• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कुन प्रदेशका मुख्यमन्त्री कति सुरक्षित?

64x64
नेपाल लाइभ बिहीबार, पुस १६, २०७७  २०:२९
1140x725

काठमाडौँ- सत्तारुढ नेकपाको आन्तरिक विवादले प्रदेश सरकारमा समेत असर देखिएको छ। ७ प्रदेशमध्ये ६ प्रदेशमा नेकपाकै सरकार भएपनि पार्टीभित्रको द्वन्द्वले समीकरण फेरबदल हुने देखिएको छ।

नेकपाको सरकार रहेका ६ प्रदेशमध्ये २ प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ। बाँकी चारमध्ये तीन वटा प्रदेशका मुख्यमन्त्री तुलनात्मक रूपमा केही कम त्रसित छन् भने लुम्बिनीका मुख्यमन्त्रीमा त्रास ग्राफ माथि छ। हुन त सबै प्रदेशका मुख्यमन्त्रीहरू बहुमतलाई आफूसँगै राखिराख्न चाहन्छन्। यसका लागि उनीहरूले विगतदेखि नै प्रयास गर्दै आइरहेका पनि हुन्। 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको छ। राई र पौडेललाई ओली पक्षको मात्रै साथ भएकाले प्रचण्ड-नेपाल पक्षले आविश्वास प्रस्ताव दर्ता गराएको हो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ओली पक्षको मात्रै साथ भएकाले कमजोर छन्। गण्डकीका गुरुङका तुलनामा पोखरेल बढी चुनौतीमा छन्। गुरुङले नेपाल पक्षका नेतालाई आफ्नो पक्षमा पारेकाले तुलनात्मक रूपमा बढी ढुक्क भएका हुन्।

यस्तै सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट र कर्णालीका महेन्द्रबहादुर शाही प्रदेशसभामा बहुमत भएकाले ढुक्क देखिएका छन्। भट्ट र शाही दुवै प्रचण्ड-नेपाल पक्षका हुन्। 

सुदुरपश्चिममा प्रदेशसभाका ५३ सांसदमध्ये नेकपाका मात्रै ३९ जना छन्। जसमध्ये प्रचण्ड–नेपाल पक्षका ३२ जना र ओली पक्षका ७ जना मात्रै छन्। मुख्यमन्त्री भट्टलाई प्रचण्ड-नेपाल पक्षको साथ दिएकाले ढुक्क रहेको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले बताए। 'प्रदेशसभामा मुख्यमन्त्रीज्यूको स्पष्ट बहुमत भएकाले कुनै समस्या छैन,' उनले भने। 

यसअघि ओली निकट भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा र आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा थिए। ओलीले दुवै जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि पठानसिंहले केन्द्रीय सदस्य पद स्वीकार गरे भने झपटले अस्वीकार गरी प्रचण्ड–नेपाल कित्तामा लागेका छन्। भट्टलाई ओली निकट झपटले समेत साथ दिएपछि थप बलियो भएका हुन। पठानसिंहले आफूलाई साथ नदिई ओलीतिर लागेपछि भट्टले भौतिक मन्त्रीबाट निकालेका छन्।

मुख्यमन्त्री भट्ट यसअघि उद्योगमन्त्री लेखराज भट्ट निकट भई काम गरेका थिए। लेखराजले ओलीलाई साथ दिएपछि त्रिलोचन प्रचण्ड–नेपाल कित्तातिर लागेका हुन्। यदि त्रिलोचन ओली कित्तालाई साथ दिएको भए उनको पद जोगाउन मुस्किल हुने प्रदेश सांसदहरुको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्ड निकट मानिने कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई नेपाल पक्षले सघाएपछि बलियो भएका छन्। प्रदेशका ४० सांसदमध्ये ३३ नेकपा सांसद भएपनि प्रचण्ड–नेपाल पक्षका २२ जना छन्। ओली पक्षका ११ जना मात्रै सांसद भएकाले मुख्यमन्त्रीलाई खासै समस्या नहुने सांसद विन्दमान विष्टले बताए।

यसअघि ओलीलाई सघाएका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन वन तथा वातवारणमन्त्री नन्दसिंह बुढाले प्रचण्ड–नेपाल पक्षलाई सघाएपछि मुख्यमन्त्री बलियो भएका हुन्। यसअघि कर्णाली विद्रोहमा ओलीलाई सघाएका रावल र बुढाले पार्टी विभाजन हुने स्थिति आएपछि प्रचण्ड–नेपाललाई सघाएको मुख्यमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।

यस्तै, प्रदेशसभा सांसद धर्मराज रेग्मी र ठम्मर विष्टले अझै कित्ता स्पष्ट गरेका छैनन्। रेग्मी ओली कित्तामा लागेको आशंका गरिएपनि विष्टले प्रचण्ड-नेपाल पक्षलाई सघाउने आकलन गरिएको छ। यदि विष्टले प्रचण्ड-नेपाललाई सघाए मुख्यमन्त्रीको पक्षमा २३ पुग्ने दाबी गरिएको छ।

मुख्यमन्त्री पोखरेल अझै त्रसित, गुरुङ ढुक्क 
लुम्बिनीमा कुल ८७ सांसदमध्ये नेकपाका ६१ सांसद छन्। जसमध्ये ओली पक्षको ४० जना छन् भने प्रचण्ड–नेपाल पक्षमा २१ जना मात्रै छन्। प्रदेशसभामा बहुमत जुटाउन मुख्यमन्त्री शंकर पोखरेलले भेटघाटलाई तीव्रता दिएका छन्। आफ्नो पक्षमा बहुमत जुटाउन पोखरेलले प्रचण्ड-नेपाल पक्षका सांसदलाई विभिन्न प्रलोभन दिएर फकाईरहेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेश सांसदहरु यताउता आउने क्रम जारी भएकाले मुख्यमन्त्री अझै ढुक्क हुने स्थिति नरहेको सांसद रेवतीरमण शर्माले बताए। पार्टीमा माथि समीकरण बदलिएकाले मुख्यमन्त्रीलाई आफ्नो पद जोगाउन समस्या देखिएको हो। मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन प्रचण्ड-नेपाल पक्षका नेताहरूले सक्रियता बढाएको शर्माको भनाइ छ।

‘मुख्यमन्त्रीज्यू विरुद्ध अविश्वास प्रस्ताव ल्याउन प्रचण्ड–नेपाल पक्षका नेताहरुले सक्रियता जारी राखेका छन्,’ सांसद शर्माले भने, ‘अझै मुख्यमन्त्री सुरक्षित हुनुहुन्छ भन्ने अवस्था छैन। आफ्नो पक्षमा बहुमत जुटाउन निरन्तर लाग्नुपर्नेछ।’ यदि प्रचण्ड-नेपाल पक्षलाई काग्रेसले सघाए मुख्यमन्त्रीको पद जोगाउन मुस्किल हुने देखिएको छ। आफ्नाविरुद्ध जुनसुकै बेला अविश्वास प्रस्ताव आउन सक्ने भएकाले पोखरेल अझै त्रसित अवस्थामा रहेको नेताहरुले बताएका छन्।  

गण्डकी प्रदेशमा कुल ६० सांसदमध्ये नेकपा ४० ओली पक्षमा २७ जना छन् भने प्रचण्ड–नेपाल पक्षका १३ जना मात्रै छन्। यस प्रदेशमा प्रचण्ड-नेपाल पक्षको कमजोर उपस्थित छ। प्रचण्ड पक्षबाट १२ जना सांसद् छन भने नेपाल पक्षबाट इन्द्रलाल सापकोटा मात्रै छन्।

माओवादी समूहबाट सभामुख नेत्रनाथ अधिकारी, आन्तिरिक मामिलामन्त्री हरिबहादुर चुमान, भूमि व्यवस्थामन्त्री लेखबहादुर थापा मन्त्रीको जिम्मेवारीमा छन्। प्रचण्ड-नेपाल पक्ष एक ढिक्का भएपनि यस प्रदेशमा मुख्यमन्त्री विरुद्ध जान समस्या देखिएको छ।

प्रचण्ड पक्षले राम्रै स्पेस पाएकाले मुख्यमन्त्रीविरुद्ध जाने सम्भावना कम देखिएको छ। त्यसैमा नेपाल पक्षको कमजोर उपस्थित भएकाले प्रचण्ड पक्षलाई मुख्यमन्त्री विरुद्ध जान समस्या भएको हो। नेपाल पक्षका धेरै नेता कार्यकर्ता र  सांसदलाई आफ्नो पक्षमा पारेकाले मुख्यमन्त्री बलियो भएका हुन्। प्रदेशमा मुख्यमन्त्रीसहित चार मन्त्री र उपसभामुख ओली निकट हुन्। त्यसैमा मुख्यमन्त्रीलाई सघाउने गरी जनमोर्चाले आश्वासन दिएकाले अविश्वास प्रस्तावको समस्या नरहेको सांसदहरूको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
कार्टुन सोमबार, कात्तिक २, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ सोमबार, कात्तिक २, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने सोमबार, कात्तिक २, २०८३
ओमानसँग नेपाल भिड्दै, शीर्ष ६ मा पर्न जित आवश्यक सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्