काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार काठमाडौंमा नागरिक प्रदर्शन भएको छ। ‘प्रतिगमनको सशक्त विरोध गरौं’ भन्ने नारासहित नागरिक अगुवाहरुले शनिबार दिउँसो २ बजे माइतीघरमा प्रदर्शन गरेका हुन्।
विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीले समृद्धिको यात्रा ओलीको गाईजात्राजस्ता नारा लेखिएका पर्चाहरू बोकेका थिए।
‘प्रतिगमनविरुद्ध नागरिक आन्दोलन’ को ब्यानरमा हरेक दिन दिउँसो २ बजे माइतीघर मण्डलामा प्रदर्शन गरिनेसमेत जनाइएको छ। शनिबारको प्रदर्शनमा शंखसहित सहभागी हुने आयोजकले जनाएका छन्।
यस्तै, सडक नाटक, कविता, संगीतसहितका प्रस्तुतिसमेत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।