काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई अर्थहीन बनाइएपछि प्रतिनिधिसभा विघटनको निर्णय लिएको बताएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आइतबार अप्रत्यासितरूपमा यो घटना बाहिर आए पनि यसको बिजारोपण पहिलेदेखि नै भएको उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले ओलीले सत्तारुढ दलभित्रका नेताको असंगत व्यवहारका कारण आफूले यो निर्णय लिएको पनि बताएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिलाई जनअपेक्षाअनुसार अघि बढ्न नदिने विसंगत व्यवहार अघि बढाइएको उल्लेख गरे।
उनले जनादेशअनुसार सरकार अघि बढ्न नदिइ बार्गेनिङ गरिएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।