• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नयाँ मन्त्री : प्रदेशसभामा पराजितदेखि व्यक्ति हत्याका आरोपितसम्म

64x64
वीरेन्द्र ओली शुक्रबार, पुस १०, २०७७  २०:५५
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा प्रदेशमा पराजितदेखि व्यक्ति हत्याका आरोपितसम्मलाई चयन गरेका छन्। नयाँ मन्त्रीका रुपमा सपथ लिनेमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर थारु र दावा लामा रहेका छन्।

ओलीले गत पुस ५ गते राष्ट्रपतिले संसद विघटन गरेपछि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीले राजीनामा दिएका थिए। त्यसपछि रिक्त भएका मन्त्रालयमा ओलीले नयाँ मन्त्रीलाई जिम्मेवारी दिएका हुन्।

चार पटक सांसद र मन्त्री भएका रायमाझी फेरि मन्त्री
टोप बहादुर रायमाझी एकपटक उपप्रधानमन्त्री र चारपटक मन्त्री भइसकेका छन्। उनले शक्तिशाली मानिएका मन्त्रालय सम्हालिसकेका छन्। लामो समय बाबुराम भट्टराईलाई साथ दिएका रायमाझी अन्तिममा प्रचण्ड कित्तामा लागेका थिए।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा अर्घखाँचीबाट निर्वाचित भएपछि मन्त्री हुन निक्कै प्रयास गरेका थिए। तर प्रचण्डले वास्ता नगरेपछि उनी ओलीसँग नजिकिएका थिए। पार्टी विभाजनपछि उनी औपचारिक रुपमा ओली कित्तामा खुलेका थिए। त्यसपछि उनले ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

२०६२/६३ सालको जनआन्दोलनपछि गठन गरिएको अन्तरिम व्यवस्थापिकामा रायमाझी पनि सदस्य भएका थिए। त्यसपछिका तीन वटै चुनाव उनले जितेका छन्।

रायमाझीले एकपटक संसदीय दलको उपनेताको जिम्मेवारी सम्हालिसकेका छन्। २०६७ को झलनाथ खनाल नेतृत्वको सरकारमा भौतिक योजना, २०६८ को बाबुराम भट्टराई नेतृत्वको सरकारमा स्थानीय विकास, २०६९ मा भट्टराई नेतृत्वको सरकार पुनर्गठन हुँदा शान्ति तथा पुनःनिर्माण र २०७२ को केपी ओली नेतृत्वको सरकारमा उपप्रधान तथा उर्जामन्त्री बनेका थिए।

प्रचण्डलाई अन्तिमसम्म साथ दिएका साह
प्रचण्डले बोलाएको गत पुस ७ गतेको केन्द्रीय कमिटी र ९ गतेको बैठकमा प्रभु साह उपस्थित भएका थिए। उनले बैठकमा संसद पुनर्स्थापनाभन्दा कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने धारणा राखेका थिए।

बिहीबार एक विज्ञप्ति जारी गर्दै दुई अध्यक्षात्मक प्रणालीको विरोध गरेका थिए। शुक्रबार ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि उनले सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएका छन्।

Ncell 2
Ncell 2

पार्टीमा मातृका यादव र प्रभु साहबीच प्रचण्डको नजिक को हुने भन्ने प्रतिस्पर्धा थियो। उनीहरुबीच प्रदेश २ को नेता को भन्ने भन्नेमा पनि प्रतिष्ठाको लडाइँ चलिरहेको थियो। अर्कोतिर गृहजिल्ला रौतहटमा पनि उनी र माधव नेपालबीच द्वन्द्व थियो। त्यसपछि उनी ओली निकट भएका हुन्।

साह एउटा हत्या आरोपले पनि विवादित भएका थिए। हिन्दू युवा संघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको २०६७ असार १२ गते साँझ वीरगन्जको अशोकवाटिकास्थित शिव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो । प्रहरीका अनुसार मोटरसाइकल लिएर मन्दिरमा पुगेका सियराम कुशवाह र बाराको हरैयाका अमनप्रसाद कुशवाहमध्ये सियरामले पेस्तोलबाट गोली चलाएर तिवारीको हत्या गरेका थिए।

हत्यापछि फरार रहेका उनलाई साढे तीन वर्षपछि २०७० पुस १ गते चितवनको भण्डाराबाट प्रहरीले पक्राउ गरेको थियो। कुशवाह कटहरिया नगरपालिकाका मेयर छन्। उनी साहका स्वकीय सचिव थिए। तत्कालीन समयमा साहकै निर्देशनमा हत्या गरेको आरोप लागेको थियो।

साह यसअघि तीनपटक सांसद, तीनपटक मन्त्री र दुई पटक संसदीय समितिको सभापतिको जिम्मेवारी सम्हालिसकेका छन्। २०६७ को झलनाथ खनाल नेतृत्वको सरकारमा कानून, २०६८ को बाबुराम भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार र २०७४ को शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकास मन्त्री बने बनेका थिए। उनी पटक पटक संसदीय समितिको सभापति भइसकेका छन्।

प्रदेशमा हारेका लामा केन्द्रमा मन्त्री
२०७४ को चुनावमा दावा लामा सिन्धुपाल्चोक - २ ‘ख’बाट प्रदेश सभामा पराजित नेता हुन्। त्यतिबेला उनी  कांग्रेसका निमा लामासँग पराजित भएका थिए।

पुनर्गठित मन्त्रिपरिषद्‌मा दावा लामाले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।

लामा शुक्रबार बिहान गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न मन्त्रिनिवास पुगेका थिए। उनी सहित सिन्धुपाल्चोका नेता कार्यकर्ता लिएर बादललाई भेट्न गएपछि मन्त्री पद निश्चित भएको हो।

लामा २०६४ सालमा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका थिए। तर उनी २०७० सालको निर्वाचनमा पराजित भएका थिए। उनी नेकपा केन्द्रीय सदस्य हुन्।

थापा पहिलो पटक मन्त्री
नेकपा स्थायी कमिटी सदस्य मणि थापा खानेपानी मन्त्री भएका छन्। यसअघि कहिल्यै सांसद् तथा मन्त्री अवसर नपाएका थापा ओली कित्तामा उभिए पनि मन्त्री पाएका हुन्। २०६२ सालको चुनवाङ बैठकमा थापाले पार्टीसँग असहमति राखेर छुट्टै पार्टी गठन गरेका थिए। त्यसयता लामो समय आफ्नै पार्टी चलाएर बसेका थापा २०७३ सालमा प्रचण्डसँग एकता गरेपछि स्थायी कमिटीको जिम्मेवारी पाएका थिए।

उनी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा प्यूठानबाट उठ्न खोजेका थिए। तर, जनमोर्चासँग तालमेल भएकाले दुर्गा पौडेललाई उम्मेदवार स्विकार गरिएपछि समानुपातिक सूचीमा राखिएको थियो। त्यताबाट सांसद हुन नसकेपछि राष्ट्रिय सभामा जाने ईच्छा देखाएका थिए। अन्तिमा प्रचण्डले राष्ट्रिय सभामा नपठाएपछि उनी चिढिएका थिए।

पार्टीमा विवाद बढ्दै जान थालेपछि थापा ओली कित्तामा उभिन थालेका थिए। ओली कित्तामा गएपछि थापाले मन्त्री बन्ने अवसर पाएका हुन्।

पूर्व माओवादी समूहकै गौरीशंकर पनि मन्त्री
गौरीशंकर थारुले दोस्रो पटक मन्त्री हुने अवसर पाएका छन्। यसअघि उनी कृषिमन्त्री भइसकेका छन्। यसपटक भने उनले श्रम मन्त्रालयको जिम्मेवारी पाएका छन्।

कैलाली ३ बाट निर्वाचित थारु पूर्व माओवादी समूहका नेता हुन्। उनी नेकपाका केन्द्रीय सदस्य हुन्।

गणेश ठगुन्ना र प्रेम आले पहिलो पटक मन्त्री
नेकपा केन्द्रीय सदस्य गणेश ठगुन्ना र प्रेम आले पहिलो पटक मन्त्री भएका छन्। उपाध्यक्ष वामदेव गौतम कतै नखुलेपछि उनी निकट मानिने ठगुन्ना ओली कित्तामा उभिएका थिए। ओली कित्तामा आएपछि ठगुन्नाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

उनी २०६४ मा दाचुर्लाबाट पराजित ठगुन्ना ०७० सालको निर्वाचतमा निर्वाचित भएका थिए। उनी दार्चुलाबाट २०७४  प्रतिनिधि सभा सांसदमा निर्वाचित भएका हुन्।

यस्तै डोटीबाट निर्वाचित आले सुरुदेखि नै ओली निकट नेता मानिन्छन्। उनले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। उनी यसअघि २०७० मा निर्वाचित आले २०७४ मा पनि प्रत्यक्ष तर्फबाट निर्वाचित भएका छन्।

जुली पनि मन्त्री
जुली कुमारी महतो नेकपा केन्द्रीय सदस्य एवम् समानुपातिक सांसद हुन्। उनी ओली निकट भएपनि उनका श्रीमान रघुवीर महासेठ माधव नेपालतिर थिए। महतोले ओली लाईन समाएपछि स्थायी कमिटी सदस्य महासेठ पनि नेपाललाई छोडेर ओली कित्तामा उभिएका हुन्। 

उनका श्रीमान् महासेठले यसअघि भौतिकमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। ओलीले गत ०७६ मंसिर ४ को मन्त्रिपरिषद् पुर्नगठन हुँदा महासेठ बहिर्गमनमा परेका थिए। महतो भने पहिलो पटक महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी सम्हाले मौका पाएकी हुन्।

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  २०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा नेताहरूका अनुसार, अब यो टोली आफ्नो आधिकारिकता खोज्दै निर्वाचन आयोग जाँदैछ । सभापति चुनिएलगत्तै गगनले भनेका छन्, ‘आयोग कसैको प्रभावमा... बिहीबार, माघ १, २०८२
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो रास्वपाले अहिलेसम्म कतै पनि उम्मेदवारहरूको टुंगो लगाएको छैन । पार्टीले गठन गरेको सिफारिस समितिले उम्मेदवार सिफारिस गर्नै बाँकी छ । बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी ‘अन्यत्न दु:खद । कांग्रेसलाई ठूलो क्षति । एक दिन मिल्नु नै छ । जुन विगतको अनुभव हामीसँग छ । तर, अथक प्रयास सफल हुन सकेन,’ उनले लेखेक... बुधबार, पुस ३०, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ १, २०८२
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा बिहीबार, माघ १, २०८२
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्