• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपामा प्रचण्डको राजनीतिक फन्को : कुर्सीमा केपीसँग, सडकमा माधवसँग

64x64
डिबी खड्का सोमबार, पुस १३, २०७७  ०९:००
1140x725

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सत्ता र सडक दुवै कब्जा गरेको छ। सडकमा पुगेको नेकपाका 'अध्यक्षद्वय' पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको तस्बिर यत्रतत्र बनेको छ। त्यो एउटा तस्बिर मात्रै होइन, राजनीतिको वास्तविक अनुहार पनि हो। प्रचण्डले दोहोर्‍याइरहने 'जिते हस्तिनापुरको राज, हारे चपरीमुनिको बास' सायद यसैलाई भनिन्छ।

एकीकृत नेकपाका तीन पात्रको एकीकरणपछिको प्रवृत्ति केलाउँदा दुईथरी चित्र देखिन्छन्।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली जहाँको त्यहीँ छन्। उनी सुरुदेखि नै आफ्नै प्रभाव, सौर्य र चातुर्यताले नेकपाले देशको ठूलो पार्टी बनेको ठान्थे र अहिले पनि त्यही सोचाइ राख्छन्। ‍त्यसैले निर्णय र नियुक्तिमा अग्राधिकार आफूलाई रहेको ठान्छन्। सत्ता र शक्तिको केन्द्रमा उनी छन्। उनको लवज पनि सोही अनुसार छ।

आफ्नो प्रवृतिगत निरन्तरतामा रहेका अर्का नेता हुन्, माधव नेपाल। पार्टी सत्तामा भए पनि उनी त सुरुदेखि नै उनकै लवजअनुसार 'आन्दोलनको मैदान'मा थिए। उनले पार्टीभित्रैको सडक रोजेको एकताको ६ महिनामै हो।

विगत तीन वर्षमा 'हस्तिनापुरको राजदेखि चपरीमुनिको बास'सम्मको वृत्ताकार यात्रा भने प्रचण्डले मात्रै गरेका हुन्।

माधव नेपाललाई सडक यात्राको ढोका खोल्ने काममा ओलीसँग प्रचण्डले पनि साझेदारी गरे। त्यही ढोकाबाट अहिले प्रचण्ड आफू पनि सडकमा आइपुगेका छन्।

माधव नेपाल सुरुदेखि नै सरकार सञ्चालनदेखि नियुक्तिसम्ममा पार्टीको निर्णय जरुरी रहेको बताउँथे। जसले सुरुदेखि नै विधी र पद्धति कुरा गर्थे। दुई अध्यक्ष 'चोचोमोचो'बाट होइन, पार्टी कमिटीको बैठकबाट निर्णय लिनुपर्ने बताउँथे।

Ncell 2
Ncell 2
nimb
nimb

त्यो समय प्रचण्डलाई विधि र पद्धतिले छोएन। किनभने ओली उनीसँग थिए। अध्यक्षद्वयको प्रेम पार्टी निर्णयदेखि नियुक्तसम्ममा झल्किन्थ्यो। अध्यक्षद्वयमा त्यो प्रेम सत्ता र पार्टीमा पद उचित हिस्सेदारीका कारण बनेको थियो।

यहाँनेर २०७६ वैशाख ९ गतेको दृष्य स्मरण गर्नुपर्ने हुन्छ। मञ्चको अग्रभागमा दुईटा कुर्सी थिए, मञ्चको दायाँतर्फ प्रचण्ड र बायाँतर्फ ओलीको तस्बिर राखिएको थियो। पार्टीको एकता विस्तारको घोषणा कार्यक्रम पनि थियो। राष्ट्रिय सभागृहमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवसको उक्त दिन वरिष्ठ नेता नेपाल बीचमै उठेर हिँडे। अध्यक्षद्वयको मात्रै फोटो राखिएको र बोल्ने वक्तामा समेत दुईजना मात्रै रहेकोप्रति उनको असन्तुष्टि थियो।

तर मूलकारक त्यो दिनको माहोल मात्रै होइन। त्यसअघिका घटना क्रम थिए। २०७५ असोज ५ मा सत्तारुढ दल नेकपाको सचिवालय बैठकले प्रदेश पदाधिकारी चयन गर्‍यो। अफ्रिकी देश घाना भ्रमणमा रहेका कारण सचिवालय सदस्य नेपाल बैठकमा अनुपस्थित थिए। भ्रमणमा जानुअघि उनले भनेका थिए, महत्त्वपूर्ण निर्णय आफ्नो अनुपस्थितमा नगर्नू। अध्यक्ष ओलीले आश्वासन पनि दिएका थिए। तर  उनको उपस्थिति बिना नै निर्णय भयो।

त्यसलाई बेवास्ता गर्दै पार्टी नेतृत्वले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव नियुक्त गरेको थियो। नेपाल फर्केपछि नेता नेपालले सो निर्णयका विरुद्ध १२ असोजमा आफ्नो असहमतिपत्र केन्द्रीय कार्यालयमा दर्ता गराए। त्यसमा मुख्यतः उनले पार्टीमा विधि र प्रक्रिया मिचिएको तथा नेताहरुको सहमतिविपरीत निर्णय गरिएको आरोप लगाए।

वैशाख २० गते बसेको सचिवालय बैठकमा दुई अध्यक्षबीचको ‘अपारदर्शी मिलेमतो' भन्दै असन्तुष्टि जनाए। सचिवालय बैठकमा नेता नेपालले भनेका थिए, ‘दुई जनाको चोचोमोचो मानिन्‍न।’

पार्टीमा सहमति, विधि र पद्धतिको बहस सुरु गर्दै उनले भने, 'एउटै व्यक्ति पार्टीको प्रदेश इन्चार्ज र प्रदेश सरकार प्रमुखको भूमिका कसरी निर्वाह गर्न सक्छ? कसैलाई दोहोरो तेहोरो जिम्मेवारी दिने, कसैलाई कामविहीन बनाउने हुन्छ?'

त्यो बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेश प्रमुख शंकर पोखरेललाई प्रदेश इन्चार्ज बनाइएको थियो।

त्यसपछि २०७६ भदौ ३ गते वरियता घटुवा र जनवर्गीय संगठन र विभागको नेतृत्व चयनका विषयमा असहमति राखे। २०७६ कात्तिक १८ मा प्रदेश प्रमुख चयनका विषयमा पनि ओली र प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाए। ओलीले सुन्ने कुरा भएन। प्रचण्डले समेत नेपालले राखेका असहमतिलाई वास्तै गरेनन्। किनभने ओलीसँग सहकार्य गर्दा उनलाई आफ्नो भागहिस्सा प्राप्त भइरहेको थियो।

दुई पाइलटले चाहेअनुसारको दिशामा नेकपाको विमान उडिरह्यो। 'सही मार्ग'मा लैजान विधि र पद्धति अनुशरण गर्नुपर्छ भनेर बताउने यात्रुहरुको कुरा सुन्ने फुर्सद उनीहरुसँग थिएन।

२०७६ असोजमा प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लाग्यो। उनले सभामुखबाट राजीनामा दिए। नयाँ सभामुखको खोजी भयो। प्रधानमन्त्री केपी शर्मा ओली आफूनिकट नेता सुवास नेम्वाङलाई  सभामुख बनाउन चाहन्थे। उनले पार्टी एकता भइसकेकाले पूर्वएमाले र पूर्वमाओवादी भन्ने मनोविज्ञान तोड्नुपर्छ भन्ने तर्क गरेका थिए। तर अर्का अध्यक्ष प्रचण्डले पार्टी एकीकरणताका शक्ति सन्तुलन मिलाउँदा तत्कालीन माओवादी केन्द्रको भागमा परेकाले नछाड्ने अडान लिए। आफू निकट नेता अग्नि सापकोटालाई अघि सारे।

यसअघि दुई अध्यक्षले 'चोचोमोचो' मिलाउँदा कुरा मिल्थ्यो। तर दुई अध्यक्ष बीच रहेको अजब प्रेमको गजब कहानी यहीँनेर अन्त्य भयो। दुई अध्यक्ष एक हुँदा कमजोर ठानेर किनारतिर धकेलिएका नेपाल काम आए। पार्टीमा अवसर चाहेका तर नपाएका वामदेव गौतमलाई अवसर मिल्यो। यसले नेकपा सचिवालयमा 'भैंसेपाटी गठबन्धन' जन्मायो।

२०७६ पुस २३ मा गौतम निवास भैंसेपाटीमा सचिवालयका नौमध्ये प्रचण्डसहित पाँच जना नेताहरूले छुट्टै भेला गरे । ‘टाउको गनेर’ आफूमाथि दबाब दिन खोजेको भन्दै ओलीले असहमति जनाए । तर भैंसेपाटी गठबन्धन सभामुख चयनका सन्दर्भमा पछि नहट्ने संकेत देखेपछि ओली सापकोटालाई सभामुख स्वीकार्न बाध्य भए।

प्रचण्डसँगको साथ टुटेपछि ओलीले सरकार आफू अनुकुल चलाए। ओलीको विपक्षमा उभिइरहेको भैंसेपाटी गठबन्धन तोड्नतर्फ अघि बढे। बहुमत सचिवालय सदस्य भैंसेपाटी गठबन्धनसँग रहेकाले २०७६ फागुनमा राष्ट्रपतिबाट मनोनित हुने कोटामा गौतमलाई पठाउने निर्णय गर्‍यो। तर, तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभामा निरन्तरता दिने ओलीको चाहना थियो। उनले माधव नेपाललाई फोन गरेर आफूले उक्त निर्णय नमान्ने बताए। एकता भएपछि ओलीको चाहना विरुद्ध भएमध्यको यो दोस्रो निर्णय थियो।

पार्टी निर्णय समेत अस्वीकार गर्ने तथा सरकार सञ्चालनमा मनमौजी अघि बढ्ने ओली शैलीमा यो बहुमतले ब्रेक लगाउन भने सकेन। यही बीचमा ओलीले मिर्गौला प्रत्यारोपण गराए भने कोरोना भाइरस संक्रमणको प्रभाव पनि नेपालसम्म आइपुग्यो।

कोरोनाको सन्त्रासमै रहेका बेला वैशाख ८ गते  प्रधानमन्त्री ओलीले पार्टीमा निर्णय गराउनु परको कुरा थाहापत्तै नदिइ दुईवटा अध्यादेश ल्याए। एक अध्यादेश तत्कालीन समाजवादी पार्टी फुटाउनका लागि थियो। आफूनिकट नेता महेश बस्नेतलाई उक्त पार्टीका सांसद्लाई समेत 'अपहरण' गर्न लगाए। यसले पार्टीभित्र तीव्र विवाद सिर्जना भयो। अध्यादेश फिर्ता लिए। त्यसको कारण पार्टीभित्रको विवादभन्दा पनि उनको रणनीति विफल भएकाले थियो भन्ने कुरा प्रकारान्तले प्रमाणित गरेको छ।

वैशाख १७ को सचिवालय बैठकमा प्रचण्डलगायतका सचिवालय सदस्यले ओलीको राजीनामासमेत माग गरेका थिए। त्यसपछि ओलीले गौतमलाई संघीय संसद्‌मा लैजाने र कोरोनापछि आफूले राजीनामा दिई आफूपछिको प्रधानमन्त्री बनाउने प्रस्ताव पेश गरे। यो प्रस्ताव सचिवालयका सवै सदस्यका लागि अनपेक्षित थियो। प्रस्ताव राखिएको दिन सचिवालयका धेरै सदस्यले 'ओली उदारता'का रुपमा बुझे।

गौतमलाई प्रधानमन्त्रीका रुपमा गरिएको प्रस्तावको कार्यान्वयनमा कानुनी/वैधानिक धरातल थिएन। त्यो धरातल बनाउन असम्भवप्रायः थियो। पार्टीमा आफ्नो कार्यशैलीको विरोध गर्नेहरुलाई पद वा आश्वासन दिएर चुप लगाउने रणनीति यो पहिलो होइन। प्रचण्डलाई कार्यकारी अध्यक्षको पगरी यही शृंखलाको एउटा उपक्रम थियो। यसअघि उनको धुवाँदार विरोध गर्ने दुई प्रभावशाली नेकपा नेता घनश्याम भुसाल र योगेश भट्टराईलाई मन्त्री बनाएर यसको सफल प्रयोग गरिसकेका थिए। त्यो बेला पनि उक्त अस्त्रले काम गर्‍यो।

तत्कालका लागि सफलता हात लागेपनि भैंसेपाटी गठबन्धन जुनुसकै बेला ब्युँतिन सक्ने हेक्का ओलीलाई थियो। उनले त्यही समयमा भनेका थिए, 'मेरो कुर्सी जाने अवस्था बनाइयो भने कसैले बस्न नमिल्न गरी भाँचिदिन्छु।' 

गठबन्धनसँग डराएर ओली आफ्नो कार्यशैली बदलेनन्। आफूले चाहेको नियुक्ति गरिरहे, चाहेका निर्णय गरिरहे।

ओलीले अनुमान गरेजस्तै भैंसेपाटी गठबन्धन फेरि एकजुट भयो। ओलीले नचाहेको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक बोलाउन दबाब दिन थाल्यो। 'नझुक्ने तर भाँचिने' ओली स्वभावको नतिजा सबैसामू छ।

प्रचण्डलाई 'ओली संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको अतिक्रमणकारी' लाग्न आफैंले भोग्नुपर्‍यो। यदि नेपालले राखेका असहमतिलाई विधि, पद्धति र आचरणका नजरबाट हेर्ने चेष्टा गरेको भए वर्तमान अवस्था भोग्नुपर्ने थिएन। 

माओवादी द्वन्द्वमा उपयोगको कार्यनीतिक चाल गज्जबको थियो। त्यसको सबैभन्दा बढी प्रयोग प्रचण्डले नै गरेका हुन्। डा बाबुराम भट्टराई विरुद्ध मोहन वैद्य र वैद्य विरुद्ध डा भट्टराईलाइ प्रयोग गरेर 'साइज'मै राखेका हुन्। वैद्यले छाडेपछि नारायणकाजी श्रेष्ठलाई भित्र्याएर उनले पार्टीमा त्यही सन्तुलन मिलाएर आफूलाई शक्तिशाली बनाइ नै राखे।

नेकपामा उनले ओली र माधवको सम्बन्धलाई त्यसैगरी उपयोग गर्न खोजेका त हुन्। तर तीन वर्षको राजनीतिक यात्रा हेर्दा ओली उहीँ छन्, नेपाल पनि त्यहीँ छन्। राजनीतिक रुपमा शक्तिदेखि सडकको फन्को प्रचण्डले मात्रै मारेका छन्। 

नेपाली राजनीतिमा प्रचण्ड यति लचकदार छन्। उनी तन्किन पनि सक्छन् र खुम्चिन पनि । उनी यति उदार छन् टाँसिन पनि सक्छन्, उप्किन पनि। त्यसैले प्रचण्ड–नेपालको यो सडक सहकार्य कहाँसम्म पुग्ला? प्रचण्ड स्वभावका कारण उत्तर कसैका लागि पनि सजिलो छैन।

प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र रहेका व्यक्तिको उद्... शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
शाही भन्छन्, ‘मान्छेहरू जिउँदै छन्, सुरुङभित्र छन् भन्दा गाली गरियो’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्