरेर गत पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रतिनिधिसभा विघटनको सिफारिस गरे। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सो सिफारिसलाई तत्कालै अनुमोदन गरिन्। यसरी २०७४ फागुनदेखि काम गरिरहेको प्रतिनिधिसभा विघटन भयो।

प्रतिनिधिसभा विघटनकै दिन सत्तारुढ दल नेकपाका ९० जना सांसदले संसद् सचिवालयमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। त्यसयता नेकपा अनौपचारिक रुपमा विभाजित भएको छ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपाको प्रचण्ड-नेपाल पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतले विरोध गर्दै सडक आन्दोलन सुरु गरिसकेका छन्। विघटनको विरुद्धमा सर्वोच्च अदालतमा १२ वटा मुद्दा समेत परेको छ।

प्रतिनिधिसभा विघटनको कदमलाई ओली समूहका सांसद र नेपाल मजदुर किसान पार्टीले मात्र समर्थन गरेको छ। एकीकृत नेकपाका ८२ जना सांसद् ओलीको कदमको पक्षमा देखिन्छन्। जसमध्ये प्रत्यक्ष निर्वाचित ५४ र समानुपातिक तर्फका २८ जना छन्। प्रचण्ड-नेपाल तर्फ भने ९२ जना सांसद् देखिन्छन्, जसमध्ये प्रत्यक्ष निर्वाचित ६२ र समानुपातिक तर्फका ३० जना छन्। पक्षधरता अदलबदल चलिरहेको देखिन्छ, अझै केही दिन चल्न सक्छ। 

प्रत्यक्ष निर्वाचित सांसद्को मतभार
निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फका १६५ विजयी सांसद्ले जम्मा ५१ लाख १५ हजार २९१ मत ल्याएका थिए। प्रत्यक्षतर्फ ९ वटा पार्टी र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। निर्वाचनमा एक करोड ५ लाख ९४ हजार ४४ मत खसेको थियो। जसमध्ये एक करोड ४५ हजार ४ सय ७४ मत सदर भएको थियो।

प्रत्यक्षतर्फ तत्कालीन नेकपा एमालेले ८०, नेपाली कांग्रेसले २३, नेकपा माओवादी केन्द्रले ३६, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ११, संघीय समाजवादी फोरम नेपालले १०, नयाँ शक्ति पार्टी नेपालले १, नेपाल मजदुर किसना पार्टी (नेमकिपा)ले १, राष्ट्रिय जनमोर्चाले १, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्र १ जना विजयी भएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2
प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेपाली काँग्रेसले पाल्पाको रामपुरमा निकालेको जुलुस। तस्विर : सुशीला रेग्मी/रासस

निर्वाचनको समयमा तत्कालीन एमालेका प्रत्यक्षतर्फका ८० जना विजयी उम्मेदवारले २६ लाख ३८ हजार ९०६, नेपाली कांग्रेसका २३ विजयी उम्मेदवारले ६ लाख ५१ हजार ७७९, माओवादी केन्द्रका ३६ विजयी उम्मेदवारले ११ लाख ५४ हजार ७१२, राजपाका ११ विजयी उम्मेदवारले २ लाख २२ हजार २९४, संघीय समाजवादी फोरमका १० विजयी उम्मेदवारले २ लाख ८२ हजार ९८, नयाँ शक्ति पार्टीका एक विजयी उम्मेदवारले ३१ हजार ८०७, नेमकिपाका एक विजयी उम्मेदवारले ४४ हजार ६१४, राष्ट्रिय जनमोर्चाका एक विजयी उम्मेदवारले ४७ हजार ५१४, राप्रपाका एक विजयी उम्मेदवारले ३३ हजार ७६ र एक जना स्वतत्त्र उम्मेदवारले ८ हजार ४९१ मत ल्याएका थिए। हुम्लाका स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामापछि नेकपामा प्रवेश गरेका थिए। अहिले उनी प्रचण्ड–नेपाल पक्षको नेकपामा छन्।

निर्वाचनपछि तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेको थियो। संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र नयाँ शक्ति पार्टी पनि कालान्तरमा जनता समाजवादी पार्टीमा समाहित भए।

प्रत्यक्षतर्फको ३६ प्रतिशत मात्र मतभार ओलीको पक्षमा
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि ओली पक्ष र नेमकिपा समर्थनमा छन् भने बाँकी विघटनको विरोधमा।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ओली पक्षमा पूर्व एमालेका ५० र पूर्व माओवादी केन्द्रका ४ जना गरी नेकपाका ५४ जना सांसद छन्। ५४ जना सांसदले गत निर्वाचनमा १८ लाख ६ हजार ३०१ मत ल्याएका थिए।

यस्तै ओलीका पक्षमा नेमकिपाका ४४ हजार ६१४ मत ल्याएका एक सांसद पनि छन्।

यसरी, विघटित प्रतिनिधिसभामा ओलीको कदमको समर्थन गर्ने ५४ सांसद्हरुले ल्याएको कुल मत १८ लाख ५० हजार ९१५ मात्रै छ।

ओली पक्षमा रहेको यो मतभार प्रत्यक्षतर्फका १६५ जना मतदाताले ल्याएको मतको ३६  प्रतिशत मात्र हो। बाँकी रहेको ६४ प्रतिशत मतभार भएका सांसद भने प्रतिनिधिसभा विघटनको विरोध गर्दै सडकमा छन्।

समानुपातिकमा त झनै कम
प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद बनेकाहरुको आधारमा मतभार हेर्ने हो भने केपी ओली पक्षमा झनै कम मतभार देखिन्छ। समानुपातिकतर्फ तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले गरी प्राप्त मतका आधारमा ५८ सांसद पाएको छ। जसमा एमालेतर्फ ४१ र माओवादीलाई १७ सांसद थिए।

समानुपातिकतर्फ सिट प्राप्त गर्ने त्यतिबेलाका ५ वटा दलले पाएको कुल मत ८५ लाख ४८ हजार ५९ मत थियो। जसमध्ये तत्कालीन एमालेले ३१ लाख ७३ हजार ४ सय ९४, माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१, नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९, राजपाले ४ लाख ७२ हजार २५४ र समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत ल्याएको थियो।

प्रतिनिधिसभामा समानुपातिक तर्फ कुल मतका तीन प्रतिशतभन्दा बढी मत ल्याएर पाँच वटा दलबाट मात्र ११० जना सांसद भएका थिए। जसमा एकीकरणपछिको नेकपाको ५८, नेपाली कांग्रेसको ४० र तत्कालीन राजपा र संघीय समाजवादी फोरमको ६/६ जना सांसद भएका थिए।

तत्कालीन एमाले र माओवादी केन्द्रको गरी समानुपातिकमा कुल ४४ लाख ७७ हजार २ सय १५ मत आएको थियो। उक्त मतका आधारमा दुवै पार्टीले ५८ जना सांसद पाएका थिए। औसतमा हेर्दा एक सांसद बराबर ७७ हजार १ सय ९३ मतभार देखिन्छ।
 
प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपामा ओली पक्षमा समानुपातिक तर्फका २८ जना सांसद छन्। औसत मतअनुसार ती २८ जनाको मतभार २१ लाख ६१ हजार ४०४ मतभार देखिन्छ। जुन सबै पार्टीले प्राप्त गरेको मतको आधारमा २५ प्रतिशत मात्रै हो। अर्थात्, प्रतिनिधि सभामा रहेका सबै समानुपातिक सांसद्हरुले प्रतिनिधित्व गर्नेमध्ये ७५ प्रतिशत मतभार सडकमा छ।

अविश्वासको प्रस्ताव छल्न विघटन
प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने समयमा आफूसँग संसदको ६४ प्रतिशत मत रहेको दाबी गर्दै आए पनि उनी नेकपाभित्र अल्पमतमा थिए। पुस १ गते संसद् अधिवेशन आह्वान गर्दै प्रतिनिधिसभाका ८३ जना सांसदहरुको हस्ताक्षर बोकेर आफ्नै पार्टीका दुई सांसद राष्ट्रपति कार्यालय पुगेपछि प्रधानमन्त्रीले आफू पार्टीको संसदीय दलमै अल्पमतमा रहेको स्पष्ट भएका थिए। त्यसअघि भने नेकपाको संसदीय दलमा को बहुमतमा छ भन्ने स्पष्ट थिएन।

सोही दिनको पार्टी स्थायी कमिटी बैठकले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने र विशेष अधिवेशन आह्वान प्रस्ताव पनि दर्ता नगरिने सहमति भएको थियो। तर ओलीमा डर कम नभएको पछिल्ला घटनाक्रमले पुष्टि गर्छ।

यसैबीच ओली र प्रचण्ड-नेपाल दुवै पक्ष अघि बढेको देखिन्छ। प्रचण्ड-नेपाल पक्षले अविश्वासको प्रस्ताव तयार राखेको पुस ५ गते हतारहतारमा गरिएको दर्ताले पनि संकेत गर्छ। जहाँ ९० जना सांसद्को हस्ताक्षर थियो।

त्यस्तै, आफूविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन भइसकेको सूचना पाएपछि ओलीले उपायहरु खोजेका थिए। जसका लागि उनले पुस ४ गते प्रचण्ड तथा बादलको निवासमै गएर भेटेका थिए। तर, सकारात्मक जवाफ नपाएपछि उनले आफ्नो पद लम्ब्याउने उपायको खोजी गरे र प्रतिनिधिसभा विघटन गरिदिए। प्रचण्डको भनाइ अनुसार आफूले ओलीलाई संवादका लागि १५ मिनेट उपलब्ध गराउन भन्दाभन्दै उनले मन्त्रिपरिषद् बैठक डाकेर प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए।

आफ्नै संसदीय दल (२२४ सदस्यीय)मा पनि ओली अल्पमतमा परेका थिए। प्रतिनिधिसभामा पनि उनले बहुमत पाउने अवस्था नभएको घटनाक्रमले पुष्टि गर्छ। तर, उनी ‘६४ प्रतिशत बहुमतको भएको प्रधानमन्त्रीले गरेको विघटन हो। ६४ प्रतिशतले सरकार चलाउँदिनँ र जनादेशमा जान्छु भन्छ भने बाँकी ३६ प्रतिशतले कसरी सरकार बनाउँछ? सरकार बनाउन ५१ प्रतिशत कहाँबाट आउँछ?' भन्दै भाषण गरिरहेका छन्।

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  ०७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रवीण ढकाल
लेखकबाट थप
कांग्रेस अब ‘ब्याक-बेञ्च’मा बस्दैन : गगन थापा [अन्तर्वार्ता]
हिमपातले तिलिचो जाने बाटो अवरूद्ध [तस्बिर/भिडियो]
जनताको मुद्दा एकातिर, 'नेकपा संकट' अर्कैतिर
सम्बन्धित सामग्री
सुदूरपश्चिममा नेकपालाई मन्त्री छान्न सकस नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको गठबन्धनमा मुख्यमन्त्री बनेकै दिन नेकपाका खगराज भट्टले नेकपाका तीन जनालाई मन्त्री र एक जनाला... आइतबार, साउन ३१, २०८३
भारतीय सेनाध्यक्ष काठमाडौँ आउँदै, तर प्रधानमन्त्रीसँग अहिलेसम्म तय छैन भेट ! भारतीय सेनाध्यक्ष जनरल धिराज सेठ आइतबार काठमाडौं आउँदै छन्। नेपालका राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उन... आइतबार, साउन ३१, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको विविधतालाई आत्म... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
मियामीको लज्जास्पद हार आइतबार, साउन ३१, २०८३
तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो आइतबार, साउन ३१, २०८३
अमेरिकामा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर आइतबार, साउन ३१, २०८३
‘यात्री पीटू’ निर्मातालाई अर्थमन्त्री भने– अघि बढ्नुहोस्, सरकार साथमा छ आइतबार, साउन ३१, २०८३
सुदूरपश्चिममा नेकपालाई मन्त्री छान्न सकस आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के? शनिबार, साउन ३०, २०८३
दिनभर दुर्गा प्रसाईंको घरमा प्रहरी, पक्राउ नगरी फिर्ता शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्