• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन १३, २०८३ Wed, Jul 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेशसभाप्रति ओलीको 'कुदृष्टि'

64x64
दुर्गा दुलाल बिहीबार, पुस ९, २०७७  १८:१७
1140x725

काठमाडौं- ‘प्रदेश वा स्थानीय तहमा जो-जहाँ छ, त्यहीँ मिलेर जानु उचित हुन्छ। यसविरुद्ध उहाँहरूले कदम चाल्नुभयो भने मैले थप कदम चाल्नुपर्नेछ। मैले यो देशभर अस्तव्यस्तता सिर्जना गर्ने होइन,’ प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ याेहो टिभीसँगको एक अन्तर्वार्तामा बोलेका शब्द हुन् यी। यसले उनको दृष्टि प्रदेशसभाप्रति सकारात्मक छैनन् भन्ने पनि संकेत गरेको छ। प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिले संविधानको धारा २३२ तर्फ संकेत गरेको देखिन्छ।

संविधानमा बहुमतप्राप्त दलको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नै नभएको संवैधानिक कानुनका विज्ञहरूले बताएका छन्। नेपाल लाइभसँग कुराकानी गर्दै पूर्वप्रधान्यायाधीशहरू कल्याण श्रेष्ठ र सुशीला कार्कीले पनि वर्तमान संविधानअनुसार प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नै नभएको बताएका छन्। प्रतिनिधिसभा विघटनसम्बन्धी विवाद अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको छ। यहीँबाट यो विषयको टुंगो लाग्नुपर्ने हुन्छ।

प्रतिनिधिसभा विघटन संवैधानिक वा असंवैधानिक भएको टुंगो नलाग्दै प्रधानमन्त्री ओलीले थप कदम चाल्न सक्नेतर्फ अन्तर्वार्तामा संकेत गरेकाले यसप्रति आशंका बढेको छ। पार्टीभित्रको आन्तरिक विवादमा संसद् विघटनसम्म पुगेका ओली प्रदेशसभालाई पनि तारो नबनाउलान् भन्न सकिने अवस्था छैन। 

ओली पक्षको नेकपा प्रवक्ता समेत रहेका प्रदीप ज्ञवालीले भने प्रदेशसभाका विषयमा तत्कालै सोचिहाल्नुपर्ने अवस्था नरहेको दाबी गरेका छन्। बालुवाटारमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री ओलीले चालेको कदम संवैधानिक नै भएको दाबीसमेत गर्दै उनले यस्तो बताएका हुन्। ‘अहिले प्रदेशसभाका बारेमा केही सोचेको छैन। संकट आउँदा व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ ज्ञवालीले भने।

के छ त धारा २३२ मा? 
संविधानको धारा २३२ मा संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धसम्बन्धी व्यवस्था छ। यो धाराको उपधारा १ मा संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने भनिएको छ।

धारा २३२ कै उपधारा ३ मा निलम्बनदेखि प्रदेशसभालाई विघटन गर्नसक्नेसम्म व्यवस्था छ। ‘कुनै प्रदेशमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसीमको कार्य भएमा राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषदलाई आवश्यकता अनुसार सचेत गराउन, प्रदेश मन्त्रीपरिषद र प्रदेश सभालाई ६ महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्नेछ,’ उपधारा ३ मा भनिएको छ।

No description available.

यसरी प्रदेशसभालाई विघटन गर्न चार वटा आधार भएको देखिनुपर्ने भएको छ। तर अहिलेको अवस्थामा यस्तो कार्य प्रधानमन्त्री केपी शर्मा ओलीले चालेमा उपधारा ५ ले ३५ दिनपछि पुनर्स्थापना गर्नुपर्ने हुन्छ। हाल प्रतिनिधिसभा विघटन भएकाले  उपधारा ५ अनुसार संघीय संसदबाट अनुमोदन हुन नसकेको कारण पुनर्स्थापना हुने देखिन्छ।  ‘उपधारा ३ बमोजिम गरिएको विघटन सम्बन्धी कार्य संघीय संसदबाट अनुमोदन भएमा त्यस्तो प्रदेशमा ६ महिनाभित्र प्रदेशसभाको निर्वाचन हुनेछ,' उपधारामा ५ मा भनिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

यी प्रदेशमा ओलीलाई खतरा
नेपालका ७ मध्ये प्रदेश २ मा जसपा नेतृत्वको सरकार छ। बाँकी ६ मध्ये ४ वटा प्रदेशमा भने सरकारको नेतृत्व ओली पक्षका मुख्यमन्त्रीले गरेका छन्। कर्णाली र सुदूरपश्चिममा भने प्रचण्ड-माधव पक्षका मुख्यमन्त्री छन्। नेकपाले सरकारको नेतृत्व गरेका ६ प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा त्रिलोचन भट्ट र कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही पूर्वमाओवादी खेमाका मुख्यमन्त्री छन्। नेकपाभित्रको बढ्दो शक्तिसंघर्षका कारण प्रदेश सरकारमा पनि अन्तर्द्वन्द्व बढ्ने निश्चित छ।

प्रदेश १ ओली पक्षका शेरधन राई, बागमती प्रदेशमा ओली पक्षका डोरमणि पौडेल, गण्डकी प्रदेश ओली पक्षका पृथ्वीसुब्वा गुरुङ र लुम्बिनी प्रदेशमा ओली पक्षका शंकर पोखरेल मुख्यमन्त्री छन्। यी चारै मुख्यमन्त्री अहिलेको पार्टी विभाजनमा अल्पमतमा पर्ने देखिन्छ। माधव नेपाल र पुष्पकमल दाहाल पक्षका सांसदहरुको बहुमत भएकाले उनीहरू अप्ठारोमा पर्ने छन्।  

नेकपाभित्र बढेको शक्तिसंघर्षका बाबजुद पनि सरकार परिवर्तन नहुने सुदूरपश्चिम प्रदेश मात्र हो।किनभने सो प्रदेशमा नेकपाको प्रचण्ड–नेपाल पक्षसँग प्रदेश सरकार जोगाउन आवश्यक बहुमत सुरक्षित छ। नेकपा विभाजन भएको अवस्थामा बाँकी ५ वटा प्रदेशका सरकारमा फेरबदल हुन सक्छ। तीमध्ये सबै प्रदेशमा ओली पक्ष सत्ताबाट बाहिर निस्कनु पर्नेछ। मुख्यमन्त्री र मन्त्री गुमाउनु पर्ने भएकाले ओलीले निर्वाचनमै जानका लागि पनि यसलाई केही न केही गर्नुपर्ने मुड बनाउने छन्। 

प्रतिनिधिसभा विघटनसम्बन्धी कार्य गैरकानुनी भएपछि गर्ने दुस्साहास गरेका प्रधानमन्त्री ओलीले यो कदम चाल्दैनन् भन्ने कुरामा भने विश्वास गर्न नसकिने विश्लेषण रहेको छ। 

कुन प्रदेशमा कसको शक्ति कति? 
प्रदेश १

जम्मा सांसद्- ९३
नेकपा- ६७  
प्रचण्ड-नेपाल पक्ष- ४२ 
ओली पक्ष- २२ 
नखुलेका- ३

बागमती प्रदेश
जम्मा सांसद– ११०
नेकपा- ८० 
प्रचण्ड-नेपाल पक्ष– ४६
ओली पक्ष- ३४

गण्डकी प्रदेश
जम्मा सांसद्- ६० 
नेकपा- ४०
प्रचण्ड-नेपाल पक्ष- १३ 
ओली पक्ष-२७ 

लुम्विनी प्रदेश
जम्मा सांसद्-८७ 
नेकपा-६१ 
प्रचण्ड-नेपाल-२५ 
ओली पक्ष- ३६ 

कर्णाली प्रदेश
जम्मा सांसद- ४० 
नेकपा-३३
प्रचण्ड-नेपाप पक्ष-२०
ओली पक्ष- १३ 

के भन्छन् कानुनविज्ञ?
प्रदेशसभा विघटन गर्न सक्ने कुरा संविधानअनुसार चिताउन नसकिने सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीको बुझाइ छ। एकपछि अर्को संवैधानिक गल्ती प्रधानमन्त्रीले नगर्ने र गर्न नहुने उनको तर्क छ। संविधानअनुसार प्रदेश अलग्गै सरकार भएकाले पार्टीको आन्तरिक विवादमा त्यसलाई चलाउन प्रधानमन्त्रीले नसक्ने उनको बुझाई छ।

‘बिग्रेका देशको भत्काएको देश जहाँ जे गरे पनि हुन्छ। अब संविधान र कानुन भनेको के रह्यो?’ केसीले भने, ‘प्रधानमन्त्रीको पहिलो विवाद सर्वोच्च पुगेकाले अर्को निर्णय झन् असंवैधानिक र गैरकानुनी हुनेछ।’ 

विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको बुझाई पनि संविधान त नमिल्ने छ। ‘प्रदेशलाई निलम्बन गर्ने हो भने संविधानको धारा २३२ को अनुसार नै ४ वटा क्रियाकलाप गरेको पुष्टि हुनुपर्छ,’ कार्कीले भने, ‘संसद् विघटन जस्तै आधारहीन आरोप लगाएर विघटन गर्न सकिएला तर संविधानतः मिल्दैन।’

संविधानको धारा २३२ अनुसार राष्ट्रपतिले निलम्बन वा विघटन गर्न सक्ने व्यवस्था भएको तर त्यो फरक अवस्थाका लागि भएको उनको भनाइ छ। ‘प्रदेशले नेपालको सार्वभौकिता र देशलाई गम्भीर असर पर्ने काम गर्न सक्दैनन् ती त आफै केन्द्रका कारण निरीह भएका छन्,’ कार्कीले भने, ‘बढी भए सरकार परिर्वतन गर्न सक्छन्। चार वटा कुरा हुनुपर्छ नत्र मिल्दैन। अरु विषयमा दिएको छैन त्यसैले यो मिल्दैन।’

संवैधानिक कानुनकाविज्ञ वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्री वा राष्ट्रपतिले मन लाग्दैमा प्रदेशसभा विघटन वा निलम्बन नहुने तर्क गरे। ‘पहिला त प्रदेशले सार्वभौमिसत्ता, भौगोलिक, राष्ट्रियता वा स्वाधीनता माथि असर गर्ने कार्य गर्न पर्छ,’ ज्ञवालीले भने, ‘यी चार वटा कार्य गर्न अहिले प्रदेशसभा नै चलेका छैन। त्यस्तो गतिविधि भएको पुष्टि पनि हुन पर्‍यो।’ 

प्रदेशहरू केन्द्रको अधीनस्थ नभई स्वतन्त्र भएकाले यो कदम पूर्णरुपमा असंवैधानिक हुने उनको बुझाई छ। ‘प्रदेश र स्थानीय सरकारमा संघीय सरकारले हस्तक्षेप गर्न पाउँदैन। त्यहाँका जति सरकार बन्छन् यहाँ जस्तै विश्वासको मत लिने, मिलिजुली सरकार बनाउने जस्ता कार्य गर्न सकिन्छ,’ उनले भने, ‘सरकार असफल पार्न र नयाँ बनाउन अविश्वासको प्रस्ताव आदि आउने कार्य हुन सक्छ तर त्यसो भयो भन्दैमा विघटन वा निलम्बन गर्न सकिँदैन।'

प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्... मंगलबार, साउन १२, २०८३
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए । मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिए... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्