बेल्जियम- गैरआवासीय नेपाली संघ (एनआरएन) को युरोप संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । गौतम एनआरएन बेल्जियमको निर्वतमान अध्यक्ष हुन् ।
गौतमले नेपाल लाइभसँग कुरा गर्दै एनआरएनएलाई हुनेखानेको भन्दा हुँदा खानेको संस्था बनाउने, देशमा लगानी भित्र्याउने मात्र भन्दा पनि गैरआवासीय नेपालीको समस्या समाधान गर्ने र नेपाली समाजको एकताको लागि संघलाई संस्थागत गर्दै सबै २७ एनसीसीहरुको साझा चौतारीका रुपमा यूरोप क्षेत्रलाई स्थापित गर्न पहल गर्ने बताए ।
उनले भने ‘राजनीतिक रुपमै एनआरएन संस्थागत गर्नुपर्छ, एनआरएनको सांगठनिक सुधार गर्न पनि आवश्यक छ यसतर्फ मेरो पहल रहन्छ।’
१७ वर्षअघि युरोप पसेका गौतम गैरआवासीय नेपाली महासंघका विभिन्न कार्यदलमा बसेर काम गरेको अनुभव छ । यूरोपस्थित नेपाली जनसम्पर्क समितिको महासचिव रहेका उनी सन् २००० देखि बेल्जियमा वसोबास गर्दै आएका छन्। उनी संगठन सञ्चालनको विधि र प्रक्रियामा अनुभवी मानिन्छन्।
गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षको हुँदा भूकम्पपछि नेपालमा सुरु भएको पुनर्निर्माणको कामलाई संघका तर्फबाट बिशेष परियोजनाका लागि पनि भूमिका खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।