• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

सवारीमा इम्बोस्ड नम्बर : सम्झौता सकिन ४ महिना बाँकी, २५ लाखमध्ये ६ हजारमा जडान

काम हुन नसके पनि ९५ प्रतिशत क्षतिपूर्ति दिनुपर्ने
64x64
शिव बोहरा आइतबार, पुस १९, २०७७  ०६:२२
1140x725

काठमाडौं- सरकारले सवारीसाधनलाई प्रविधिमैत्री बनाउने भन्दै उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गर्‍यो। सोही अनुसार २०७३ वैशाखमा ५ वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्झाैता भएको थियो। तर सम्झौता सकिन ४ महिनामात्र बाँकी हुँदा हालसम्म करिब ६ हजार सवारीमा मात्र जडान गरिएको छ। 

यातायात व्यवस्था विभागले टेन्डर गरि इम्बोस्ड नम्बर प्लेट जडान गर्न अमेरिकी र बंगालादेशी कम्पनी डेकाटोर टाइगरसँग सम्झौता गरेको थियो। लगत्तै कम्पनीले आवश्यक तयारी गरि जडान थालेको थियो। तर इम्बोस्ड नम्बरमा अंग्रेजी लिपि राखिएको र देश संघीयतामा गइसक्दा पनि अञ्चलकै आधारमा राखिएको भन्दै विरोध भएको थियो। 

अञ्चलका आधारमा राखिएको नम्बर जडान रोकेर विभागले प्रदेशकै आधारमा जडान सुरु गरेको थियो। विभागले प्रदेशकै आधारमा इम्बोस्ड जडान थालेपछि देवनागरी लिपी नराखेको भन्दै व्यापक बिरोध भएको थियो। विभागले इम्बोस्ड नम्बर प्लेट जडान थालेको केही समयपछि अर्थात् २०७४ फागुनमा जडान रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा पर्‍यो। 

२०७४ फागुनमा परेको इम्बोस्ड नम्बर प्लेटसम्बन्धी मुद्दा सर्वोच्च अदालतले २०७६ मंसिर २७ मा खारेज गरेको थियो। २१ महिनासम्म इम्बोस्ड नम्बर प्लेट जडान अदालतका कारण रोकियो। 

सर्वोच्चले मुद्दा खारेज गरेको केही महिनापछि प्रदेशअनुसार इम्बोस्ड नम्बर प्लेट जडान पुनः सुरु भएको छ। नम्बर प्लेट भने अंग्रेजी अक्षर र अंकमै लेखिएर जडान भइरहेका छन्। तर सरकारले डेकाटोर टाइरसँग गरेको सम्झौता सकिन अब ४ महिनामात्र बाँकी छ। हालसम्म ५ हजार भन्दा केही बढी चारपांग्रे र केही सय दुईपांग्रे सवारीमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान भएको छ।

सातै प्रदेशमा रहेका यातायात व्यवस्था कार्यालयमा इम्बोस्ड नम्बर जडान हुनुपर्ने हो। तर हालसम्म बागमती प्रदेशको काठमाडौंमा रहेको यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी, एकान्तकुना र मोटरसाइकल सतुंगलमा मात्र जडान भइरहेको छ। काठमाडौंका दुई कार्यालयमा पनि इम्बोस्ड जडान गर्न आवेदन दिनेको संख्या ज्यादै न्यून छ। 

एकान्तकुना कार्यालयमा दैनिक ५/७ वटा सवारीमात्र इम्बोस्ड नम्बर प्लेट जडानका लागि आउने गरेको कार्यालयले जनाएको छ। कुनै दिन त एउटा पनि सवारी इम्बोस्डका लागि नआएको कार्यालयको भनाइ छ। ‘अनलाइन सिस्टमबाट इम्बोस्ड जडान गर्न आउनु पर्ने हुन्छ,’ कार्यालयका एक अधिकृतले भने, ‘हामीले आएका सवारीको जडान गर्ने हो। तर जडान गर्न आउने सवारीको संख्या ज्यादै न्यून छ।’ त्यस्तै सतुंगलमा रहेको मोटरसाइकल कार्यालयको पनि अवस्था उस्तै छ। औसतमा दैनिक एक दर्जनभन्दा कम मात्र मोटरसाइकल/स्कुटर इम्बोस्ड जडान गर्न आइरहेको कार्यालयले जनाएको छ। 

यता यातायात व्यवस्था विभागका महानिर्देशक भने सम्झौताको अवधि बाँकी रहेकाले अहिले नै के हुन्छ भन्ने अवस्था नआएको बताउँछन्। ‘इम्बोस्ड नम्बर प्लेट जडान सुरु भएदेखि नै केही विवाद आयो,’ उनले भने ‘२०७५ फागुनमा त सर्वोच्च अदालतमा मुद्दा नै पर्‍यो।’ अदालतले काम रोक्नु भनेकाले काम हुन नसकेको र अदालतले मुद्दा नै खारेज गरेसँगै विभागले इम्बोस्ड नम्बर प्लेट जडान पुनः सुरु गरेको महानिर्देशक गोमनबहादुर हमालले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘अझै ४ महिनाको समय हामीसँग बाँकी छ,’ उनले भने, ‘पछिल्लो समय कोरोना भाइरसलगायत विपत्तिसमेत आएकाले थप छलफल गरेर केही सकारात्मक अवस्था सृजना हुन्छ होला।’

तत्कालीन समयमा यातायात व्यवस्था विभागले डेकाटोर टाइगरसँग ४ अर्ब ९९ करोड रुपैयाँमा २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्झौता गरेको थियो। विभागले कम्पनीलाई एकमुस्ट रकम दिने र सरकारले त्यही अनुसार सवारीको वर्ग अनुसार इम्बोस्ड नम्बरको शुल्क तोकेको छ। 

कम्पनीसँग भएको सम्झौता अनुसार काम सम्पन्न नभए पनि क्षतिपूर्तिस्वरुप ९५ प्रतिशत रकम दिनुपर्ने उल्लेख थियो। यसको अर्थ सरकारले डेकाटोर टाइगर कम्पनीले छपाइको काम रोकिए वा नभए करिब साढे ४ अर्ब रुपैयाँ रकम क्षतिपूर्ति दिनुपर्छ।

सरकारले इम्बोस्ड नम्बर प्लेट जडानलाई चार तहमा वर्गीकरण गरेकाे छ। नम्बर प्लेट जडान गर्न मोटरसाइकल/स्कुटरका लागि २५ सय र तीन पांग्रे सवारीका लागि २९ सय रुपैयाँ तोकिएको छ। यसैगरी चारपांग्रे सवारीका लागि ३२ सय र हेभी सवारीको हकमा ३६ सय रुपैयाँ तय भएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आइएफआइडी गेट निर्माण अन्यौलमै
इम्बोस्डको ठेक्का पाएको कम्पनीले हालसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गेट आरएफआइडी निर्माण गरेको छैन। सम्झौताअनुसार ५ वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान र प्लट रिड गर्न सक्ने १० वटा गेट बनाउने भनिएको थियो। 

यातायात व्यवस्था विभागले भने पहिलो चरणमा बागमती प्रदेशमा दर्ता भएका सरकारी र निजी सवारी साधनबाट इम्बोस्ड नम्बर प्लेट जडान थालेको थियो। इम्बोस्ड नम्बर प्लेट जडान रोकिएसँगै आरएफआइडी ट्र्याकिङ गेट निर्माणको कामसमेत रोकिएको थियो। विभागले उपत्कामा निर्माण हुने आरएफआइडी गेट राख्ने जग्गाका लागि सडक विभागसँग समन्वय गरिरहेको जनाएको छ। 

प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  ०६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्