• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कुन प्रदेशका मुख्यमन्त्री कति सुरक्षित?

64x64
नेपाल लाइभ बिहीबार, पुस १६, २०७७  २०:२९
1140x725

काठमाडौँ- सत्तारुढ नेकपाको आन्तरिक विवादले प्रदेश सरकारमा समेत असर देखिएको छ। ७ प्रदेशमध्ये ६ प्रदेशमा नेकपाकै सरकार भएपनि पार्टीभित्रको द्वन्द्वले समीकरण फेरबदल हुने देखिएको छ।

नेकपाको सरकार रहेका ६ प्रदेशमध्ये २ प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ। बाँकी चारमध्ये तीन वटा प्रदेशका मुख्यमन्त्री तुलनात्मक रूपमा केही कम त्रसित छन् भने लुम्बिनीका मुख्यमन्त्रीमा त्रास ग्राफ माथि छ। हुन त सबै प्रदेशका मुख्यमन्त्रीहरू बहुमतलाई आफूसँगै राखिराख्न चाहन्छन्। यसका लागि उनीहरूले विगतदेखि नै प्रयास गर्दै आइरहेका पनि हुन्। 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ। राई र पौडेललाई ओली पक्षको मात्रै साथ भएकाले प्रचण्ड-नेपाल पक्षले आविश्वास प्रस्ताव दर्ता गराएको हो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ओली पक्षको मात्रै साथ भएकाले कमजोर छन्। गण्डकीका गुरुङका तुलनामा पोखरेल बढी चुनौतीमा छन्। गुरुङले नेपाल पक्षका नेतालाई आफ्नो पक्षमा पारेकाले तुलनात्मक रूपमा बढी ढुक्क भएका हुन्।

यस्तै सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट र कर्णालीका महेन्द्रबहादुर शाही प्रदेशसभामा बहुमत भएकाले ढुक्क देखिएका छन्। भट्ट र शाही दुवै प्रचण्ड-नेपाल पक्षका हुन्। 

सुदुरपश्चिममा प्रदेशसभाका ५३ सांसदमध्ये नेकपाका मात्रै ३९ जना छन्। जसमध्ये प्रचण्ड–नेपाल पक्षका ३२ जना र ओली पक्षका ७ जना मात्रै छन्। मुख्यमन्त्री भट्टलाई प्रचण्ड-नेपाल पक्षको साथ दिएकाले ढुक्क रहेको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले बताए। 'प्रदेशसभामा मुख्यमन्त्रीज्यूको स्पष्ट बहुमत भएकाले कुनै समस्या छैन,' उनले भने। 

यसअघि ओली निकट भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा र आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा थिए। ओलीले दुवै जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि पठानसिंहले केन्द्रीय सदस्य पद स्वीकार गरे भने झपटले अस्वीकार गरी प्रचण्ड–नेपाल कित्तामा लागेका छन्। भट्टलाई ओली निकट झपटले समेत साथ दिएपछि थप बलियो भएका हुन। पठानसिंहले आफूलाई साथ नदिई ओलीतिर लागेपछि भट्टले भौतिक मन्त्रीबाट निकालेका छन्।

मुख्यमन्त्री भट्ट यसअघि उद्योगमन्त्री लेखराज भट्ट निकट भई काम गरेका थिए। लेखराजले ओलीलाई साथ दिएपछि त्रिलोचन प्रचण्ड–नेपाल कित्तातिर लागेका हुन्। यदि त्रिलोचन ओली कित्तालाई साथ दिएको भए उनको पद जोगाउन मुस्किल हुने प्रदेश सांसदहरुको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्ड निकट मानिने कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई नेपाल पक्षले सघाएपछि बलियो भएका छन्। प्रदेशका ४० सांसदमध्ये ३३ नेकपा सांसद भएपनि प्रचण्ड–नेपाल पक्षका २२ जना छन्। ओली पक्षका ११ जना मात्रै सांसद भएकाले मुख्यमन्त्रीलाई खासै समस्या नहुने सांसद विन्दमान विष्टले बताए।

यसअघि ओलीलाई सघाएका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन वन तथा वातवारणमन्त्री नन्दसिंह बुढाले प्रचण्ड–नेपाल पक्षलाई सघाएपछि मुख्यमन्त्री बलियो भएका हुन्। यसअघि कर्णाली विद्रोहमा ओलीलाई सघाएका रावल र बुढाले पार्टी विभाजन हुने स्थिति आएपछि प्रचण्ड–नेपाललाई सघाएको मुख्यमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।

यस्तै, प्रदेशसभा सांसद धर्मराज रेग्मी र ठम्मर विष्टले अझै कित्ता स्पष्ट गरेका छैनन्। रेग्मी ओली कित्तामा लागेको आशंका गरिएपनि विष्टले प्रचण्ड-नेपाल पक्षलाई सघाउने आकलन गरिएको छ। यदि विष्टले प्रचण्ड-नेपाललाई सघाए मुख्यमन्त्रीको पक्षमा २३ पुग्ने दाबी गरिएको छ।

मुख्यमन्त्री पोखरेल अझै त्रसित, गुरुङ ढुक्क 
लुम्बिनीमा कुल ८७ सांसदमध्ये नेकपाका ६१ सांसद छन्। जसमध्ये ओली पक्षको ४० जना छन् भने प्रचण्ड–नेपाल पक्षमा २१ जना मात्रै छन्। प्रदेशसभामा बहुमत जुटाउन मुख्यमन्त्री शंकर पोखरेलले भेटघाटलाई तीव्रता दिएका छन्। आफ्नो पक्षमा बहुमत जुटाउन पोखरेलले प्रचण्ड-नेपाल पक्षका सांसदलाई विभिन्न प्रलोभन दिएर फकाईरहेका छन्।

Xtrem

Xtrem

प्रदेश सांसदहरु यताउता आउने क्रम जारी भएकाले मुख्यमन्त्री अझै ढुक्क हुने स्थिति नरहेको सांसद रेवतीरमण शर्माले बताए। पार्टीमा माथि समीकरण बदलिएकाले मुख्यमन्त्रीलाई आफ्नो पद जोगाउन समस्या देखिएको हो। मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन प्रचण्ड-नेपाल पक्षका नेताहरूले सक्रियता बढाएको शर्माको भनाइ छ।

‘मुख्यमन्त्रीज्यू विरुद्ध अविश्वास प्रस्ताव ल्याउन प्रचण्ड–नेपाल पक्षका नेताहरुले सक्रियता जारी राखेका छन्,’ सांसद शर्माले भने, ‘अझै मुख्यमन्त्री सुरक्षित हुनुहुन्छ भन्ने अवस्था छैन। आफ्नो पक्षमा बहुमत जुटाउन निरन्तर लाग्नुपर्नेछ।’ यदि प्रचण्ड-नेपाल पक्षलाई काग्रेसले सघाए मुख्यमन्त्रीको पद जोगाउन मुस्किल हुने देखिएको छ। आफ्नाविरुद्ध जुनसुकै बेला अविश्वास प्रस्ताव आउन सक्ने भएकाले पोखरेल अझै त्रसित अवस्थामा रहेको नेताहरुले बताएका छन्।  

गण्डकी प्रदेशमा कुल ६० सांसदमध्ये नेकपा ४० ओली पक्षमा २७ जना छन् भने प्रचण्ड–नेपाल पक्षका १३ जना मात्रै छन्। यस प्रदेशमा प्रचण्ड-नेपाल पक्षको कमजोर उपस्थित छ। प्रचण्ड पक्षबाट १२ जना सांसद् छन भने नेपाल पक्षबाट इन्द्रलाल सापकोटा मात्रै छन्।

माओवादी समूहबाट सभामुख नेत्रनाथ अधिकारी, आन्तिरिक मामिलामन्त्री हरिबहादुर चुमान, भूमि व्यवस्थामन्त्री लेखबहादुर थापा मन्त्रीको जिम्मेवारीमा छन्। प्रचण्ड-नेपाल पक्ष एक ढिक्का भएपनि यस प्रदेशमा मुख्यमन्त्री विरुद्ध जान समस्या देखिएको छ।

प्रचण्ड पक्षले राम्रै स्पेस पाएकाले मुख्यमन्त्रीविरुद्ध जाने सम्भावना कम देखिएको छ। त्यसैमा नेपाल पक्षको कमजोर उपस्थित भएकाले प्रचण्ड पक्षलाई मुख्यमन्त्री विरुद्ध जान समस्या भएको हो। नेपाल पक्षका धेरै नेता कार्यकर्ता र  सांसदलाई आफ्नो पक्षमा पारेकाले मुख्यमन्त्री बलियो भएका हुन्। प्रदेशमा मुख्यमन्त्रीसहित चार मन्त्री र उपसभामुख ओली निकट हुन्। त्यसैमा मुख्यमन्त्रीलाई सघाउने गरी जनमोर्चाले आश्वासन दिएकाले अविश्वास प्रस्तावको समस्या नरहेको सांसदहरूको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय डडेल्धुरा कांग्रेसले महरलाई महामन्त्री पदमा अघि बढाउने निर्णयसँगै १५औँ महाधिवेशनमा देशका विभिन्न जिल्ला तथा विदेशबाट सहभागी हुने महा... शनिबार, असोज १०, २०८३
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह नेपालको भूमिका कुल हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम रहे पनि हिमालमा हिउँ पग्लने, बाढी आउने र ठूलो जनधनको क्षति हुने अवस्... शनिबार, असोज १०, २०८३
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई असोज १६ गते हुने महाधिवेशन उद्घाटनका लागि कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकम... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय शनिबार, असोज १०, २०८३
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह शनिबार, असोज १०, २०८३
तराईमा हावाहुरीको जोखिम कायमै, लुम्बिनी र सुदूरपश्चिममा थप सतर्कता शनिबार, असोज १०, २०८३
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्